निर्णय नं. १०४४५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४४५ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०७/०५ २८०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।७।५ मुद्दाः कर्तव्य ज्यान ०७४-CR-०६७४ पुनरावेदक / प्रतिवादी : स्याङ्जा जिल्ला केवरे भन्ज्याङ गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय स्याङ्जामा थुनामा रहेकी कल्पना वि.क. विरूद्ध प्रत्यर्थी / वादी : पविसरा वि.क.को जाहेरीले नेपाल सरकार ०७४-CR-११७४ पुनरावेदक / वादी : पविसरा वि.क.को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं. ७ बस्ने सोभितबहादुर वि.क.समेत न्यायिक सक्रियता र न्यायकर्ताको स्वविवेकीय अधिकार कानूनी छिद्र प्रयोग गरी सिमित मानिसलाई फाइदा वा बेफाइदा पुग्नेगरी होइन की यसलाई न्यायकर्ताले नै न्यायको कसीमा उच्च नैतिकता र विवेकका साथ प्रयोगमा ल्याउनुपर्ने । (प्रकरण नं.३) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्ने: मा.जिल्ला न्या. श्री शिवबहादुर रानाभाट स्याङ्जा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री द्वारिकामान जोशी माननीय न्यायाधीश श्री बालचन्द्र शर्मा उच्च अदालत पोखरा फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : मुद्दाको तथ्य मिति २०७१।११।१४ गतेका दिन साँझ करिब ६ देखि ७ बजेको समयमा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्के बस्ने वर्ष ८ की कालो वर्ण दुवै गालामा कुकुरले टोकी खत बसेको र दाँत छिद्रिएको रिता वि.क. नाम गरेकी मेरी छोरी घरबाटै हराएकी हुँदा शङ्का लागेका मेरै श्रीमान् सोवित वि.क. र सौता कल्पना वि.क.माथि कडाइका साथ निगरानी गरिपाउँ भन्ने पविसरा वि.क.को निवेदन । जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पूर्वमा चित्रबहादुर सारूको बारी, पश्चिम लोकबहादुर सोती मगरको पाखो जग्गा, उत्तरमा चित्रबहादुर सारूको बारी, दक्षिणमा लोकबहादुर थापाको बारी यति चारकिल्लाभित्र उज्जड सिंह रानाको खरबारीमा बनमारा झारको झ्याङमुनि साढे ३ फिट लम्बाई, डेढ फिट चौडाई, डेढ फिट गहिराई भएको खाडलमा गुलाबी र सेतो मिसिएको ज्याकेट निलो मिड्डी सोभन्दा मुनि मानिसको साप्रादेखि तलको दायाँ खुट्टासमेत रहेको सोदेखि १५ फिट पश्चिम तलतर्फ जमिनमा टाउकाको मानव अस्थिपञ्जर रहेको भन्ने चारकिल्लासहितको लासजाँच मुचुल्का । मिति २०७१।१२।३० गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला स्याङ्जा केवरे भन्ज्याङ गा.वि.स. वडा नं.-७ ताप्केस्थित पाखो खरबारीमा गुलाबी र सेतो रंगको ज्याकेट निलो मिड्डी भएको मानिसको दायाँ खुट्टाको भाग टाउकोको अस्थिपञ्जर कपालका रौंहरूसमेत फेला परेकोमा उक्त कपडा तथा मानव अस्थिपञ्जरसमेत हेर्दा मेरी छोरी वर्ष ८ की रिता वि.क. मिति २०७१।११।१४ गते हराउँदाका अवस्थामा उल्लिखित कपडाहरू लगाएकी र ती मेरै छोरीले लगाउने गरेका कपडा भएकोले उक्त अस्थिपञ्जर कंकाल मेरै छोरीको हुनुपर्दछ भनी उल्लिखित कपडा तथा कपालका रौंहरूसमेत हेरी सनाखतसमेत गरिदिए