निर्णय नं. ८२६४ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६४ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/१०/१९ २९८१ निर्णय नं. ८२६४ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल संवत् २०६६ सालको रि.नं. WO–०००२ आदेश मितिः २०६६।१०।१९।३ विषय : उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः धनुषा जिल्ला मखनाहा गा.वि.स. वडा नं. ६ घर भई हाल जिल्ला वन कार्यालय काठमाडौंमा जिल्ला वन अधिकृत (रा.प.द्वतीय श्रेणी) पदमा कार्यरत ब्रजकिशोर यादव विरुद्ध विपक्षीः लोकसेवा आयोगको कार्यालय, अनामनगर काठमाडौं समेत § निजामती सेवा ऐनको दफा २१(१) को व्यवस्थाले एक वर्ष कम सेवा अवधि भएका ऐनमा सीमान्तकृत समुदायका निजामती कर्मचारीहरूलाई समयावधिको सम्बन्धमा लाभ पुर्‍याउन सक्ने भएपनि उक्त दफाअनुसारको आवश्यक पर्ने सेवा अवधि पूरा भैसकेका उम्मेद्वारहरूको निमित्त समेत सो दफा २१(२) मा भएको विशेष छुट (Special Grace) नै लागू हुनुपर्ने भन्ने नदेखिने । § पाँचवर्ष सेवा अवधि पूरा गरिसकेका अधिकृत कर्मचारी उम्मेदवारहरूलाई निजामती सेवा ऐन, २०४९ को दफा २१(२) को सुविधाको आवश्यकता नै नपर्ने हुनाले त्यस्ता कर्मचारीहरूको लागि सो सुबिधा प्राप्त गर्ने कुरा औचित्यपूर्ण समेत हुन नसक्ने । § निजामती सेवा ऐन, २०४९ दफा २१(२) को बनौटबाट समेत दफा २१(१) अनुसार सेवा अवधि पूरागर्न नसकेका ऐनमा उल्लिखित सीमान्तकृत समुदायका कर्मचारीहरूको निमित्त सो व्यवस्था गरिएको स्पष्ट रहेको भै उक्त सीमान्तकृत समुदायहरू जसलाई सो सुविधाको आवश्यकता नै छैन त्यसलाई समेत सो सुविधा हुनुपर्ने भनी उक्त ऐनमा प्रयुक्त शब्दहरूको अर्थ गर्न नसकिने । (प्रकरण नं. ३) निवेदक तर्फवाटः निवेदक तर्फबाट विद्वान अधिवक्ताहरू श्री शम्भु थापा, श्री हरिप्रसाद उप्रेती, श्री राजकिशोर यादव विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र पोखरेल, विद्वान वरिष्ठ अधिवक्ताहरू श्री महादेव यादव, श्री बद्रीबहादुर कार्की, श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री हरिकृष्ण कार्की, श्री नरेन्द्र पाठक, श्री नारायणप्रसाद देवकोटा, श्री केदारप्रसाद दाहाल अवलम्वित नजीरः२०६५ सालको रिट नं. ०९३० सम्बद्ध कानूनः § निजामती सेवा ऐन, २०४९ को दफा २१(१), (२), २४क(८) आदेश न्या.गिरीशचन्द्र लालः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२/१०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण एवं आदेश निम्न प्रकार छ :— निवेदक नेपाल बन सेवा जनरल फरेष्ट्री समूहको रा.प.द्वितीय श्रेणीको पदमा विगत मिति २०५२।११।२८ देखि बढुवा नियुक्ति पाई आफ्नो पदीय जिम्मेवारी इमानदारीसाथ कर्तव्यनिष्ठ भई पूरा गर्दै आइरहेकोमा नेपाल वनसेवा जनरल फरेष्ट्री समूहको रा.प. प्रथम श्रेणीको एक पद कार्यक्षमताको मूल्याङ्गनद्वारा गरिने बढुवाद्वारा पूर्ति गर्ने गरी आयोगको मिति २०६५ असोज २९ अङ्क १३ को बुलेटिनमा बढुवा सूचना नं. ११/ ०६५।०६६ को विज्ञापन प्रकाशित भएकोमा मैले पनि उक्त पदको संभाव्य उम्मेदवारको हैसियतले बढुवाको दर्खास्त फारम भरी आयोगमा पेश गरेको थिएँ । बढुवा समितिको मिति २०६६।२।१० को निर्णयानुसार मिति २०६६।२।११ को गो.प. मा बढुवाको सिफारिश प्रकाशित गरिएको बढुवा समितिको सूचनामा विपक्षी रा.प.द्वितीय श्रेणीको जिल्ला बन कार्यालय मकवानपुरमा कार्यरत राजदेव प्रसाद यादवलाई बढुवाको लागि सिफारिश गरिएको र निजको कुल प्राप्ताङ्क ९९.९३७५ उल्लेख गरिएको रहेछ । मन्त्रालय