निर्णय नं. १०४६१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४६१ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७५/०३/०७ ६५४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७५।३।७ ०७२-WO-१०८० विषयः उत्प्रेषण निवेदक : नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, चाकुपाट, ललितपुरको तर्फबाट अधिकारप्राप्त महानिर्देशक श्री माधवकुमार कार्की विरूद्ध विपक्षी : पुनरावेदन अदालत पाटन, ललितपुरसमेत नेपाल सरकार वा त्यसको कुनै निकायले कुनै पक्षसँग कुनै कार्य गर्न वा नगर्न कसैसँग व्यावसायिक प्रकृतिको सम्झौता गर्दछ भने त्यस्तो सम्झौतामा सरकारलगायतका पक्षहरूले व्यक्तिको हैसियत ग्रहण गर्ने र करारको स्वरूप, करारको विषयवस्तु छनौट गर्ने, प्रतिफल र त्यसको मात्रा निर्धारण गर्ने एवं करार उल्लङ्घन भएमा उपचारको प्रकृति निर्धारण गरी विवाद समाधान गर्ने उपाय निश्चित गर्न करारका पक्षहरू स्वायत्त रहने । करार गर्दा सरकारी निकायले पनि व्यक्तिसरहको स्वायत्तताको प्रयोग गर्ने हुँदा व्यक्तिसरहकै अधिकार प्रयोग गर्ने हुन्छ, करारको कार्यान्वयनमा भएको स्पष्ट सर्तहरूबाहेक सार्वभौम विशेषाधिकारको प्रयोग गर्न पाउने हुँदैन । यस दृष्टिकोणबाट हेर्दा सरकारको संलग्नता भएको करारको कार्यान्वयन तथा विवाद समाधान पनि करारकै सर्त बन्देजभित्र रही गर्नु अपरिहार्य हुने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रेशमबहादुर रेग्मी विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू डा.श्री विश्वदीप अधिकारी र श्री ज्ञानेन्द्र कुँवर अवलम्बित नजिर : ने.का.प.२०४८, अङ्क १२, नि.नं.४४४४ ने.का.प.२०५९, अङ्क ५, नि.नं.७०८९ सम्बद्ध कानून : मध्यस्थता ऐन, २०५५ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ३२ तथा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः निवेदक सडक विभाग र विपक्षी स्वच्छन्द सूर्या जे.भी. समेतका बिचमा मिति २०६९/०८/२४ तदनुसार ९ डिसेम्बर २०११ मा सम्पन्न सम्झौता ......................... बमोजिम चैनपुर खाँदबारी सडक सुधार तथा स्तरोन्नति गर्ने कार्य निज विपक्षीबाट गराउने र सो कार्य गरेबापत विपक्षीले ............... मा उल्लेख गरेको दर रेटको आधारमा भुक्तानी प्राप्त गर्ने सहमति भएको थियो । सो सम्झौताको कार्यान्वयनका सिलसिलामा विपक्षीले सम्झौताको व्यवस्थाभन्दा बाहिर गई आयोजनाको कार्यान्वयनको लागि आवश्यक ................ सभा खोला र अरूण खोलामा उपलब्ध हुन नसकेकाले कम गुणस्तरको सामग्री प्रयोग गर्ने अनुमति माग गरेकोमा सम्झौताबमोजिमको गुणस्तरमा कमी आउने गरी सार्वजनिक कार्य गर्न गराउन नमिल्ने भएकाले निवेदक विभागले कम गुणस्तरको सामान प्रयोग गर्न स्वीकृति प्रदान नगरेको कारण १६५ कि.मी. टाढा स्थित गछिया नदीबाट ल्याउनु पर्नेसमेतका आधारमा करारको म्याद थप तथा थप क्षतिपूर्तिको माग विपक्षीले गरेकोमा उक्त म्याद थप तथा क्षतिपूर्तिको सम्बन्धमा प्रोजेक्ट म्यानेजरले सम्झौतामा भएको व्यवस्थाअनुसार ............... ल्याउने जिम्मेवारी ............... को रहेकोले विपक्षीको मागबमोजिम क्षतिपूर्तिको रकम दिन नमिल्ने तथा विपक्षीले ............... को समयमा उल्लेख गरेको ............... अनुसार नै भुक्तानी गरिने भनी जानकारी गराइएको थियो । उक्त विषयलाई विवादको रूप दिएर विपक्षीले करारमा व्यवस्था भएबमोजिम विवाद समाधानको लागि एडजुडिकेटरस