निर्णय नं. १०४२८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४२८ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/०३/१० ५६२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।३।१० ०६९-WO-०३४७ विषय: उत्प्रेषण / परमादेश निवेदक : वासुदेव ढकालको छोरा का.जि.का.म.पा. साबिक वडा नं. ३४ बस्ने वर्ष ६२ को उपेन्द्रप्रसाद ढकाल विरूद्ध विपक्षी : भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत जबसम्म कर्मचारीको सेवाको सर्त र सुविधालाई कुनै निश्चित कानूनले व्यवस्थित गरेको हुँदैन, त्यस्तो परिस्थितिमा रोजगारदाता र कर्मचारीबिचमा भएको करारीय सम्बन्धलाई हेर्नुपर्ने । रोजगारदाता र कर्मचारी / श्रमिकको सेवा, सर्त र सुविधाको सम्बन्ध पनि एकप्रकारको करारीय दायित्व नै हो । यस्तो करारीय दायित्व करारका पक्षहरूलाई कानूनसरह नै लागू हुन्छ । कानूनसम्मत भएको करारको सर्त उल्लङ्घन गर्ने पक्षले कानूनी दायित्व निर्वाह गर्नुपर्ने । (प्रकरण नं.६) सरकारी सेवामा निरन्तर काम गर्ने अवसर पाएका कारणले मात्र फरक फरक सर्त लागू हुनेगरी भएका अलग अलग नियुक्तिलाई सुविधा प्राप्त गर्ने प्रयोजनको लागि सेवाको निरन्तरता भएको मान्न नसकिने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.पुरूषोत्तम भण्डारी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ को उपधारा (३) को (च), धारा १३ को उपधारा (२) र धारा १९ द्वारा प्रदत्त मौलिकहकको प्रचलनका लागि ऐ. को धारा ३२ र धारा १०७ को उपधारा (२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र इजलासको ठहर यसप्रकार छ :- निर्माण तथा यातायात मन्त्रालय, सडक विभागको मिति २०३०/१०/२१ को निर्णयानुसार प्रचलित निजामती सेवा ऐन नियमबमोजिम सेवा सुविधा पाउनेगरी सो विभागअन्तर्गत रा.प.अनं.द्वितीय श्रेणीको नायब लेखापाल पदमा अस्थायी नियुक्ति भई म्याद थप हुँदै सो पदमा मिति २०४२/०८/१६ सम्म र तत्कालीन पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको मिति २०४२/०८/१७ को पत्रानुसार सोही मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनको रिक्त रा.प.तृतीय श्रेणीको प्रशासकीय अधिकृत पदमा योजना अवधिभरका लागि अस्थायी नियुक्ति भई अविच्छिन्न रूपमा कामकाज गरी आएकोमा घरायसी कारणले मिति २०६७/०८/०१ देखि लागू हुनेगरी पदबाट राजीनामा दिएको र निवेदकको मागबमोजिम भनी मिति २०६७/०८/०१ देखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले लगातार ३७ वर्ष नेपाल सरकारको सेवा गरी मेरो अवकाश भएको हो । राजीनामा स्वीकृत भएपश्चात् निवेदकले नियमानुसार पाउने उपदान, औषधी उपचार, सञ्चित घर बिदा एवं बिरामी बिदाबापतको रकम भुक्तानीका लागि विपक्षी आयोजना निर्देशनालय (ए.डि.बि.) मा निवेदन दिएकोमा सोको लेखापढी हुँदै जाँदा निवेदकले मिति २०३०/१०/२४ देखि मिति २०६७/०७/३० सम्म अटुट रूपमा सेवा गरेकोले, अर्थ मन्त्रालयको मिति २०६७/०२/३१ को परिपत्रअनुसार २० वर्षभन्दा माथिको सेवा अवधिको लागि आखिरी तलबको अढाई महिना बराबरको उपदानसमेत गरी निवेदकले रू.१७,९६,८९१.०० (सत्र लाख छयानब्बे हजार आठसय एकानब्बे रूपैयाँ) भुक्तानी पाउने हुँदा सो रकम निकासाको लागि भनी विपक्षी भौतिक योजना तथा निर्माण मन्त्