निर्णय नं. ८२६५ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६५ - आयकर भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०६/१९ ३१३७ निर्णय नं. ८२६५ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६१ सालको फौ.पु.नं.३२५८ फैसला मितिः २०६६।६।१९।२ मुद्दा :– आयकर । पुनरावेदकः आन्तरिक राजश्व कार्यालय, विराटनगर विरुद्ध प्रत्यर्थीः शाह उद्योग प्रा.लि. विराटनगर शुरु फैसला गर्ने : श्री लालमणि जोशी पुनरावेदन फैसला गर्ने : कानून सदस्य अध्यक्ष श्री राघवलाल वैद्य राजस्व सदस्य श्री कृष्णभक्त विष्ट लेखा सदस्य श्री कमलकुमार श्रेष्ठ § व्यावसायिकताको सामान्य सिद्धान्तविपरीत लागतभन्दा कम मूल्यमा वस्तु बिक्री गर्नुपरेको र लगातार नोक्सानीमा उद्योग सञ्चालन गर्नुपरेको सम्बन्धमा उद्योगले तथ्ययुक्त ठोस आधार प्रमाण पेश गरी प्रमाणित गर्न नसकेको अवस्थामा उद्योगको भनाई मात्रको आधारमा कर कार्यालयले कर मिन्हा गर्ने स्थिति नहुने । § मनोगत आधारमा कर मिन्हा गर्दै जाने हो भने कर तथा राजश्व प्रशासनसम्बन्धी कानूनी व्यवस्थाहरू प्रभावहीन भई राष्ट्रको राजश्व असूली प्रक्रिया प्रभावित हुन पुग्ने । (प्रकरण नं.३) पुनरावेदक तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शंकरबहादुर राई प्रत्यर्थी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या. दामोदरप्रसाद शर्माः राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– शाह उद्योग प्रा.लि.को आ.व.०५३।५४ को कारोवारमा रु.७५,२२,४०३।८३ खुद नोक्सानी देखाई मिति २०५४।८।२६ गते स्वयं कर निर्धारण विवरण भरी पेश गरेको । उक्त विवरणको विस्तृत छानबीन गरी पेश भएका बहिखाता, हिसाब किताब तथा निरीक्षण परीक्षणका बखत देखिएका कैफियतका सम्बन्धमा कर कार्यालय विराटनगरमा वारेस कुलशेखर अधिकारीले गरेको बयान । सबूद प्रमाण पेश गर्न आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम सात दिनको मौका दिएको कर कार्यालय विराटनगरको सूचना र सोउपर दिएको जवाफ मिसिल संलग्न रहेछ । शाह उद्योग प्रा.लि.को आ.व.०५३।५४ को सम्पूर्ण कारोवारलाई दृष्टिगत गरी हुनसक्ने उचित र वास्तविक खर्चसमेतलाई मिन्हा दिई रु.१९,०३,३८३।९८ खुद आय कायम हुने ठहर्छ भन्ने मिति २०५५।३।१५ गतेको निर्णय पर्चा । उपरोक्त हिसाबबमोजिम कायम भएको जम्मा कर रु.१,४९,४२१।२७ बैंक दाखिला गर्नु गराउनु भन्ने मिति २०५५।३।१५ गतेको आयकर निर्धारण आदेश । कर कार्यालय, विराटनगरले यस प्रा.लि.को आ.व.०५३।५४ को खुद आय रु.१९,०३,३८३।९८ कायम गरी कर रु.५,३२,९४७।८१ र दफा ६०(३) बमोजिम जरीवाना रु.२,६६,४७३।०३ लगाएको हुँदा सो त्रुटिपूर्ण रहेकोले बदर गरी कानूनबमोजिम गरी सही हक इन्साफ पाऊँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र । छलफलको लागि अ.वं.२०२ नं.बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय विराटनगरलाई पेसीको सूचना दिई पेश गर्नु भन्ने राजश्व न्यायाधिकरण विराटनगरको आदेश । सेक्युरिटी गार्डहरूलाई भुक्तानी गरेको रु.४,२८,६५९।९२ खुद आयमा समावेश गरेको मिलेन भन्ने पुनरावेदन जिकीरका सम्बन्धमा हेर्दा तत्सम्बन्धी हिसाब किताब पेश गर्ने आदेशानुसार आजै सुनवाईका बेलासमेत सो सम्बन्धी कागजात नभेटिएको भन्ने सम्बन्धित पक्ष र विद्वान् अधिवक्ताबाट समेत जानकारी हुन आयो । के कति सेक्यूरिटी गार्ड तत्काल तैनाथ गरिएको र के कुन दरले पारिश्रमिक तोकी के कति रकम बुझाएको रह