निर्णय नं. १०४६५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४६५ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: असार अंक: ३ फैसला मिति :२०७६/१०/१७ २१७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७६।१०।१७ ०७५-WO-०१३८ मुद्दा:- उत्प्रेषण / परमादेश निवेदक : नुवाकोट जिल्ला साबिक थानसिङ गाउँ विकास समिति हाल लिखु गाउँपालिका वडा नं. ६ घर भई हाल कारागार कार्यालय जगन्‍नाथदेवल, त्रिपुरेश्‍वर काठमाडौंअन्तर्गत भद्रबन्दी गृहमा थुनामा रहेको अरूण श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंसमेत कानूनले नै जरिवानाबापत कारणीलाई चार वर्षभन्दा बढी कैद तोक्‍नु हुँदैन भनी कैदको अधिकतम हद तोकिएको देखिँदा कानूनमा भएको अस्पष्‍टतालाई व्याख्याको साहारा लिई विधायिकी कानूनले स्पष्‍ट रूपमा गरेको व्यवस्थाविपरीत दुई मुद्दामा भएको जरिवानालाई अलग अलग गरी जरिवाना नतिरेबापत भनी एउटा मुद्दामा चार वर्ष त्यसपछि अर्को मुद्दामा फेरी चार वर्ष जरिवानाबापत कैद गर्दा कारणीलाई जरिवाना नतिरेबापत जम्मा ८(आठ) वर्ष कैद हुन जाने भई सो कुरा तत्काल प्रचलनमा रहेको दण्ड सजायको ३८ नं. को मनसाय र भावनाअनुकूल नहुने । (प्रकरण नं.१०) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री मोहनबहादुर वन्जारा क्षेत्री विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नवराज पराजुली अवलम्बित नजिर : ने.का.प.२०४४, अङ्क ८, नि.नं.३१८१ सम्बद्ध कानून : आदेश न्या.बमकुमार श्रेष्ठ : नेपालको संविधानको धारा ४६ र १३३ (२)(३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः कन्चनमणि दिक्षितको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक भएको स.फौ.नं.१२८१ को अपहरण तथा शरीर बन्धक मुद्दामा सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६६।९।२७ को फैसलाले कैद वर्ष ४, जरिवाना रू.१,००,०००।– (एक लाख) ठहर गरेको मुद्दा-१, शुशिला मास्केको जाहेरीले वादी नेपाल सकार प्रतिवादी म निवेदकसमेत भएको स.फौ.नं. १३८२ को जबरजस्ती चोरी मुद्दामा मिति २०६९।५।८ गते पक्राउ परी हालसम्म थुनामा रहेको उक्त मुद्दाको मिति २०६९।१२१७ को काठमाडौं जिल्ला अदालतको फैसलाले कैद ०१।१५।० जरिवाना रू.७१,५५०।- ठहर गरी जरिवानाबापत कैद हुने ठहर भएको मुद्दा-१, चोरी मुद्दाको वारदात स्थलमा गोली फेला परेको भनी प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी अरूण श्रेष्ठसमेत भएको १३/४५ को हातहतियार मुद्दा जिल्ला प्रशासन कार्यालय बबरमहलमा चलेकोमा मिति २०६९।६।१४ मा मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको र उक्त मुद्दाको मिति २०७१।६।३० गते प्रतिवादीलाई ठहरेको कैद २ वर्ष भुक्तान भइसकेकोले थुनाबाट छाडी दिनु भन्ने मुद्दा-१ समेत अपहरण तथा शरीर बन्धक, जबरजस्ती चोरी र हातहतियार खरखजाना गरी तीन थान मुद्दा मात्र म निवेदक विरूद्ध दर्ता भएका थिए । निवेदकले काठमाडौं जिल्ला अदालतमा कैद हद गरी संशोधित कैदी पुर्जी पाउँ भनी दिएको निवेदनउपर स.फौ.नं.१३८२ र १२८१ को मुद्दामा च.नं.५०७० मिति २०७३।११।१० मा पठाएको कैदी पुर्जीमा अपहरण तथा शरीरबन्धक मुद्दामा ठहरेको कैद ४ वर्ष जरिवाना रू.१,००,०००।- जबरजस्ती चोरी मुद्दामा १ महिना १५ दिन कैद र रू.७१,५५०।-जरिवाना ठहर गरी जरिवानाबापत समेत कैद हुने भएकोले जरिवानाबापतको कैद मु.ऐन दण्ड सजायको ३८(१) ले कैद वर्ष ४ र हातहतियार मुद्दामा कैद वर्ष २ ठहरेको र अन्य मुद्दाबाट यस हातहतियार मुद्दामा