निर्णय नं. १०४६३ - निर्णय बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४६३ - निर्णय बदरसमेत भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०९/२३ ३३३८ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।९।२३ मुद्दा: निर्णय बदरसमेत ०७३-CI-१६६२ पुनरावेदक / प्रतिवादी : भक्तपुर नगरपालिका नगर कार्यपालिकाको तर्फबाट कार्यकारी अधिकृत रोहितराज पोखरेल विरूद्ध विपक्षी / वादी : गौरीबहादुर थापाको पत्‍नी भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका साबिक वडा नं.१७ बाट कायम हाल वडा नं.१ बस्ने अमलावती श्रेष्ठ थापासमेत ०७३-CI-१६६४ पुनरावेदक / प्रतिवादी : दिलबहादुर खड्काको नाति लालबहादुर खड्काको छोरा सिन्धुपाल्चोक जिल्ला, जलवीरे गा.वि.स. वडा नं. ४ घर भई हाल भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १ बस्ने विष्णुबहादुर खड्कासमेत विरूद्ध विपक्षी / वादी : गौरीबहादुर थापाको पत्‍नी भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १ बस्ने अमलावती श्रेष्ठ थापासमेत आफ्नो अभीष्‍ट पूरा गराउने उद्देश्‍यले लिइएको निवेदन जिकिर र कर्मचारीको प्रतिवेदनलाई मात्र आधार मानी अर्धन्‍यायिक निकायहरूबाट व्‍यक्तिको निजी सम्पत्तिमा सार्वजनिक मापदण्‍ड लागु गरिदिने हो भने व्‍यक्तिको साम्पत्तिकसम्बन्‍धी अधिकारमा सङ्कुचन आई त्‍यसबाट कानूनद्वारा प्रत्‍याभूत सम्पत्तिसम्बन्‍धी हक प्रभावित हुन जान्‍छ । त्‍यसैले अर्धन्‍यायिक निकायहरूबाट निर्णय गर्दा के कस्ता प्रमाणहरूलाई आधार बनाइएको छ सोतर्फ न्‍यायिक निकायले विशेष निगरानी दिनुपर्ने । (प्रकरण नं.७) प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बाल मुकुन्‍द श्रेष्‍ठ, विद्वान्‌ अधिवक्ता श्री हरिराम लवजु वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री दयानाथ खरेल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :– माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री जीवनहरि अधिकारी पुनरावेदन अदालत पाटन फैसला न्या.बमकुमार श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्‍याय प्रशासन ऐन, २०७३ को दफा ९(१) ले यसै अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छः- तथ्य खण्ड हामी वादीले भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १७ को कि.नं. ८० र ८१ को जग्गाको पश्‍चिमतर्फबाट मिति २०४६ असोज महिनामा घरायसी मन्जुरीनामा कागजबमोजिम विपक्षीहरूलाई मानिस हिँड्डुल र आवतजावतसम्म गर्ने कार्य प्रयोजनका लागि छोडेको ३ फिटको बाटोमा कुनै अवरोध गरेका छैनौं । उक्त बाटो अदालतबाट मुलुकी ऐन, अ.बं. १७१ नं. बमोजिम नापनक्सा तथा स्थलगत सर्जमिनलगायतका जे जो प्रमाण बुझ्नुपर्ने हो बुझी ती प्रमाणहरूको समुचित मूल्याङ्कन गरी सर्भे नक्सामा कायम नभएको, निजी तथा व्यक्तिगत रूपमा छोडेको उक्त ३ फिटको बाटोमा सार्वजनिक बाटोसरह सरकारी मापदण्ड लागु नहुने हुँदा “घर निर्माण गरी सकेतर्फ नियमानुसार २ मिटर मापदण्डमा कुनै भौतिक निर्माण नगरी हटाइदिनु र घर निर्माण नभएतर्फ पछि निर्माण गर्दा नियमानुसार मापदण्ड छोड्नुपर्ने” भन्‍ने विपक्षी भक्तपुर नगरपालिका कार्यालयको मिति २०७१।११।१७ को निर्णय पर्चा स्वतः नै प्रचलित कानून प्रतिकूल छ । निजी बाटोमा नगरपालिकाको क्षेत्राधिकार नहुने हुँदा उक्त निर्णय पर्चा पूर्ण रूपमा बदर गरी वादीको निर्विवाद दर्ता, तिरो र हकभोग चलनको जग्गामा बिना कानूनी आधार, प्रमाण मापदण