निर्णय नं. १०४५१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४५१ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/१०/१५ ३६२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।१०।१५ ०७३-WO-१३५२ विषयः उत्प्रेषण निवेदक : सिन्धुली जिल्ला कमलामाई न.पा. साबिक वडा नं. ५ हाल ४ घर भई विराटनगर भन्सार कार्यालय मोरङमा नेपाल प्रशासन सेवा, राजस्व समूहको रा.प. अनं. प्रथम श्रेणीको नायब सुब्बा पदमा कार्यरत वर्ष ३६ को डोरराज सुनुवार विरूद्ध विपक्षी : लोक सेवा आयोग, केन्द्रीय कार्यालय अनामनगर, काठमाडौंसमेत निजामती सेवा नियमावली, २०५० को नियम १२३ को कानूनी व्यवस्थालाई हेर्दा समान तहमा एक सेवाबाट अर्कोमा खुला परीक्षाद्वारा नियुक्त भई गएको अवस्थामा पहिलाको सेवा अवधिलाई बढुवा हुँदा ज्येष्ठता प्रयोजनका लागि जोड्न नमिल्ने तथा उक्त सेवा अवधिको अङ्क गणना गर्न नमिल्ने भनी प्रस्ट रूपले बन्देज गरेको देखिँदैन । कानूनले स्पष्ट रूपमा बन्देज नगरेको अवस्थामा उक्त सुविधाबाट कर्मचारीलाई वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता श्री नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमाकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ निजामती सेवा ऐन, २०४९ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण तथा आदेश यसप्रकार छः- रिट निवेदनको बेहोराः- म निवेदक मिति २०६३।१।२८ मा नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूहको वरिष्ठ पाँचौं तहको कविराज (नायब सुब्बासरह) पदमा खुला प्रतियोगिताद्वारा नियुक्ति पाई सेवा प्रवेश गरेको हुँ । यसै क्रममा समान तहमा परीक्षा दिन पाइने तत्कालीन कानूनी व्यवस्थाबमोजिम लोक सेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयले प्रकाशन गरेको विज्ञापन नं. ६५।०६६।६७ बाट नेपाल प्रशासन सेवा, राजस्व समूहको रा.प. अनं. प्रथम श्रेणीको नायब सुब्बा पदका लागि खुला (समावेशी आदिवासी जनजाति) प्रतियोगिताका लागि दरखास्त गरी उक्त प्रतियोगितामा छनौट भई नियुक्ति पाई कार्यरत रहँदै आएको छु । यसरी म नायब सुब्बासरहको पदमा २०६३ सालदेखि कार्यरत रहेको हुँदा तथा निजामती सेवा ऐन, २०४९ को दफा २१ बमोजिको सेवा अवधि र योग्यता पुगेको, दफा २२ बमोजिम अयोग्य नरहेको तथा दफा २४घ१क बमोजिम बढुवाका लागि चाहिने शैक्षिक योग्यता, तालिम, का.स.मू. बापतको अङ्क एवम् भौगोलिक क्षेत्रमा काम गरेबापतको पूरा अङ्क मैले प्राप्त गरेको हुँदा बढुवाद्वारा हुने वृत्ति विकासको अवसरको प्रतिक्षामा रहेको थिएँ । यसैबिच विपक्षी लोक सेवा आयोगले सूचना नं. ६३३।०७३।७४, ज्येष्ठता सूचना नं. २२७।०७३।७४ मा नेपाल प्रशासन सेवा, राजस्व समूह रा.प. तृतीय श्रेणीको पदसंख्या १३ ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा गरी पूर्ति गर्ने भनी मिति २०७३।८।२९ मा सूचना प्रकाशन गरेकोमा उक्त विज्ञापित पदमा मैलेसमेत बढुवाका लागि दरखास्त गरेको थिएँ । बढुवा समितिबाट बढुवाका लागि सिफारिस गर्दा मेरो नाम बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूको योग्यताक्रम नामावलीको १ नं. मा राखी मिति २०७३।१।१७ मा सूचना प्रकाशित गरेको थियो । बढुवा समितिको बढुवा सिफारिसउपर लोक सेवा आयोगमा उजुरी परेको र उक्त उजुरी