निर्णय नं. १०४३५ - दोहोरो रोक्का फुकुवा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४३५ - दोहोरो रोक्का फुकुवा भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/१२/०२ ५४६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।१२।२ ०७३-CI-०१७२ मुद्दाः दोहोरो रोक्का फुकुवा पुनरावेदक / विपक्षी : मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंका तर्फबाट प्रमुख मालपोत अधिकृत पद्मनिधि सोती विरूद्ध प्रत्यर्थी / पक्ष : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २२ धर्मपथस्थित नेपाल बैंक लि. प्रधान कार्यालयको तर्फबाट अख्तियार प्राप्त ऐ. बैंकको व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठ जुन प्रयोजनको लागि सर्वप्रथम सम्पत्ति रोक्का राख्ने कार्य भएको हुन्छ सो प्रयोजन समाप्त नभई अरू निकायबाट राखिएको दोहोरो रोक्का कार्यान्वयन हुन सक्दैन । पहिलो रोक्काबाट नै सो सम्पत्ति लिलाम भइसकेको अवस्थामा सो सम्पत्तिमा अन्य निकायबाट राखिएको सर्तसहितको पटक पटकको अन्य रोक्का क्रियाशील नै हुने स्थिति नरहने । (प्रकरण नं.२२) पुनरावेदक / विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री प्रत्यर्थी / पक्षका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०७५, अंक-९, नि.नं.१०१०६ सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ मालपोत ऐन, २०३४ पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी माननीय न्यायाधीश श्री युवराज सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. १० बस्ने चिजा अधिकारीका नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका ४ सिट नं. १०२६-२० कि.नं. २५१ को क्षेत्रफल २६१.३४ वर्गमिटरको घर जग्गा रू.८२,००,०००।– मा मिति २०७१।४।२८ मा जिल्ला पर्वत पाखापानी वडा नं.१ बस्ने केशबहादुर के.सी.ले लिलाम सकार गरेकोले उक्त घर जग्गा निजको नाममा दा.खा. गरी दिनुहुन भनी नेपाल बैंक लिमिटेड जावलाखेल ललितपुर शाखाको प.सं. १९१।७७।९८२ मिति २०७१/५/१९ को पत्र, उक्त घर जग्गा दा.खा. गर्ने सिलसिलामा मोठ रोक्का भिडाउँदा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक, काठमाडौं जिल्ला अदालत तथा ऋण असुली न्यायाधिकरणसमेतबाट रोक्का देखिएकोमा काठमाडौं जिल्ला अदालतबाट रहेको रोक्कामा नेपाल बैंक लिमिटेडको रोक्का फुकुवा भए मात्र रोक्का राखी दिने भन्ने आदेश भएको, ऋण असुली न्यायाधिकरणको रोक्कामा रोक्का रहेको भए दोहोरो रोक्का नरहेको भए रोक्का राखी दिने भनी अन्तरिम आदेश जारी गरी यस कार्यालयलाई आदेश दिएकोले पहिलो रोक्का फुकुवा नभएसम्म पछिल्लो रोक्का सक्रिय नहुने भनी सम्मानित सर्वोच्च अदालतबाट नेपाल बंगलादेश बैंक विरूद्ध राजस्व अनुसन्धान विभागसमेत ०५३ साल रिट नं. २२०८ फैसला मिति २०५०/३/११ मा र पृथ्वीबहादुर पाण्डे विरूद्ध पुनरावेदन अदालत पाटनसमेत भएको सर्वोच्च अदालत बुलेटिन वर्ष १० अंक ५ पृष्ठ नं. १९ साथै विनय रेग्मी विरूद्ध मालपोत कार्यालय ललितपुर भएको संवत् २०५९ साल रिट नं. २५०२ मिति २०६१।११।२८ मा प्रतिपादित सिद्धान्त स्थापित भएको भए पनि ऋण असुली न्यायाधिकरणको अन्तरिम आदेशमा र नेपाल राष्ट्र बैंकले समेत दोहोरो रोक्का राख्नु भन्ने आदेश भएकोले उक्त न्यायाधिकरणको अन्तरि