निर्णय नं. १०४२७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४२७ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०३/१५ २४५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७६।३।१५ ०६७-WO-०१२८ विषयः उत्प्रेषण / परमादेश निवेदक : वीरध्वजको नाति अंगतबहादुर थापाको छोरा सोलखुम्बु जिल्ला, नेले गा.वि.स. वडा नं.५ बस्ने पूर्व प्र.ना.नि. भविन्द्रबहादुर थापा विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत आफ्नो मूल कर्तव्यप्रति नै प्रतिकूल हुने गरी साथमा रहेको हतियार हराउनुलाई कर्तव्यप्रति पूर्ण सचेत रहेको, कर्तव्य पूर्ण रूपले पालन गरेको र संवेदनशील रहेको नदेखिने । (प्रकरण नं.६) सजाय गर्नको लागि कानूनले नै विभिन्न आधारहरू तोकी सजाय गर्ने अधिकारीलाई स्वविवेकीय अधिकार दिएको अवस्थामा तोकिएको आधारहरूमध्ये जुनसुकै आधारमा पनि उपल्लो हदको सजाय गर्नुलाई स्वविवेकीय अधिकारको भावना र मर्मसँग मेल खाएको मान्न नसकिने । कानूनले दिएको स्वविवेकीय अधिकारको औचित्यतापूर्ण तरिकाले प्रयोग गर्नुपर्ने । पहिलो पटकमै उपल्लो हद तथा अन्तिम सजाय तोकिनुलाई न्यायोचित मान्न नसकिने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शेरबहादुर के.सी. र विद्वान् अधिवक्ता श्री रामचन्द्र पौडेल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रहरी नियमावली, २०४९ आदेश न्या.पुरूषोत्तम भण्डारी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) तथा नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छः निवेदन बेहोरा म निवेदक नेपाली नागरिक भई देशको सेवा गर्ने आकांक्षा भई निर्धारित प्रहरी ऐन नियममा तोकिएको सर्त पूरा गरी मिति २०४९।१।१९ गतेदेखि प्रहरी सहायक निरीक्षक पदमा सुरू भर्ना भई आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक कार्यरत रही सेवारत रहेकोमा मिति २०५६।५।२४ बाट लागू हुने गरी प्र.ना.नि. पदमा बढुवा भई आफ्नो सेवामा सेवारत रहिआएको र पछिल्लो समयमा तत्कालीन राजपरिषद् स्थायी समितिको सभापति परशुनारायण चौधरीज्यूको निजी सुरक्षामा खटिई सेवारत रहेको थिएँ । यसरी आफ्नो सेवामा सेवारत रहिरहेको अवस्थामा मिति २०६२।७।२९ गते आफ्नो डिउटी सकी घरतर्फ जाने क्रममा राजपरिषद् स्थायी समितिका सम्माननीय सभापतिज्यूको चालक, म निवेदकको कमान्डर राजेन्द्र रेग्मीसमेत भई चण्डोल स्थित खाजा घरमा खाजा खाई घर जाने क्रममा अचानक बिरामी परी मसँग रहेका पेस्तोल र सोमा लोड भएको ६ राउन्ड म्याग्जिन जडित गोली मैले थाहा नपाई हराउन गएको र खोजतलास गर्दा फेला नपरेकोले २०६२।८।१ गते प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा सत्य तथ्यसहितको यथार्थ रूपले प्रतिवेदन पेस गरेको थिएँ । यसरी म निवेदक आफ्नो सेवामा सेवारत रहिरहेको अवस्थामा आफूले आफ्नो क्षमताले भ्याएसम्म सेवामा सेवारत रहेको अवस्थामा अचानक उक्त घटना घट्न गई घटनालाई यथार्थ रूपमा समयमा नै आफ्नो कार्यालयमा प्रतिवेदन पेस गरेकोमा तत्कालीन प्र.म.नि. श्यामभक्त थापाज्यूले कथित छानबिन समितिको २०६२।८।१० गतेको प्रतिवेदनलाई उद्धृत गरी म निवेदकले पदअनुकूलको आचरण नगरेको भनी प्रहरी नियमावली, २०४९ को नियम ८८ को देहाय (ङ) को कसुरमा ऐ. नियमावलीको नियम ८४ को देहाय (ज) बमोजिम भविष्यम