निर्णय नं. १०४५६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४५६ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०८/०९ २२६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।८।९ ०७०-WO-०६६८ मुद्दा :- उत्प्रेषण निवेदक : जिल्ला बारा, गा.वि.स. पिपरा सिमरा वडा नं. २ स्थित हुलास स्टिल इन्डष्ट्रिज लिमिटेड, केन्द्रीय कार्यालय, गोल्छा हाउस, गणबहाल, काठमाडौंको तर्फबाट अधिकार प्राप्त ऐ. का सञ्चालक का.जि. काठमाडौं महानगरपालिका वडा नं. १० बस्ने दिवाकर गोल्छा विरूद्ध विपक्षी : श्रम अदालत, काठमाडौं, अनामनगरसमेत दुई अलग प्रतिष्ठान एक भई एउटै प्रतिष्ठानको शाखा युनिटको रूपमा कार्य सञ्चालनमा रहेको स्थितिमा त्यसका कामदार कर्मचारीको ट्रेड युनियन अलग नै हुन्छ भन्नु कानूनसम्मत र व्यावहारिक पनि नहुने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सदिप खरेल विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामकृष्ण काफ्ले अवलम्बित नजिर : सम्बद्ध कानून : श्रम ऐन, २०४८ ट्रेड युनियन ऐन, २०४९ कम्पनी ऐन, २०६३ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) अन्तर्गत दायर भई नेपालको संविधानको धारा ४६ र धारा १३३ (२)(३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत पर्ने प्रस्तुत रिटको संक्षिप्त तथ्य तथा आदेश यस प्रकार छ :- तथ्य खण्ड निवेदक प्रा.लि. तत्कालीन कम्पनी ऐन, २०२१ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौंमा दर्ता भएको छ । उद्योगको मुख्य काम फलामे जस्ता कर्कट पाता, रंगीन पाता, कालो र ग्याल्भनाइज्ड पाएप, वेल्डेड स्ट्रक्चर र पोल्ससमेत उत्पादन गरी बिक्री वितरण गर्ने रहेको छ । श्रम अदालत, काठमाडौंको मिति २०६७।३।२३ को ट्रेड युनियन दर्ता सम्बन्धमा जो बुझ्न पर्ने भए बुझी ट्रेड युनियन दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा निर्णय दिनु भनी भएको फैसलाअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयले मिति २०६७।२।२७ मा अग्रणी आल्मुनियम ई.लि. र हुलास स्टिल ई. लि. गाभ्न गरेको निर्णय कहीँकतैबाट बदर नभएको भन्नेसमेतका आधारमा उक्त दुवै उद्योगमा कार्यरत कामदार कर्मचारीहरूसमेत स्वतः एकीकृत हुने हुँदा ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद २ बमोजिम ट्रेड युनियन दर्ता प्रक्रियासमेत एकीकृत रूपमा हुने ठहर्छ भन्नेसमेत बेहोराको विपक्षी श्रम कार्यालय, पर्सा, वीरगन्जले मिति २०६७।११।१५ गते गरेको निर्णय छ । उक्त निर्णयमा ट्रेड युनियन ऐन, २०४९ को परिच्छेद-२ बमोजिम ट्रेड युनियन दर्ता प्रक्रिया एकीकृत रूपमा हुने ठहर्छ भन्नुले प्रस्तुत विवाद श्रम ऐन, (सं.स.) २०४८ अन्तर्गतको विवाद नभई ट्रेड युनियन ऐन, २०४९ सम्बन्धी विवाद भएको स्पष्ट छ । यस्तो अवस्थामा सो निर्णयउपर ट्रेड युनियन ऐन, २०४९ को दफा २९(३) बमोजिमको क्षेत्राधिकार ग्रहण गरी श्रम अदालतमा उक्त निर्णय बदर गराउन पुनरावेदन गर्नुपर्नेमा श्रम ऐन (सं.स.), २०४८ को दफा ६०(ग) को आधारमा पुनरावेदन दर्ता भएको छ । ट्रेड युनियन दर्ता, नवीकरण आदिसम्बन्धी प्रक्रियाहरू अलग अलग ढङ्गबाट हेरिनु पर्नेमा ट्रेड युनियन दर्ता प्रक्रिया एकीकृत रूपमा हुने भनी विपक्षी श्रम कार्यालय, वीरगन्ज, पर्साको मिति २०६७।११।१५ मा भएको निर्णय विपक्षी श्रम अदालतले मिति २०७०।१।२५ मा सदर गरेको छ । अग्रणी अल्मुनियम इन्डष्ट्रिजलाई हुलास स्टिल इन्डष्ट्रिज लि.मा गाभ्ने गरी कम्पनी रजिस्ट्रारको कार्यालयले मिति २०६४।७।२७ मा कम्पनी गाभ्ने