निर्णय नं. १०४४१ - लिखत बदर दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४४१ - लिखत बदर दर्ता बदर दर्ता भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०९/२३ ६३६९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।९।२३ ०७२-CI-१२८२ मुद्दा: लिखत बदर दर्ता बदर दर्ता पुनरावेदक / वादी : राम अषिश यादवको श्रीमती जिल्ला सिराहा, औरही गा.वि.स. वडा नं.३ बस्ने रामरतीदेवी यादवसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सिराहा जिल्ला, सिराहा नगरपालिका वडा नं. ९ बस्ने बिल्टु यादवको श्रीमती रेणुकुमारी यादवसमेत एउटै जग्गाका सम्बन्धमा तहतह बिक्री भई नालिस परेको अवस्थामा मूल लिखत बदर नगरी पछिल्लो लिखत बदर गर्न कानूनत मिल्नेसमेत नदेखिँदा हदम्यादको गणना गर्दा लिखत पारित भएको पहिलो मितिलाई नै आधार मान्नु पर्ने । (प्रकरण नं.७) कानूनले निर्धारण गरेको हदम्याद नाघेपछि मात्र नक्कल सारी थाहा पाएको भन्ने आधारमा जहिलेसुकै लिखत बदर गराउनका लागि फिराद दायर गर्ने हक दिने हो भने कानूनमा हदम्यादको प्रावधान राख्नुको कुनै औचित्य नै नरहने । कानूनमै थाहा पाई सक्नुपर्ने समयावधि किटान गरी हदम्याद सम्बन्धमा व्यवस्था भएकाले तथ्ययुक्त भरपर्दो आधार र कारणको अभावमा भएको कानूनी व्यवस्थालाई नजरअन्दाज गर्न मिल्ने पनि नदेखिने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सतिशकुमार झा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भिमकुमार ओझा सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा. न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम पुनरावेदन अदालत राजविराज फैसला न्या.बमकुमार श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छः- तथ्य खण्ड मूल पुरूष राम अशिषको पत्नी म फिरादी रामरती भई म रामरतीको गर्भबाट २ छोराहरूमा जेठा विपक्षी देवनारायण र कान्छा म फिरादी पशुपति हौं । हामी सबै साझा सगोलमा रही बसी आइरहेको क्रममा विपक्षी देवनारायण यादवले हामीलाई अंश नदिएको हुँदा विपक्षी देवनारायणउपर सा.दे.नं. ८६४ को अंश दर्ता मुद्दा दायर गरी हामी फिरादीले सम्पूर्ण सम्पत्तिबाट ४ खण्डको २ खण्ड अंश पाउने गरी मिति २०६६।२।६ मा फैसला भएको ५ वर्षपश्चात् हाम्रो सगोलकै आर्जनको पैतृक सम्पत्ति विपक्षी देवनारायण यादवको नाममा दर्ता कायम रहेकोले विपक्षी देवनारायण नाम दर्ताको जिल्ला सिराहा, गा.वि.स. औरही वडा नं. १ को कि.नं. १९६ को ०-१०-७१/२ जग्गा हालसम्म हामीले नै भोगचलन गरी आइरहेकोमा उक्त जग्गा विपक्षी देवनारायण यादवले विपक्षी रेणुकुमारी यादवलाई र विपक्षी रेणकुमारी यादवले विपक्षी उत्तिम वरहीलाई र उत्तिम वरहीले विपक्षी दिपोदेवी र जगविरलाई लिखत पास गरिदिएको क्रमशः मिति २०६१।३।२७ को र.नं. १०५७२, मिति २०६६।७।२७ को र.नं. ४५६८, मिति २०६६।८।७ को र.नं. ४८८१ र ४८८२ को सम्पूर्ण लिखतहरू र उक्त लिखतको आधारमा दर्ता भएको हाल कि.नं.१९६ कित्ताकाट भई कायम भएको कि.नं. ३०४५ र कि.नं. ३०४६ को जग्गाहरू विपक्षीको नामबाट दर्ता बदर गरी पूर्वबाट ४ खण्डको २ खण्ड हाम्रो नाममा छुट्टाछुट्टै दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादीहरूको फिरादपत्र । म प्रतिवादी रेणुकुमार