निर्णय नं. १०४५३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४५३ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/१०/२० ६४३१ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।१०।२० मुद्दाः- कर्तव्य ज्यान ०७१-CR-०२७८ पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला तित्याङ गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ६० को खडानन्द पौडेल विरूद्ध प्रत्यर्थी / वादी : शिव बहादुर के.सी. समेतको जाहेरीले नेपाल सरकार ०७१-CR-१४५३ पुनरावेदक / प्रतिवादी : बागलुङ जिल्ला तित्याङ गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ६० को कृष्णप्रसाद पौडेल विरूद्ध प्रत्यर्थी / वादी : शिवबहादुर के.सी. समेतको जाहेरीले नेपाल सरकार ०७१-CR-१५७२ पुनरावेदक / वादी : शिवबहादुर के.सी. समेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बागलुङ जिल्ला तित्याङ गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ६० को कृष्णप्रसाद पौडेलसमेत तथ्यलाई स्वीकार गर्नु र कसुर स्वीकार गर्नु फरक फरक विषय हो । तथ्यलाई स्वीकार गर्दा पनि सो कुराकानी सौहार्दपूर्ण रूपमा भएको, कुनै वादविवादको अवस्था नदेखिएकोमा तथ्यको स्वीकारोक्तिलाई कसुर स्वीकार गरेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१२) वारदात मितिभन्दा धेरैपछि नाम किटान गरी परेको जाहेरीलाई पछि सोचविचार गरी जाहेरी (After Thought Statement) दिएको मान्नुपर्ने । (प्रकरण नं.१३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भुषाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्वान् अधिवक्ताहरू श्री पिताम्बर राज आचार्य, श्री मुकुन्द पौडेल, श्री सशीनाथ मरासीनी, श्री अमिता गौतम पौडेल, श्री किर्तिनाथ शर्मा पौडेल र श्री कमला रोकाय, वैतनिक कानून व्यवसायीद्वय अधिवक्ता श्री इन्दिरा सिलवाल र श्री रंजिता थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरि प्रताप के.सी. बागलुङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मु.न्या. श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री उमेशराज पौड्याल पुनरावेदन अदालत बागलुङ फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) र (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेको छः- मिति २०६५।३।१८ गतेका दिन दिउसो ३:३० बजेको समयमा बागलुङ नगरपालिका वडा नं. १ बस्ने वर्ष ७३ को कुलबहादुर खत्रीलाई बागलुङ जिल्ला तित्याङ गाउँ विकास समिति वडा नं.९ स्थित आफ्नो खेतमा पानी लगाउन गएकोमा सोही स्थानको तोरीस्वाँरा भन्ने जङ्गलमा कर्तव्य गरी मारी भिरमा लास राखेकोले कानूनबमोजिम गरिपाउँ भन्ने मिति २०६५।३।१९ को भूपेन्द्रबहादुर के.सी.को जाहेरी दरखास्त । बागलुङ जिल्ला तित्याङ गाउँ विकास समिति वडा नं.९ स्थित तोरीस्वाँरा भिरमा मृतक लास रहेको, लासको नाकबाट हल्का रगत बगेको देखिएको, निधारमाथि दाहिने भागमा ४ इन्च गोलाकारको गहिरो चोट देखिएको, दाहिने आँखा केही निलो देखिएको, मेरूदण्डको भागमा छाला खोल्सिएको, मृतकले लगाउने टोपीमा १.५ इन्च काटिएको भन्नेसमेतको घटनास्थल तथा लास प्रकृति मुचुल्का । टाउकोको गम्भीर चोट मस्तिष्कको रक्तस्रावबाट मृतकको मृत्यु भएको भन्ने बागलुङ अस्पतालबाट भएको शव परीक्षण प्रतिवेदन । मिति २०६५।३।२८ गते घटनास्थल वरपर खोजतलास गर्दै जाँदा मृतक कुलबहादुरको लास रहेको स्थानदेखि अं. ५० मि. पूर्व बारी नजिकैको स्थानमा संविधान सभा, २०६४ लेखिएको ट