निर्णय नं. १०४५८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४५८ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७५/१२/१२ ३९५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७५।१२।१२ ०७५-WO-०५८१ मुद्दाः उत्प्रेषण निवेदक : सिराहा जिल्ला, गोविन्दपुर गा.वि.स. वडा नं. २ मा जन्म भई हाल काठमाडौं जिल्ला, गोकर्णेश्वर न.पा. वडा नं. ६ मा स्थायी बासिन्दा भएको विश्वनाथ ठाकुरको नातिनी रामबाबु ठाकुर र रेखादेवी ठाकुरको छोरी लक्ष्मीकुमारी शर्मा विरूद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, बबरमहल, काठमाडौंसमेत विद्यमान नागरिकतासम्बन्धी ऐनमा आवश्यक संशोधन नभएको वा संघीय कानून नबनेको भन्ने कारण देखाई अनन्तकालसम्म संविधानले व्यवस्था गरेबमोजिम नागरिकता पाउनबाट वञ्चित गर्नु संविधानअनुकूल हुने नदेखिने । (प्रकरण नं.७) नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हो । नागरिकता नहुँदा शिक्षा, व्यवसाय, विदेश भ्रमण आदि सम्पूर्ण कार्य रोकिन्छन् । सारभूत रूपमा नागरिक हो भन्ने देखिएको स्थितिमा कार्यविधिको स-सानो अत्तो थापेर नागरिकलाई समस्यामा पार्नु वा उसको संवेदनशीलतामा खेल्नु न्यायपूर्ण नहुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री विश्वास आचार्य विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिहर पौडेल अवलम्बित नजिर : ने.का.प.२०५१, नि.नं.४९७० ने.का.प.२०५८, नि.नं.७०१९ ने.का.प.२०६८, अङ्क २, नि.नं.८५५७, पृ.२४७ ने.का.प.२०७३, अङ्क ७, नि.नं.९६२७ ने.का.प.२०७३, अङ्क ९, नि.नं.९६८७ ने.का.प.२०७४, अङ्क ७, नि.नं.९८४१ सम्बद्ध कानून : नेपालको संविधान नेपाल नागरिकता ऐन, २०६३ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :- म रिट निवेदकको सिराहा जिल्ला, गोविन्दपुर गा.वि.स. वडा नं. २ मा जन्म भई हाल आमा बुबासहित बसाइँसराई गरी काठमाडौं जिल्ला, गोकर्णेश्वर न.पा. वडा नं. ६ मा आई यसै स्थानको स्थायी बासिन्दा भई रहे बसेको अवस्था छ । मेरो बुबा रामबाबु ठाकुर र आमा रेखादेवी ठाकुर दुवै जनाको नेपाली नागरिकताको प्रमाणपत्र रहेको छ । मेरो बुबा रामबाबु ठाकुरले जन्मको आधारमा र आमा रेखादेवी ठाकुरले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नुभएको छ । मेरो बुबा रामबाबु ठाकुरको नागरिकता नम्बर १५३०२३/११, जिल्ला प्रशासन कार्यालय, सिराहा, मिति २०६३।११।३० तथा आमा रेखादेवी ठाकुरको नागरिकता नम्बर १५३०२३६३०, जिल्ला प्रशासन कार्यालय, सिराहा, मिति २०६३।१२।०१ रहेको छ । मेरो हालसम्म विवाह भएको छैन । मेरो अध्ययनको क्रममा मैले रामा महन्थी यादव जनता मा.वि. सितापुर, सिराहाबाट साबिक एस.एल.सी. हालको एस.ई.ई. तथा ब्रिलियन्ट एजुकेसनल मा.वि., चावहिल, काठमाडौंबाट राष्ट्रिय परीक्षा बोर्डको परीक्षा अर्थात् हालको एस.एल.सी. अर्थात् १०+२ को परीक्षा उत्तीर्ण गरी थप उच्च शिक्षा अध्ययनका लागि विदेश पढ्ने मौका प्राप्त गरी सोका लागि प्रोसेसिङको कार्यमा रहेकोमा विदेश जानका लागि पासपोर्ट आवश्यक पर्ने र पासपोर्टका लागि नेपाली नागरिकता आवश्यक पर्ने हुँदा नागरिकता बनाउनका लागि बबरमहल, काठमाडौं स्थित जिल्ला प्रशासन कार्यालय गई नागरिकता प्राप्त गर्नको लागि फर्म भरी सो फर्ममा वडा कार्यालयको सिफारिससमेत गराई नियमानु