निर्णय नं. १०४५५ - मोही नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४५५ - मोही नामसारी भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०९/२३ ४०१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।९।२३ ०७३-CI-०२६९ मुद्दा : मोही नामसारी पुनरावेदक / वादी : सर्लाही जिल्ला, किसनपुर गा.वि.स. वडा नं. ७ बस्ने लखन ठाकुर हजामको छोरा चन्देश्वर ठाकुर हजाम विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला, सलेमपुर गा.वि.स. वडा नं. ८ बस्ने बलदेव राय यादवका छोरा राम एकवाल राय यादव एक पटक मोही कायम भइसकेको स्थितिमा कानूनबमोजिम बाहेक निजको मोही हक समाप्त हुन सक्ने अवस्था रहँदैन । साथै, उक्त मोहियानी हक निजको मृत्युपछि पनि कानूनबमोजिम निजको नजिकको हकवालाले नामसारी गराई लिन पाउने । (प्रकरण नं.२) मोही नामसारी मुद्दामा व्यक्तिको सम्पत्तिसम्बन्धी कानूनी हक समाविष्ट हुने र जहिलेसुकै पनि नामसारी गर्न मिल्ने नै हुँदा पक्षले तारेख गुजारे पनि मुद्दा डिसमिस गरिनु न्यायोचित नहुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌् अधिवक्ताद्वय श्री विष्णुभक्त भट्टराई तथा श्री जगदेव चौधरी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्बित नजिर : ने.का.प.२०६२, अङ्क ६, नि.नं.७५४९ ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३८० सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ विशेष अदालत ऐन, २०५९ सुरू फैसला गर्ने:- भूमि सुधार अधिकारी श्री राजकिशोर प्र. शाह भूमि सुधार कार्यालय, सर्लाही पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित पुनरावेदन अदालत जनकपुर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाउने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षीको नाममा दर्ता रहेको सर्लाही जिल्ला बेला गा.वि.स. वडा नं. ९(ख) कि. नं. २६८ को ०-१५-१५ जग्गामा मेरो पिता लखन ठाकुर हजाम मोही भई मोहीमा कमाई आएकोमा निज पिताको मिति २०६६।०१।०५ मा मृत्यु भई निजको मृत्युपछि मोहीको नजिकका हकदार मेरो आमाको पनि २०५५ सालमै मृत्यु भइसकेको हुँदा मोहीको हकदार चार (४) छोराहरूः जेठा नारायण ठाकुर, साहिँला गगनदेव ठाकुर र कान्छा सुनदेव ठाकुरसमेतको मन्जुरीले मैले नै मोहीमा कमाई मोहीको मृत्युपश्चात् जग्गाधनीले मलाई नै मोहीमा रोजेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मेरो नाममा मोही नामसारी गरिपाउँ भन्ने बेहोराको चन्देश्वर ठाकुर हजामले मिति २०६७।०७।१७ मा भूमि सुधार कार्यालय, सर्लाहीमा दायर गरेको फिरादपत्र । उक्त जग्गाको मोही विपक्षीका पिता लखन हजाम भए पनि निज मोहीले निजको जीवनकालमा नै उक्त मोहियानी जग्गा मोहीमा कमाउन छाडी दिएको हुँदा विपक्षीले पनि उक्त मोहियानी जग्गा मोहीमा कमाउँदै नकमाई छाडी मोही बेपत्ता भई मलाई कुतबाली नबुझाई कानूनी कर्तव्य र दायित्व निर्वाह नगरेको हुँदा निजको नाममा मोही नामसारी हुनु पर्ने होइन भन्ने बेहोराको मिति २०६८।१२।१३ को रामएकवाल रायको प्रतिउत्तरपत्र । यसै लगाउको मि.नं. ६१३ को मोही लगत कट्टा मुद्दामा मोही लगत कट्टा हुने ठहरी आजै फैसला भएको देखिएको, साथै वादीले तारेखमा बसी मुद्दा पुर्पक्ष गर्नु पर्नेमा वादीले तारेख छाडी