निर्णय नं. १०४४३ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४४३ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०८/१८ ५९१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।८।१८ ०७२-CR-०७८७ विषयः- जबरजस्ती करणी पुनरावेदक / वादी : देवबहादुर (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : तनहुँ जिल्ला देवघाट गा.वि.स. वडा नं. २ बस्ने दिपक गुरूङसमेत करणीको कसुरमा हुनुपर्ने अन्य कुराहरूको विद्यमानता भएपछि पीडितको योनिलाई लिङ्गले नै छोएको हो वा शरीरको अन्य अङ्गले छोयो भन्ने कुरा करणीको विधिशास्त्रीय मान्यतामा गौण विषय हुने l जबरजस्ती करणीको कसुरमा अर्काको शरीरलाई निजको चेतयुक्त इच्छाबेगर नियन्त्रणमा लिई यौनाङ्गलगायत शरीरका अन्य अङ्ग प्रत्यङ्गको संसर्ग गराई आफ्नो यौन चाहना पूरा गर्ने कसुरदारको मूल उद्देश्य रहन्छ l पीडितको योनिमा घर्षणसमेत भएको कुरा योनि रातो भई सुन्निएको भन्ने बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदनबाटै पुष्टि भइरहेको अवस्था हुँदा एकान्त कोठामा लगी बालिकाको कट्टुसमेत खोली, शरीरमा चढी, यौनाङ्ग चलाइखेलाई गरी घोची कसुरदारको एकपक्षीय चाहनामा वीर्य स्खलन गराई प्रतिवादी तृप्त भई विश्राम लिएको तथ्य स्थापित भएको देखिँदाको कार्य आफैँमा करणीको कसुर हो भन्नलाई पर्याप्त हुने l (प्रकरण नं.२) बाह्य तत्त्वको उपस्थितिले कसुर पूर्ण हुन नपाएको अवस्था हुनका लागि कसुरको जुन अवस्थामा बाह्य तत्त्वको प्रवेश हुन्छ, परिस्थिति त्यही बिन्दुबाट मोडिई कसुरजन्य कार्यको परिणाममा प्रतिकूल प्रभाव परेको हुनुपर्ने l घटनामा बालिकाले “दुख्यो” भनेपछि प्रतिवादीले उनको पेटमा वीर्य स्खलन गराई यौन कार्यलाई पूर्णता दिएको अवस्थामा योनि बाहिर वीर्य स्खलन गराएकोलाई बाह्य तत्त्वको उपस्थितिले कसुर पूरा नभएको भनी मान्न नसकिने l घटना भइरहेकै समयमा अर्थपूर्ण र संयोगिक तरिकाले देखा पर्ने तर तत्कालीन परिस्थितिलाई प्रभावान्तर गरी कसुर पूरा हुनबाट जोगाउन सक्षम नहुने त्यस्तो तत्त्वलाई अपराध पूरा हुन हस्तक्षेप गर्ने बाह्य तत्त्वको रूपमा ग्रहण गर्न नसकिने l (प्रकरण नं.३) इजलासबाट जबरजस्ती करणीको कसुर ठहर भएको अवस्थामा क्षतिपूर्ति के कति कसबाट भराइदिने र पीडितलाई के कस्तो हानि वा क्षति पुगेको छ भन्ने आधार कारणतर्फ हेर्नुपर्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : वैतनिक विद्वान् अधिवक्ता श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : ने.का.प. २०६३, नि.नं. ७९२३ ने.का.प. २०६३, नि.नं. ७६५२ ने.का.प. २०६६, नि.नं. ८१४२ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वय) ऐन, २०७४ प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०४८ / २०७५ सुरू तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री उमेश कोइराला तनहुँ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना मा. न्यायाधीश श्री जगन्नाथ महतो “सिंह” पुनरावेदन अदालत पोखरा फैसला न्या.सपना प्रधान मल्ल : पुनरावेदन अदालत पोखराको मिति २०७२/०१/२८ को पुनरावेदकीय फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दर्ता भई दोहोर्याई हेर्ने अनुमति पाएको प्रस्तुत मुद्दाको तथ्य र ठहर देहायबमोजिम रहेको छ: तथ्य खण्ड मिति २०७०/०१/०५ गते बेलुका १७:०० बजेको समयमा आफ्नो घरकोठाबाट बाहिर निस्केर मेरी ४ वर्षकी छोरी आँबुखैरेनी A (परिवर्तित नाम)