निर्णय नं. १०४७७ - धितो लिलाम सकार बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७७ - धितो लिलाम सकार बदर भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/१०/०६ ९५७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१०।६ ०६७-CI-०७०१ मुद्दा : धितो लिलाम सकार बदर पुनरावेदक / वादी : जिल्ला पर्सा, वीरगन्ज उप.म.न.पा.वडा नं.२ बस्ने महमद इजहार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : नेपाल बंगलादेश बैंक, शाखा कार्यालय, वीरगन्जसमेत बैंकले ऋण असुल गर्न सुरक्षणको लागि राखेको अचल सम्पत्ति (धितो) मा रहेका अन्य वस्तुको मूल्य सो धितोको मूल्यमा समावेश गरी दिएन भन्ने आधारले मात्र सो लिलामसम्बन्धी कारबाही गैरकानूनी नहुने । (प्रकरण नं.८) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५७ (१) मा भएको कानूनी व्यवस्थाको अधिकार प्रयोग गरी बैंकले आफ्नो लगानी असुलउपर गर्न कानूनबमोजिमको धितो जमानत लिलामी गर्दा कसैले सकार नगरेकाले आफ्नै नाउँमा लिलाम सकार गरी दर्तासमेत गरे गराएको कार्य कानूनसम्मत हुने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ताहरू श्री इन्द्र खरेल, श्री सतिशकुमार झा तथा श्री कोपिलप्रसाद अधिकारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क ८, नि.नं.९६४६ ने.का.प.२०७४, अङ्क ६, नि.नं.९८१९ सम्बद्ध कानून : वाणिज्य बैंक ऐन, २०३१ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ सुरू तहमा फैसला गर्नेः मा.न्या.श्री वीरसिंह महरा पर्सा जिल्ला अदालत, वीरगन्ज पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री केशरीराज पण्डित मा.न्या.श्री एकराज आचार्य पुनरावेदन अदालत, हेटौंडा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम मुद्दा दोहोर्याउने निवेदन परी निस्सा प्रदान भई पुनरावेदनसरह दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मैले प्रतिवादी बंगलादेश बैंक, शाखा कार्यालय, वीरगन्जबाट उद्योग व्यवसाय सञ्चालन गर्नको लागि मोबिन इफतेखारको नाउँ दर्ताको जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं.६ कि.नं. २९ को ज. वि. ०-८-१० र सोमा भएको भवनसमेत धितो राखी रू.७४,५०,१९४।७८ कर्जा लिएको थिएँ । मैले सो कर्जाको समय समयमा साँवा ब्याजसमेत बुझाउँदै आएको थिएँ । प्रतिवादीहरूले मलाई अब तपाइँको धितो लिलाम हुन्छ, चाडै साँवा ब्याज बुझाउनु होला भनी भन्नु भएको छ । मैले आफूले लिएको कर्जा रकम र तिरेको रकम सम्बन्धमा हरहिसाब गराउन दे.नं.१८३९ को यकिन हरहिसाब गराई पाउँ भन्ने मुद्दा प्रतिवादी बैंकसमेत विरूद्धमा दर्ता गरेको छु । सो मुद्दा हाल विचाराधीन रहेको अवस्थामा बैंकले धितो लिलामसम्बन्धी सूचना निकालेको थियो । सो लिलाम तोकिएको दिनमा हुन नसक्दा मिति २०६३।२।१० गतेका दिन बैंक आफैँले धितो सकार गरी बैंकको नाउँमा दा.खा. दर्तासमेत गराएको छ । बैंकलाई त्यसरी धितो सकार गरी लिन पाउने अधिकार नहुँदा उक्त मितिको धितो सकार र दा.खा. दर्तासमेत बदर गरिपाउँ भन्नेसमेत बेहोराको वादीको फिराद पत्र । बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६१ को दफा ५७, साबिक वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७ ले कर्जा सर्त उल्लङ्घन भएको अवस्थामा धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी बैंकले आफ्नो लेना असुल गरी लिन सक्ने नै हुन्छ । वादीले कर्जाको सर्त उल्लङ्घन गरेकोले बैंकले आफ्न