निर्णय नं. १०४३८ - हक कायमसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४३८ - हक कायमसमेत भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०९/१५ ३५७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।९।१५ ०७१-CI-०४९९ मुद्दा: हक कायमसमेत पुनरावेदक / प्रतिवादी : दलवीरको नाति धनबहादुरको छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१४ कलंकी लामपाटी मार्ग घर नं.२३३ बस्ने बाबुलाल विश्वकर्मा विरूद्ध प्रत्यर्थी / वादी : श्रीमान् महर्जनको नाति हेरामान महर्जनको छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.१४ रविभवन माछागेट बस्ने दान महर्जन प्रतिकूल भोगाधिकार हुनको लागि सम्पत्तिको स्वामीबाहेक अन्य व्यक्तिले लामो समयसम्म आफ्नो सम्पत्तिसरह बिना रोकावट भोग गरी बसेको अवस्थालाई प्रतिकूल भोगाधिकारको रूपमा लिनुपर्ने । (प्रकरण नं.५) स्वामित्ववालाको जानकारी बिना, गोप्य रूपमा चोरी, बलपूर्वक र जबरजस्ती रूपमा कुनै सम्पत्ति भोग गरेको अवस्थामा प्रतिकूल भोगाधिकार भएको मान्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री अर्जुनप्रसाद कँडेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी तथा विद्वान् अधिवक्ता श्री प्रमोद रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६५, अंक ३, नि.नं.७९३९ सम्बद्ध कानून : देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्ने:- मा. जिल्ला न्यायाधीश श्री सुदर्शनराज पाण्डे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल पुनरावेदन अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । तथ्य खण्ड काठमाडौं जिल्ला, कलंकी वडा नं. ५ कित्ता नं. २७१ क्षेत्रफल ०-४-०-० जग्गा २०२१ सालमा सर्भे नाप जाँच हुँदा जग्गाधनी आमा आशामाया महर्जन र मोही बेखनारायण महर्जन भई नाप नक्सा भई आमाकै नाउँबाट छुट जग्गा दर्ताको कारबाही चलाएकोमा आमाको परलोकपछि मैले सकार गरी मालपोत कार्यालयको मिति २०५८।१०।२५ को निर्णयअनुसार मेरो नाउँमा दर्ता भई मोहीलाई रकम दिई भूमिसुधार कार्यालयको मिति २०६०।४।८ को निर्णयअनुसार मोही लगत कट्टा भई भोग चलन गर्दै आएकोमा ६ नं. नापी गोश्वाराको ५ नं. नापी टोलीबाट मिति २०५९।२।१४ मा पुनः नाप जाँच हुँदाका बखत उपस्थित हुन नसकेकोले उक्त जग्गा नयाँ नापीमा का.जि. का.म.न पा. वडा नं. १४ सिट नं. १०२-११४२-०३ को कि.नं. २१७ मा ब्लक नापी भई ७ दिने सूचना प्रकाशित भएकोमा म्यादैभित्र भुलसुधार गरी कि.नं. २१७ बाट कित्ताकाट गरी जग्गा दर्ता गरिपाउँ भनी ५ नं. नापीटोलीमा निवेदन गरेकोमा हक बेहकको निर्णय गर्न नापी गोश्वारामा पठाइयो । नापी गोश्वाराबाट मिसिल मालपोत कार्यालयमा गएकोले पुनः मालपोत कार्यालयमा गई निवेदन दिएपछि मालपोत कार्यालयले साबिक विवरण भिडाई पठाई दिनु भनी नापी शाखा कलंकीलाई पत्राचार गरेकोमा नापी शाखाले साबिक कि.नं. २७१ को जग्गा हाल कि.नं. २१७ मा ओभरल्याप नक्सासँग भिड्ने भनी विवरण उपलब्ध गराएको र प्रतिवादीले कि.नं. २१७ को पूरै जग्गा मेरा नाउमा दर्ता गरिपाउँ भनी प्रतिउत्तर गरेपछि मालपोत कार्यालयले हकबेहकको अवस्था देखिएको भनी निर्णय गरेकाले कि.नं. २१७ को जग्गाबाट दक्षिणतर्फ साबिक २७१ बाट भिड्ने जति जग्गा कित्ताकाट