निर्णय नं. १०४३७ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४३७ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/०२/२५ १५८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।२।२५ ०७६-WH-०३१० मुद्दा :- बन्दीप्रत्यक्षीकरण निवेदक : का.जि.साबिक थानकोट गा.वि.स. वडा नं.३ परिवर्तित चन्द्रागिरी न.पा. वडा नं.३ घर भई हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेको वर्ष ५६ को श्रीराम श्रेष्ठको हकमा ऐ. बस्ने एकाघरकी पत्नी मोहनदेवी श्रेष्ठ विरूद्ध विपक्षी : फैसला कार्यान्वयन अधिकारी, काठमाडौं जिल्ला अदालत, काठमाडौंसमेत मिसिल खोजी गर्दा फेला पर्न नसकेको भनिए तापनि अदालतमा भएको फैसलाबमोजिमको लगत राख्ने प्रक्रिया कानूनअनुसार नै हुन्छ । सो लगतको अस्तित्व स्वतः सिर्जना हुने होइन । अदालतमा फैसलाबमोजिम कैद जरिवाना असुलउपर गर्न लगत कसी राखेको अभिलेखलाई अन्यथा प्रमाणित नभएसम्म सो लगत किताबमा असुलउपर गर्नुपर्ने भनी उल्लेख भएका कुराहरू सद्धे नै हुन् र प्रमाण पनि लिन मिल्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्तात्रय श्री ओमप्रकाश अर्याल, श्री पुनदेवी महर्जन र श्री शिवहरी तिमिल्सिना विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुषाल अवलम्बित नजिर : ने.का.प. २०७१, फागुन, नि.नं. ९२८४ सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ र धारा १३३(२)(३) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ । तथ्य खण्ड मेरा पति श्रीराम श्रेष्ठलाई मिति २०७६ फागुन १२ गते दिउँसोको समयमा घरनजिकका छिमेकीले चिया पसलमा बोलाई तिमीले महानगरीय प्रहरी वृत्त थानकोटमा रू. १,०००।०० (एक हजार) तिर्न बाँकी रहेछ सो रकम तिर्नका लागि महानगरीय प्रहरी वृत्त थानकोटमा जाऔं भनी लिएर गएका थिए । उक्त प्रहरी वृत्तमा पुगेपछि प्रहरीले मेरा पति श्रीराम श्रेष्ठलाई पक्राउको कारणसहितको सूचना नदिई हिरासतमा लिई तत्काल काठमाडौं जिल्ला अदालतमा पुर्याएको र त्यहाँबाट निजलाई सोही दिन कारागार कार्यालय, डिल्लीबजार, काठमाडौंमा लगी हालसम्म पनि बन्दी बनाई राखिएको अवस्था छ । प्रत्यर्थीमध्येका कारागार कार्यालय, डिल्लीबजार, काठमाडौंलाई सम्बोधन गरी मेरा पति श्रीराम श्रेष्ठलाई बोधार्थ दिइएको प्रत्यर्थी काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारीज्यूको २०७६।११।१२ को पत्रको बेहोरा “प्रस्तुत विषयमा प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी काठमाडौं जिल्ला थानकोट गा.वि.स. वडा नं ३ बस्ने श्रीराम श्रेष्ठसमेत भएको लागु औषध चरेस मुद्दामा बागमती विशेष अदालतको मिति २०४३।०४।१३ गतेको फैसलाअनुसार निज प्रतिवादी श्रीराम श्रेष्ठलाई यस अदालतको लगत किताबको ल.नं. १५००९ बाट ३/०/० (तीन वर्ष) कैद र रू. १,०००/- (एक हजार रूपैयाँ) जरिवाना ठहरी बेरूजु रही फरार रहेकोमा निज प्रतिवादी श्रीराम श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त थानकोटको च.न. १५६४ मिति २०७६।११।१२ गतेको पत्रसाथ यस अदालतमा पेस गरेकोमा निज प्रतिवादीलाई ठहरेको कैद तथा जरिवानाबापतको कैदी पुर्जी समय अभाव भएकोले निजको हकमा नियमानुसारको कैदी पुर्जी पछि पठाउने गरी निज प्रतिवादी श्रीराम श्रेष्ठलाई नियमानुसारको सिदा खाना दिई थुनामा राख्नु हुन अनुरोध छ ।” प्रत्यर्थी महानगरीय प्रहरी वृत्त, थानकोटले कारणसहित