निर्णय नं. १०४७२ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७२ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/११/०६ ३३८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७६।११।६ ०७६-WO-०५२२ विषयः उत्प्रेषण / परमादेश निवेदक / पक्ष : सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं.१५ हाल जिल्ला अस्पताल धनकुटाको नेपाल स्वास्थ्य सेवा हे.र्इ. समूहको अधिकृत छैटौं तह जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत उमेश खनाल विरूद्ध प्रत्यर्थी / विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत सरकारको स्थायी कर्मचारीलार्इ दरबन्दी भएको स्थानमा समायोजन गर्नुपर्नेमा सो नगरी दरबन्दी नै नभएको स्थानीय तहमा गरेको समायोजन कानूनसम्मत हुन नसक्ने । यस स्थितिमा संगठन संरचना र स्वीकृत दरबन्दीबमोजिम मात्र कर्मचारी समायोजन गर्नुपर्ने । (प्रकरण नं.१२) निवेदकलार्इ सम्भव भएसम्म समायोजनको लागि भरेको फाराममा उल्लिखित प्राथमिकता क्रममा रहेका कार्यालयहरूमा कर्मचारी समायोजन ऐन, २०७५ ले निर्धारण गरेको मापदण्डबमोजिम समायोजन गर्नुपर्नेमा सो नगरी दरबन्दी नै रिक्त नभएको स्थानीय तहमा समायोजन गर्ने गरी प्रत्यर्थी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र पत्रसमेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१४) निवेदक / पक्षका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिपनारायण साह प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान कर्मचारी समायोजन ऐन, २०७५ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ तथा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र रही दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ: म निवेदक हाल जिल्ला अस्पताल धनकुटामा जनस्वास्थ्य निरीक्षक पद, अधिकृत छैटौं तहमा कार्यरत रहेको छु । म लामो समयदेखि सो अस्पतालमा कार्यरत रहेकोले सो अस्पताललार्इ पहिलो, मेरो स्थायी ठेगाना सुनसरी जिल्ला धरान उपमहानगरपालिकालार्इ दोस्रो र ऐ.इटहरी उपमहानगरपालिकालार्इ तेस्रो प्राथमिकता उल्लेख गरी समायोजनको लागि फाराम भरेको थिएँ । यसरी समायोजनको फाराम भरेपछि विपक्षी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७६/३/१ को पत्रानुसार विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७४/४/२७ को निर्णय र मिति २०७६/४/२८ को पत्रबमोजिम म निवेदकले माग गरेको स्थानमा समायोजन नगरी दरबन्दी नै नभएको फरक स्थानको स्थानीय निकाय धनकुटा जिल्ला, धनकुटा नगरपालिकामा समायोजन गरेको अवस्था छ । म निवेदकको मागबमोजिम समायोजन नभएपछि उक्त समायोजन संशोधन गरिपाउँ भनी विपक्षी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा द.नं.११०६, मिति २०७५/१२/२६ मा निवेदन दिएको थिएँ । उक्त समायोजन गरिएको स्थानमा दरबन्दी रिक्त नरहेको भनी धनकुटा नगरपालिका धनकुटाले च.नं.१४९७, मिति २०७६/८/२२ को जानकारी पत्र दिएको कारण उक्त समायोजनको निर्णय र पत्रसमेत कार्यान्वयन हुन नसक्ने स्पष्ट छ । म निवेदकले माग गरेको पहिलो प्राथमिकता रहेको हाल कार्यरत जिल्ला अस्पताल धनकुटाले मेरो समायोजन संशोधन गरी सोही अस्पतालमा कायम गरिदिनको लागि च.नं.२२५, मिति २०७६/६/२८ को पत्रले दिएको सहमति साथ राखी विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा द.नं.१७