निर्णय नं. १०४४० - कुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४४० - कुटपिट भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०८/२७ ६४६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।८।२७ ०७०-CR-०५०९ मुद्दाः- कुटपिट पुनरावेदक / वादी : चन्द्रबहादुरको छोरा सिन्धुपाल्चोक जिल्ला भिमटार गा.वि.स. वडा नं.२ बस्ने शिवबहादुर दनुवार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला भिमटार गा.वि.स. वडा नं.२ बस्ने छन्दबहादुरको छोरा मैतवीर दनुवारसमेत सजाय प्रतिवादीले गरेको कसुरबापत बेहोर्नु पर्ने व्यक्तिगत दायित्व हो । जहाँ कानूनले दामासाही हुने भनी स्पष्ट उल्लेख गरेको छ सो अवस्थामा बाहेक सजाय गर्दा जनही सजाय नै निर्धारण गर्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री नारायणवल्लभ पन्त तथा विद्वान् अधिवक्ता श्री जगदीश चन्द्र पाण्डे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विकास भट्टराई र विद्वान् अधिवक्ता श्री जनकराज आचार्य अवलम्बित नजिर : ने.का.प.२०७५, अंक ९, नि.नं.१०१०० सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी सिन्धुपाल्चोक जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्यायाधीश श्री भरतप्रसाद अधिकारी माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०६३।११।१६ गते साइँला दनुवारको नातिको व्रतबन्धको निम्तोमा गई फर्की फटकसिला गा.वि.स. वडा नं. ८ मा आइपुग्दा शिव दनुवार र भोटे दनुवारबिच खेतको विषयमा वादविवाद भई ढुंगा हानाहान गरी खुकुरीसमेत प्रयोग गरी भोटे दनुवारसमेत घाइते भएकोले सो सम्बन्धमा बुझी जानकारी दिनु भन्नेसमेत इलाका प्रहरी कार्यालय, नवलपूरको सञ्चार पत्र । मिति २०६३।११।१६ गतेका दिन फटकसिला गई व्रतबन्धको भोज खाई घर आउँदै गर्दा ढाड खोलानजिक आई पुग्दा शिवबहादुर दनुवारलाई नमारी छाड्दिन भनी विपक्षी मैतवीर दनुवारसमेतले लाठा, ढुङ्गा, खुकुरीसमेत प्रयोग गरी हामीलाई कुटपिट गरेकोले घाउ जाँच केस फाराम गरिपाउँ भनी शिवबहादुर दनुवारसमेतले जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा दिएको दरखास्त पत्र । Cut wound scar agular 3x5cm volt 3CM in rt. temporal bone of skull lt. folt little toe cut and amputaded of base of the toe भन्नेसमेत घाउ जाँच केस फाराम । २०६३।११।१६ गतेका दिन गौरूङ दनुवारको घरमा निजको नातिको व्रतबन्धको निम्तो भएकोले भोज खाई घरतर्फ आउँदै गर्दा दंगालडिही भन्ने ठाउँमा आइपुग्दा सन्तबहादुर दनुवारसमेतका प्रतिवादीहरूले हातमा लाठी, खुकुरीसमेत लिई मलाई कुटपिट गरी मेरो देब्रे खुट्टाको कान्छी औंला छिनाई ज्यानै लिन लागेको देखी गोल्ठे दनुवारसमेतले उपचारको लागि धुलिखेल अस्पतालमा लगेकोले उपचार भई जाहेरी दिन आएको छु, कारबाही गरिपाउँ भन्ने शिवबहादुर दनुवारको जाहेरी दरखास्त र घाइतेहरूका उपचारको क्रममा रू.४३,५८५।- खर्च भएको भन्ने बिलसमेतका कागजातहरू रहेको देखिन्छ । मिति २०६३।११।१६ गते व्रतबन्धको न