निर्णय नं. ४४१६ - उत्प्रेषण, परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४१६ - उत्प्रेषण, परमादेश भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०८/२३ २४८१ निर्णय नं. ४४१६ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४६ सालको रि.नं. ९१९ आदेश भएको मिति: २०४८।८।२३।२ मा निवेदिका : का.न.पा. वडा नं. १२ जैसिदेवल बस्ने पुतली नानी श्रेष्ठ विरुद्ध विपक्षी : मालपोत कार्यालय, ललितपुरसमेत विषय : उत्प्रेषण, परमादेश (१) जग्गा मिच्नेको महलको २ नं. र जग्गा पजनीको ८ नं. मा भएको व्यवस्थालाई हेर्दा यदी कुनै जग्गा धनीको जग्गामा खोलो पसेको रहेछ र पछि खोलाले जग्गा छोड्यो भने साविक कै जग्गावालाले भोग गर्न पाउने अधिकार संरक्षित रहेको पाइने । (प्रकरण नं. ८) (२) कानुनमा स्पष्ट व्यवस्था भै राखेकोमा सोही बमोजिम विपक्षी मा.पो.का. बाट कानुन बमोजिम कारवाही निर्णय गर्नु पर्ने देखिन्छ, विभागीय परिपत्रले कानूनको रुप लिन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदिका तर्फबाट : विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला अवलम्बित नजीर: (ने.का.प. २०४३, अंक ४ पृ. ३२६) मा सर्वोच्च अदालतबाट सिन्द्धात प्रतिपादित) आदेश न्या. हरगोविन्द सिंह प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा (साविक पेज नं. ७५८) यस प्रकार छ । २. साविक ललितपुर पलीडोल धनन्वतरी खेत नापीमा बखत ल.पु.न.पं. वडा नं. १ (घ) कि.नं. १७६ को क्षे.फ. ११९–९–० रोपनी जग्गा का.जि.का.न.पं. वडा नं. १२ जैसिदेवलस्थित रामचन्द्र गुठीमा दर्ता भएको म निवेदिकाको निजी गुठी जग्गा हो । उक्त जग्गा २०११ सालमा बागमती नदीमा बाढी आई बगर भैरहेकोमा केही वर्ष अगाडि नदीले छाडी केही जग्गा उकास हुन आएकोले ऐ.जग्गा कित्ताकाट गरी ऐ.जग्गा कमाउने मोहीहरुको नाममा मोहियानीमा दर्ता गरी ज.ध.द.प्र. पूर्जा पाउँ भनी गुठी लगत तथा तहसील कार्यालय भद्रकालीमा २०३२ सालमा नै निवेदन गरेकोमा कार्यालयबाट सर्भे नापी भै ल.पु.न.पं. वडा नं. १ (घ) कि.नं. १७६ समुच्चा क्षेत्रफल ११९–९–० कायम हुन आएकोमा पुनः कति जग्गा उकास हुन आएको भनी ऐ.कार्यालयबाट पुनः नापी गरिएकोमा २८–४–० रोपनी जग्गा उकास हुन आएको र सो जग्गा म निवेदिकाको रामचन्द्र गुठीको जग्गा ठहर गरी रामचन्द्र गुठीको नाममा दर्ता गरी जग्गा धनी द.प्र.पूर्जा दिनु भनी मिति २०३५।४।२३ मा निर्णय समेत भएको छ । ऐ.कि.नं. १७६ जग्गाको सम्बन्धमा मा.पो.का. ललितपुरमा मिति २०४४।१।८ मा द.नं. ७७७६ को गुठी जग्गा दर्ता गरी ज.ध.प्र.पुर्जा पाउँ भनी म निवेदिकाले निवेदन दिएको थिएँ । सोही जग्गाका सम्बन्धमा गुठी लगत तथा तहबील कार्यालय भद्रकालीबाट ऐ.जग्गा मध्ये १०९।९।० जग्गा बागमती पारी हनुमान देवताको जग्गा भएकोले सो बमोजिम २०४३।११।१९ मा निर्णय गरी सो निर्णय अनुसार गर्न २०४३।११।२५ मा गुठी संस्थानबाट आदेश भै मा.पो.का.ल.पु. मा पत्र गएको रहेछ, म.पो.का. बाट ऐ.कि.नं. १७६ को जग्गाका सम्बन्धमा कारबाही हुँदा मिति २०४६।३।५ मा यस्मा फिल्डबुकमा खोला बगर तथा बालु बुर्ज जग्गा छूट दर्ता अन्तरगत दर्ता नगर्ने गरी ०४५।२।१३ मा श्री ५ को सरकारबाट निर्णय भएको हुँदा सोही व्यहोरा माथि लेखिए बमोजिम जानकारी दिइयो मिसिल तामेलीमा राखिदिने भनी आदेश भएको छ । जो निम्न बमोजिम त्रुटिपूर्ण छ । ३. म निवेदिकाको निवेदन एवं गुठी लगत तथा तहवील कार्यालय भ