निर्णय नं. १०४३९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४३९ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०९/२० २१४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।९।२० ०६६-WO-१३०२ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : जिल्ला बर्दिया कालिका गा.वि.स. वडा नं. ३ स्थायी घर भई विमानस्थल सुरक्षागार्ड भैरहवामा कार्यरत रहेका बखत अवकाश गरिएका वर्ष २५ को प्रहरी जवान जयबहादुर पाइजा मगर विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत जुन आरोप लगाएर कुनै व्यक्तिले गरिरहेको रोजगारीबाट वञ्चित गरिएको छ, सो आरोपबारे आफैँ धारणा वा सफाइ राख्न पाउनु व्यक्तिको नैसर्गिक हकभित्रै पर्ने । (प्रकरण नं.४) कसुरको यकिन नगरी स्पष्टीकरण सोध्ने र पूरक कसुर र कानून उल्लेख गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ श्री अधिवक्ता हरिहर दाहाल र विद्वान्‌ अधिवक्ताहरू श्री युवराज भण्डारी तथा श्री राजु कटुवाल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश गौतम अवलम्बित नजिर : ने.का.प २०७५, अंक ७, नि.नं. १००६३, पृ. १४४३ सम्बद्ध कानून : प्रहरी नियमवली, २०४९ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड म निवेदक मिति २०६०।५।१५ गतेका दिनबाट प्रहरी जवान पदमा भर्ना भई सशस्त्र द्वन्द्वको समयमा रोल्पालगायत देशको विभिन्न स्थानमा कार्यरत रहँदै आएकोमा पछिल्लो समय विमानस्थल सुरक्षा गार्ड भैरहवामा कार्यरत रही आएको थिएँ । यसरी कार्यरत रहँदा कार्यालयबाट दिइएको पदीय जिम्मेवारी अत्यन्त इमान्दारीपूर्वक निर्वाह गरी आएको थिएँ । मिति २०६६।६।३१ गते भैरहवा विमानस्थलमा निवेदकको passenger को ब्यागेज चेकिङ गर्ने डिउटी थियो । सोही डिउटीको क्रममा तिहारको बेला भएकोले तराईबाट राजधानी आउने मानिसहरूले पटका जस्ता विस्फोटक पदार्थ ल्याउने समय थियो । मेरो डिउटीकै क्रममा एकजनाले यति एअरलाइन्समार्फत पटाका लैजान लागेको अवस्थामा रोकेको थिएँ । सोही विषयमा मलाई प्र.ना.नि. छवबहादुर घर्तीले बोलाई लछार पछार गर्दा विमानस्थलमा रहेका अन्य व्यक्तिहरू आई छुट्याएका थिए । हठात् प्र.ना.नि. छवबहादुर घर्तीले मलाई जिल्ला प्रहरी कार्यालय भैरहवा रूपन्देहीमा पठाई थुनामा राखी निर्मम यातना दिएर राखे, मलाई यातना दिएको तथ्य प्रस्तुत निवेदनसाथ मैले पेस गरेको मेडिकल रिपोर्टहरूबाट पनि पुष्टि हुन्छ । यसरी मलाई थुनामा राखी प्रत्यर्थी जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक प्रकाश अर्यालज्यूबाट मिति २०६६।७।१ गते र पुनः मिति २०६६।७।४ गते स्पष्टीकरण माग गरिएकोमा निवेदक माथि लगाइएको आरोपमा पूर्ण ईन्कारी रही निवेदकलाई सजाय हुनुपर्ने होइन भनी क्रमशः मिति २०६६।७।१३ गते र मिति २०६६।७।१६ गते स्पष्टीकरण जवाफ पेस गरेको थिएँ । यसरी निवेदकले पेस गरेको स्पष्टीकरण जवाफबाट निवेदकको निर्दोषिता पुष्टि हुन्छ । उक्त स्पष्टीकरण पत्र प्रस्तुत निवेदन पत्रसाथ संलग्न गरेको छु । यसै क्रममा मलाई हठात् मिति २०६६।७।२२ गतेदेखि लागु हुने गरी प्रत्यर्थी नं. ३ का प्रहरी उपरीक्षकबाट प्रहरी नियमावली, २०४९ को परिच्छेद ९ नियम ८८ को उपनियम (ग) र (ङ) अनुसारको कसुर गरेको ठहर हुन आएकोले नियम ९३ को देहाय (२)(ख) ले दिएको अधिकार प