निर्णय नं. १०४४९ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४४९ - अंश चलन भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०९/२४ ४८८६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।९।२४ ०७४-NF-००२२ मुद्दाः- अंश चलन पुनरावेदक / प्रतिवादी : विक्रम शम्शेरको नाति, सुदर्शन शम्शेरको छोरा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५ मानभवन बस्ने मुनी शम्शेर ज.ब.रा. विरूद्ध प्रत्यर्थी / वादी : ऐ. का नाति, सुदर्शन शम्शेरको छोरा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ५ विक्रम भवन बस्ने मन शम्शेर ज.ब.रा. एकपटक स्वीकार गरिसकेको मानो छुट्टिएको मितिलाई अस्वीकार गरी पुनरावलोकनको निवेदनमा चित्त नबुझाएको भनी उक्त मितिका सम्बन्धमा लेखिएको बेहोरालाई औचित्यपूर्ण र विवेचनायुक्त तथ्य मान्न नमिल्ने । (प्रकरण नं.४) अदालतमा प्रश्न उठेपछि बन्डा हुन योग्य पैतृक सम्पत्तिको न्यायोचित र सन्तुलित हस्तान्तरण नभएको अवस्था देखिएमा वादी वा प्रतिवादी जो जसको नाममा दर्ता रहेको र जुनसुकै किसिमबाट परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको भए पनि त्यस्तो सम्पत्तिलाई सगोलको पैतृक सम्पत्ति मानी अंशबन्डाको विधिशास्त्रीय र सैद्धान्तिक मान्यता एवं विद्यमान कानूनी व्यवस्थाको मर्म र भावनाअनुरूप हुने गरी समानतापूर्ण र सन्तुलित रूपमा अंशियारहरूबिच अंशबन्डा गरिनुपर्ने । (प्रकरण नं.१२) मानो छुट्टिएपछि दा.खा. नामसारी वा हस्तान्तरण भएको भन्ने आधारमा मात्र त्यस्तो बन्डायोग्य पैतृक सम्पत्तिलाई निजी आर्जनसरह मानी बन्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.१४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री श्याम खरेल तथा विद्वान्‌ अधिवक्ता श्री कृष्णप्रसाद ढुंगाना प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री बद्रीबहादुर कार्की र श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री सोहनकुमार खड्का, श्री चेतनाथ घिमिरे, श्री उज्जल रायमाझी र श्री अन्जन धिताल अवलम्बित नजिर : ने.का.प.२०४९, नि.नं.४४६१ ने.का.प.२०५०, नि.नं.४६७९ ने.का.प.२०५२, अङ्क ८, नि.नं.६०६० ने.का.प.२०५३, नि.नं.६०६० ने.का.प.२०६८, नि.नं.८६७९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री ऋषिकेश वाग्ले ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शिवनारायण यादव माननीय न्यायाधीश श्री हेमराज पन्त पुनरावेदन अदालत पाटन यस अदालतमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला न्या.सपना प्रधान मल्ल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१।१३ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम निवेदन परी यस अदालतबाट निस्सा प्रदान भएको र नियमानुसार निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- पिता सुदर्शन शम्शेर र माता आना राणाको तर्फबाट जायजन्म भएका २ छोराहरूमा जेठा छोरा प्रतिवादी मुनी शम्शेर ज.ब.रा. र कान्छो छोरा म फिरादी मन शम्शेर ज.ब.रा. भएको र ३ छोरीहरूमा शान्ति राणा, सन्तु शाह र सन विष्‍टको जायजन्म भएकोमा माता पिताको परलोक भइसकेको र छोरीहरूसमेतको विवाह भइसकेकोले जम्मा २ अंशियार छौं । हालसम्म अंशबन्डा भएको छैन । म फिरादी अध्ययनको क्रममा विदेशतर्फ रहेको र परिवार संख्या वृद्धि भएक