निर्णय नं. १०४७० - निर्णय दर्ता बदर गरी छुट जग्गा दा.खा. दर्ता गरिपाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७० - निर्णय दर्ता बदर गरी छुट जग्गा दा.खा. दर्ता गरिपाउँ । भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०९/२२ ५२६३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र. न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।९।२२ ०७४-CI-०१७० मुद्दाः निर्णय दर्ता बदर गरी छुट जग्गा दा.खा. दर्ता गरिपाउँ । पुनरावेदक / वादी : रंगनाथ शुक्लाको श्रीमती जिल्ला रूपन्देही गोनाहा गा.वि.स. वडा नं.५ हाल परिवर्तित मायादेवी गाउँपालिका वडा नं.५ बस्ने विन्दुदेवी शुक्ला विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नापी कार्यालय, सिद्धार्थनगर, रूपन्देहीसमेत छुट जग्गा दर्ताका लागि तोकिएको समयमा निवेदन नदिएको र आवश्यक काम कारबाही नगरी लामो समय भुक्तान भएपश्चात् मात्र छुट जग्गा दर्तासमेतका सम्बन्धमा अदालत प्रवेश गरेको अवस्थामा आफ्नो सम्पत्तिमाथि स्वामित्व भएको भन्ने पक्षले सो सम्पत्तिमाथि आफ्नो स्वामित्व र अधिकार स्थापित गर्ने दायित्व निर्वाह गर्नुपर्ने । (प्रकरण नं.५) छुट जग्गा दर्ताको लागि दाबी गर्ने पक्षले प्रथमतः दर्ता हुन छुट्नुको स्पष्ट कारण र आधार देखाउनु पर्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी र विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ७, नि.नं.८४१७ सम्बद्ध कानून : जग्गा (नाप जाँच) ऐन, २०१९ सुरू फैसला गर्ने अदालतः- माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.डम्बरबहादुर शाही : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(क) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । तथ्य खण्ड म फिरादीकी सासू सत्यवती देवी शुक्लाइनका नाममा दर्ता रहेको मर्चवार मौजा लुकठहवाको जिमिदारीको जग्गा बिगाहा १८५-१४-१४ दर्ता भएको, उखडामा गएको र सत्यवती देवीकै भोग चलनमा रहेको जग्गामध्ये आधा ७९-७-७ जग्गाको तिरो रू.१,८४४।७८ जि.बाली ८३/६९ जग्गा जिमिदारी हिस्साको २०२० सालदेखि बाली खान पाउने गरी निज सासू सत्यवती देवी शुक्लाइनले म फिरादीलार्इ २०२०।०३।१६ गते बकसपत्र लिखत पारित गरिदिनु भएको थियो । उक्त जग्गा मैले निर्विवाद रूपमा भोग चलन गर्दै आइरहेकी थिएँ र छु । सो जग्गासमेतका मेरो हकभोग चलनका जग्गाको २०२७ सालमा नाप नक्सा हुँदा जिल्ला रूपन्देही गोनहा गा.प.हाल गोनाहा गा.वि.स. वडा नं.३ कि.नं.४२५ को ज.वि.१३-१०-५ क्षेत्रफलको जग्गा नापी नक्सा भएको र उक्त जग्गा नापीका बखत मेरो नाममा दर्ता छुट हुन गएको थियो । मैले बकसपत्रबाट प्राप्त गरी आएको जग्गामा नदी पसी मेरो भोगचलनको केही जग्गा नदीले कटान भर्इ बाँकी जग्गा छुट दर्ता गर्न बाँकी रहे पनि कि.नं.४२५ को १३-१०-५ मध्ये अन्दाजी ४-१०-० जग्गा साबिकदेखि हालसम्म मेरै भोग चलनमा रहेको थियो । उक्त जग्गा श्री ५ को सरकारका नाममा दर्ता गर्ने निर्णय भई गोनाहा गा.वि.स.अन्तर्गतको सि.नं.१६ मा मेरो हकभोगको कि.नं.४२५ को जग्गा नेपाल सरकारको नाममा दर्ता भएको रहेछ । तसर्थ मेरो भोगचलनमा रहेको साबिक जिल्ला रूपन्देही गोनाहा गा.पं.हाल परिवर्तित गोनाहा गा.वि.स. वडा नं.३, कि.नं.४२५ को ज.वि.१३-१०-५ मध्ये नदीले कटान गरी बाहेक रहेको अं.ज.वि.४-१०-० जग्गाको अ.बं.१७१ नं. बमोजिम नाप नक्सा, भोग चलन, सर्