निर्णय नं. १०४५० - उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४५० - उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/१०/१७ ३७३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१०।१७ ०७४-CR-१०४८ मुद्दाः- उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर निवेदक / वादी : वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुगमन प्रतिवेदन पत्र जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : काठमाडौं जिल्ला, मनमैजु-४ स्थित समुल ग्रुप इन्डष्ट्रिज प्रा.लि.समेत कम्पनी सञ्चालनमा जिम्मेवार नरहेका सञ्चालक तथा सेयर होल्डरहरूलाई कम्पनीमा भएको कसुर वा कम्पनीको उत्पादनमा गुणस्तर कायम नरहेको विषय जानकारी नहुन पनि सक्ने हुँदा कम्पनीको सञ्चालक भएकै कारणले मात्र कम्पनीमा भएको कसुरमा जिम्मेवार तुल्याउनु न्यायका दृष्टिले उचित नदेखिने । (प्रकरण नं.५) निवेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिहर पौडेल विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : उपभोक्ता संरक्षण ऐन, २०५४ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री राजेशकुमार काफ्ले काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. डा. श्री सलाहुद्दीन अख्तर सिद्दीकी माननीय न्यायाधीश श्री हेमराज पन्त पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) तथा ऐ. दफा ३३ (२) बमोजिम दोहोर्याई हेरी पाउन निवेदन परी अनुमति प्रदान भई पुनरावेदनको रूपमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड समुल ग्रुप इन्डष्ट्रिजबाट उत्पादित जारको पानीमा लेदो भेटिएकोले उक्त कम्पनीमा छानबिन गरी कारबाही गरिपाउँ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरेन्द्र दवाडीको उजुरी परी आवश्यक कारबाहीका लागि उक्त कार्यालयको च.नं.१३८ मिति २०६९।४।१० को पत्र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा प्राप्त भएको । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको शाखा अधिकृत हिमालयजिवी उपाध्यायको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले काठमाडौं जिल्ला मनमैजु गा.वि.स. वार्ड नं. ४ स्थित समुल ग्रुप इन्डष्ट्रिज प्रा.लि.मा अनुगमन गरी उक्त उद्योगबाट उत्पादित समुल प्रोसेस्ड ड्रिङकिङ वाटरको जारको पानी परीक्षणका लागि लिइएको मिति २०६९।४।१५ को बजार अनुगमन प्रतिवेदन । पि.एच. र टोटल मेसोफेलिक ब्याक्टेरिया गणनाको मान नेपाल सरकारले प्रशोधित पिउने पानीको लागि तोकेको अनिवार्य गुणस्तरअनुरूप नपाइएको भन्ने बेहोराको समुल ग्रुप इन्डष्ट्रिज प्रा.लि. बाट उत्पादित पानीको नमुना परीक्षण प्रतिवेदन श्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको च.नं. १४३ मिति २०६९।५।१० बाट वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा प्राप्त पत्र । नेपाल सरकारले प्रशोधित पिउने पानीको लागि तोकेको अनिवार्य गुणस्तर मापदण्डभन्दा पि.एच.को मान घटी वा बढी तथा टोटल मेसोफेलिक ब्याक्टेरिया गणनाको मान बढी भएको पानी सेवन गर्दा मानव स्वास्थ्यमा के कति प्रभाव वा असर पर्ने हो खुलाई पठाइदिन भनी च.नं. ४२०१ मिति २०६९।९।३ बाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा लेखी पठाउँदा उक्त प्रतिष्ठानको च.नं. ३८३ मिति २०६९।९।२५ को पत्रबाट मापदण्डभन्दा पि.एच. कम वा बढी भएको तथा टोटल मेसोफेलिक ब्याक्टेरिया गणनाको मान बढी भएको पानी सेवन गर्दा त्यस्तो पानीले प्रत्यक्ष वा अप्रत्यक्ष