निर्णय नं. ४४१५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४१५ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/११/०५ २३८३ निर्णय नं. ४४१५ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.पु.नं. २३१ फैसला भएको मिति : २०४८।११।५।२ मा पुनरावेदक/प्रतिवादी : जि.प्र.का.का. शाखा पर्सामा थुनामा रहेको प्रकाश घिमिरे विरुद्ध प्रत्यर्थी/वादी: प्र.ना.नि. शभ्मुप्रसाद उपाध्यायको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) चुप्पीले गर्दन छिनाउँदा सहभागी रहेको र टाउको बोकी ल्याई गाड्ने कार्य र अपराध बारे कसैलाई नसुनाएबाट अपराध लुकाउने प्रयासबाट निजको पनि पूर्ण संलग्नता देखिँदा सजायँ कठोर भयो भन्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुंगाना फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. २०४३।८।२६ गते झापा दमक न.पं. वा.नं. ३ बेलगाडीमा टाउको बिनाको लास छ भन्ने खबर आएकोले गई हेर्दा अन्यत्र स्थानमा कर्तव्य गरी मारी त्यहाँ ल्याई टाउको काटी लगेको देखिएको र लास सनाखत नभएकोले कानुन बमोजिम गरी पाउँ भन्ने समेत शम्भुप्रसादको प्रतिवेदन । ३. मेरो छोरा साइला चन्द्रबहादुर राई ०४३।८।५ गते चिया विक्री गर्न दमकमा गएको कसले काटी कर्तव्य गरी मारी टाउको समेत बेपत्ता पारेकोले कानुन (साविक पेज नं. ७५५) बमोजिम गरिपाउँ भन्ने लम्बी राईको सनाखत कागज । ४. २०४३।८।२५ गते बेलुका दमक बजारबाट घर फर्कदा तित्रेबोटे भन्ने ठाउँमा पुगी माइला राई कहाँ जाँड खाँदै गर्दा चन्द्रबहादुर पनि आई पुगेर निजलाई एक गिलास रक्सी समेत किनी दिएँ, तहाँबाट बाटो लागे पछि अलिक माथि नर्सरी जंगलको फलैचामा पुगेपछि महेन्द्र राईलाई मृतकले समातेपछि अर्काको जिउमा हात लगाउने भनी महेन्द्रले मृतकलाई फकाफक बक्सिङले हान्न थाले र छुट्याउन जाँदा मलाई समेत कुटी लडाए एकछिन पछि उठी हेर्दा चन्द्रबहादुर बोल्न नसक्ने अवस्थामा थिए, महेन्द्रले लौ यसलाई तान भनी महेन्द्र र प्रकाशले हातमा समाती घिसार्दै उत्तर पश्चिमतर्फ लगे आधा घण्टा पछाडि महेन्द्र र प्रकाश म भएमा आई चन्द्रलाई मा¥यांै यो कुरा कसैलाई नभन्नु भनेबाट डरका मारे जाहेर गर्न सकिँन र हाल मात्र प्रहरी थाना दमकमा गै सम्पूर्ण विवरण बताएको छु भन्ने समेत नरभक्त राईले प्रहरीमा गरेको कागज । ५. मृतक चन्द्रबहादुर राई समेतले म मधुमल्लाबाट घर फर्कदा बाटो ढुकी विभिन्न धाक दिई कुटपिट गर्ने चेष्टा गरेका थिए । सो रिसइवीबाट निज चन्द्रबहादुर राईलाई मिति ०४३।८।२५ गते दमकबाट घर फर्कदा बाटोमा भेट भई प्रकाश घिमिरेको सहयोग लिई मृतकलाई कुटपिट गरी घिसार्दै पर लगी प्रकाश समाउने र मैले मेरै चुपीले घाँटी काटी शिर छुट्याई टाउको अन्यत्र लगी गाडेका हौं भन्ने समेत महेन्द्र राईले प्रहरीमा गरेको साविती कागज । ६. महेन्द्र राईले मृतकलाई कुटपिट गर्ने कुरामा मद्दत मागेकोले म र महेन्द्र राईले मृतकलाई लात मुक्काले हिरकाई लडाई घिसार्दै पर लगी मैले समातेँ महेन्द्रले मृतकको घाँटी काटी टाउको मैले बोकेर केही पर लगी बालुवामा गाडी दिएको हो भन्ने समेत प्रकाश घिमिरेले प्रहरीमा गरेको बयान कागज । ७. प्रस्तुत मुद्दामा महेन्द्र राईले मृतकको घाँटीमा छुरी प्रहार गरी घाँटी छिनाई टाउको अन्यत्र लगी गाडेको र प्रकाश घिमिरेले मृतकलाई समाती मार्ने संयोग पारी दिएको देखिएकोले महेन्द्र राईलाई ज्यानसम्बन्धीको १३(