निर्णय नं. ४४१४ - कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४१४ - कीर्ते भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/१८ २८०९ निर्णय नं. ४४१४ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ सम्वत् २०४५ सालको फौ.वि.नं. ४९ फैसला भएको मिति: २०४८।११।१८।१ मा पुनरावेदक/वादी : भ.पु.न.पं. वा.नं. ८ बस्ने सिद्धिवीर कर्माचार्य विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.वार्ड नं.१० बस्ने विष्णु वासुकलासमेत मुद्दा : कीर्ते (१) रेखा विशेषज्ञले ल्याप्चे सहिछाप मिल्न भिड्न नआउने भनी राय दिएको र कृष्णेश्वरीले पनि सोही अनुरुप विशेष प्रहरीमा कीर्ते गरे भनी उजूर दिएको देखिएबाट अदालतमा निजले आई बयान गर्दा सद्दे साँचो भनी भनेकै आधारमा सद्दे साँचो हो भनी मान्न नसकिने नमिल्ने हुँदा कीर्ते नठहर्ने गरी गरेको फैसला नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली, विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी परेको बिन्तिपत्रमा इन्साफ जाँच गरिदिनु श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. विष्णुधर वैद्यलाई रिझाए बापत वहाँबाट ०३४।३।२० मा हालै देखि भोग चलन गर्न पाउने गरी (साविक पेज नं. ७५२) पाएको हालैको बकसपत्र बमोजिम घर पाताल समेतका घर जग्गा मध्येको घर मुनिको पसल साल १ को रु. ९०००।– बहाल लिने गरी विष्णुप्रसाद हाडालाई कबूलियत गराई बहालमा राखी भोग चलन गरी आएकोमा निज विष्णु घरको हालसम्म सगोल साथमा बसी आउनु भएको कृष्णेश्वरीले वारिसनामा गरिदिएको भनी विपक्षीहरु मिली कीर्ते वारेसनामा खडा गरी उक्त घर आधा अंश बदर गरिपाउँ भनी विष्णुले फिराद गर्नु भएको रहेछ । यसरी कीर्ते वारेसनामा बनाई मुद्दा खडा गराएकोले कीर्ते कागजको १४।१५ नं. बमोजिम विष्णु वासुकला र साक्षी लेखक समेतलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको सिद्धिवीर कर्माचार्यको मिति ०३५।९।१२ को फिरादपत्र । ३. वादी दावा झुठ्ठा हो, कृष्णेश्वरीको सहिछाप कीर्ते गर्नुपर्ने कुनै प्रयोजन पनि नभएको कृष्णेश्वरीले स्वेच्छाले आफ्नो अंश जति बदर गरी पाउन नालेश गर्नको निमित्त वारेसनामा दिनु भएको हो । अतः कपोल कल्पित वादी दावा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्र.सारदाभक्तको र ललितलाल मुल्मी, विष्णु वासुकलाले दिएको संयुक्त प्रतिउत्तर । ४. अ.बं. ८२ नं. बमोजिम वादीलाई फिराद दायर गर्न पाउने एकलौटी हक प्राप्त भई नसक्दै यो फिराद दायर हुन आएकोले यो मुद्दाको फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको भक्तपुर जिल्ला अदालतको ०४१।१।२० को फैसला । ५. सो फैसलामा चित्त बुझेन भनी वादीको पुनरावेदन । ६. वारेसनामा कीर्ते गरिएको हो होइन भन्ने समेत सबूद प्रमाणको मूल्यांकन गरी ठहर गर्नु पर्नेमा खारेज गरेको भ.पु.जि.अ. को इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरिएको छ । कानुन बमोजिम इन्साफ तहकिकात गर्नु भनी मिसिल भ.पु.जि.अ. मा पठाइदिनु भन्ने ०४२।८।२ को म.क्षे.अ. को फैसला । ७. वादी दावीको वारेसनामा सद्दे साँचो हो भनी अदालतले ठहर गर्न सक्ने आधार मिसिलमा देखिन आएन । यस्तो सद्दे नदेखिने वारेसनामा वादी दावी सद्दे नभई कीर्ते ठहर्छ भन्नेसमेत व्यहोराको भ.पु.जि.अ.को ०४२।१२।१९।३ को फैसला । ८. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यह