निर्णय नं. ९१९४ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१९४ - करकाप भाग: ५६ साल: २०७१ महिना: असोज अंक: ६ फैसला मिति :२०७१/०३/०२ ३९६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।३।२।२ ०६६-CR-०२९६ मुद्दा : करकाप । पुनरावेदक/वादी : जमिर महतोको छोरा, बारा जिल्ला, अमृतगन्ज गा.वि.स. वडा नं ८ बस्ने रामजीप्रसाद कुशवाहा विरूद्ध प्रत्यर्थी/प्रतिवादी : स्व.भागवतप्रसाद यादवको छोरा, बारा जिल्ला, कचोर्वा गा.वि.स. वडा नं. ७ बस्ने विजयप्रसाद यादव § विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकोले तमसुक खडा भएको मितिमा नै संशयको अवस्था देखिन आएको परिप्रेक्ष्यमा उक्त लिखत करकापबाट तयार भएको भन्ने देखिने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ताद्वय रामवन्धु शर्मा तथा रामपुकार महतो प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता राजीव आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २४ नं. र दण्ड सजायको महलको १२ नं. प्रमाण ऐन, २०३१ को दफा ३४(१) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री उमेशराज पौडेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री केशरीराज पण्डित मा.न्या.श्री गीरिराज पौडेल फैसला न्या.जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।४।१३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : २०६१ साल आश्विन १८ गतेका दिन आफ्नो उपचार गराउन कामदार मजदुर जयनाथदास तत्मालाई साथै लिई भारतको मोतिहारीमा डाक्टर आशुतोष साह कहाँ गई उपचार गराई त्यहाँबाट २०६१।६।१९ मा घरतर्फ आउने क्रममा नेपाल सरहदभित्रै विपक्षीहरूमध्ये मनोज यादव, प्रमानन्द जैसवाल, विश्वनाथ यादव, दिनानाथ राय, संजय यादव, उमेशकुमार यादव, रामभजनसमेतले आआफ्ना हातमा बन्दुक, खुकुरी, फर्सासमेत देखाई मलाई रोकी कुटपीटसमेत गरी बाँधी आँखमा पट्टी बाँधी मोटरसाइकलमा बसाली प्रतिवादीमध्येका विश्वनाथ यादवको मूल घर अगरवा लगी मलाई कोठामा थुनी २०६१।६।१९ देखि ६।२९ गतेसम्म त्यहीँ राखे । मसँग रहेको जयनाथदास उम्की मेरो दाजु चन्द्रिका कुशवाहालाई जानकारी दिँदा दाजुले जिल्ला प्रहरी कार्यालय, बारामा २०६१।६।२१ गते हुलिया जाहेरी दिनुभएको र FM रेडियोबाट सुनी थाहा पाएपछि मलाई आँखामा पट्टी बाँधी मोटरसाइकलमा बसाली कचोर्वा वडा नं ७ विजय यादवको गोठघरमा लगी राखे । २०६१।६।३० का दिन विजयप्रसाद यादव र अन्य प्रतिवादीहरूले लालबाबुलाई बोलाई लेखनदास लक्ष्मणप्रसाद श्रीवास्तवलाई बोलाई ल्याउन लगाए । के कस्तो कागज गराउनुपर्ने हो भनी लक्ष्मणप्रसादले सोध्दा प्रतिवादी विजयप्रसाद यादवले तीनप्रति नेपाली कागजमा एकप्रति विजयप्रसाद यादवलाई , एकप्रति मङ्गलराय यादवलाई र एकप्रति सियारामप्रसाद यादवलाई धनी बनाई कपाली तमसुक लेख्न लगाई म नेर सहीछाप गराउन आउँदा मैले सहीछाप गर्न इन्कार गर्दा मेरो माथि पेस्तोल, फर्सा देखाएकोले डरको कारण मैले शिरपुछारमा लेखात्मक र रेखात्मक सही गरी दिएँ । सो कागज एकप्रति विजयप्रसाद यादवलाई, एकप्रति मङ्गलराय यादवलाई तेस्रोप्रति सियार