निर्णय नं. १०४३० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४३० - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०९/१० ७३९६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।९।१० ०७४-NF-००१० मुद्दाः- कर्तव्य ज्यान निवेदक / प्रतिवादी : जिल्ला सुर्खेत विरेन्द्रनगर, न.पा. वडा नं. १० बस्ने दिलिप बस्याल विरूद्ध प्रत्यर्थी / वादी : श्रवणकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार ज्यानसम्बन्धीको १७ नं. को व्यवस्थालाई परम्परागत फौजदारी कानूनको भाषामा व्याख्या गर्दा मतलबमा पस्ने त्यस्तो व्यक्तिले वारदात स्थलमा उपस्थित भई वारदात घटाउन प्रत्यक्ष सहयोग गरेको अवस्थामा निज मुख्यतः दोस्रो तहको मुख्य कसुरदार (Principal in the second degree, or accessory at the fact) र सो नं. को अन्त्यमा “लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई” भन्ने शब्दावली प्रयोग भएबाट त्यस्तो अवस्थामा आरोपित व्यक्ति मतियार (aider, abettor, accessory before/after fact) समेत हुन सक्ने । (प्रकरण नं.५) कुनै व्यक्तिलाई मतियार भनी सजाय गर्नको लागि उसले कसुरका अनिवार्य तत्त्वबारे जानकारी रहनु पर्ने कुरा एउटा पूर्वसर्त हो भने कसुरबारे जानकारी र साझा योजनामा सहभागिताको अतिरिक्त उसले गरेको कार्यबाट मूल कसुरदारहरूमा उत्साह थपिएको स्पष्टतः देखिन्छ वा देखिँदैन भन्ने आदि कुराहरू पनि मतियारको आपराधिक दायित्व यकिन गर्ने क्रममा हेरिनुपर्ने । मुख्य कसुरदारको हकमा मनसाय (Mens rea) पत्ता लगाउने सन्दर्भमा उसको कार्य (Actus reus) हेरिन्छ, मतियारको हकमा पनि सोही माध्यम प्रयोग गरिने र गरिनुपर्ने । (प्रकरण नं.६) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लवकुमार मैनाली र विद्वान् अधिवक्ता श्री लिलामणी पौडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी संहिता, २०७४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कृष्णबहादुर थापा सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश गोविन्दकुमार श्रेष्ठ माननीय न्यायाधीश प्रकाशराम मिश्र पुनरावेदन अदालत सुर्खेत यसमा अदालतमा फैसला गर्ने : माननीय न्यायाधीश श्री सुशीला कार्की मा. न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.डा.आनन्दमोहन भट्टराई : यस अदालतको संयुक्त इजलासबाट मिति २०७२।१।२ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम यस अदालतमा दायर भएको मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्ने निवेदनमा मिति २०७४।१०।१२ मा मुद्दा पुनरावलोकन हुने अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०६४।७।२३ गते अं. २१:३० बजेको समयमा मेरो भाइ वर्ष २० को विकास श्रेष्ठ आफ्नो घरमा बसिरहेको अवस्थामा प्रतिवादी पदमबहादुर रानाले मोबाइल नं. ९८४१८६००७८ नं. बाट फोन गरी बाहिर बोलाई घनश्याम पुरीसमेतका प्रतिवादीहरूले धारिलो हतियार (चक्कु) प्रहार गरी सख्त घाइते बनाई औषधी उपचारको लागि देउती नर्सिङहोममा लिई उपचार गर्दा गर्दै मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको श्रवणकुमार श्रेष्ठको जाहेरी दरखास्त । जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका (यसपछि वी.न.पा. भनिनेछ) वडा नं. ६ स्थित पूर्वमा टेकबहादुर