निर्णय नं. १०४७८ - मोही नामसारी प्रमाणपत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७८ - मोही नामसारी प्रमाणपत्र भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/१०/१२ २५८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।१०।१२ ०७२-CI-०४८८ मुद्दा : मोही नामसारी प्रमाणपत्र पुनरावेदक / वादी : सप्तरी जिल्ला, हनुमाननगर गा.वि.स. वडा नं. १ बस्ने अनुप महतोको भाइ बुहारी तथा सरयुग महतोकी श्रीमती तिलीयादेवी महतो विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सप्तरी जिल्ला, हनुमाननगर गा.वि.स. वडा नं. १ बस्ने राजकुमार महतोकी श्रीमती शान्तीदेवी महतोसमेत प्रचलित भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) ले स्पष्ट रूपमा छोरा बुहारी, नातिनी बुहारी, दाजु, भाइ वा दिदी-बहिनी भनी नाता स्पष्ट उल्लेख गरेको तर भाइ बुहारी भन्ने नाता उल्लेख नगरेको अवस्थामा भाइ बुहारीले पनि उक्त कानूनी व्यवस्थाको आधारमा नै मोही हक प्राप्त गर्न नसक्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गंगाप्रसाद पोख्रेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सनत देवकोटा तथा अधिवक्ता श्री शैलजा भट्टराई देवकोटा अवलम्बित नजिर : ने.का.प.२०६२, अङ्क ६, नि.नं.७५५८ स.अ.बुलेटिन २०६७, श्रावण, अङ्क ८, पृ.२६ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू फैसला गर्ने:- भूमि सुधार अधिकारी श्री विन्दुप्रसाद गुरागाई भूमि सुधार कार्यालय, सप्तरी पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टेकराज नेपाल माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम पुनरावेदन अदालत राजविराज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेरी पाउने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड साबिक जग्गाधनी कलसी सितियाको नाममा दर्ता रहेको सप्तरी जिल्ला, हनुमानपुर गा. वि. स. वडा नं. १ को कि. नं. २०१ को ०-४-४ जग्गाको मोही एकासगोलको जेठाजु अनुप महतो भई निज मिति २०४०।११।३० मा परलोक भएकोमा निजको दागवत्ती श्राद्ध मेरो पतिले गरेको र निजकी पत्नी पतासीदेवी पनि मिति २०४१।०४।०१ मा परलोक भएकोमा निजको समेत दागवत्ती श्राद्ध मेरो पतिले नै गरेका हुन् । उक्त दाबीबमोजिम जग्गा निजपछि मेरो पति सरयुग महतोले जोत कमोद गरी आएका हुन् । सो कि. नं. २०१ को जग्गा साबिक जग्गाधनीबाट कित्ताकाट भई कि. नं. ४७० को ०-३-३ र कि. नं. ४७१ को ०-१-१ कायम भएकोमा कि. नं. ४७० को समेत कित्ताकाट भई कि. नं. ४७२ को ०-०-१० र कि. नं. ४७३ को ०-२-१३ साबिक जग्गाधनी प्रतिवादी शान्तीदेवीको नाममा कायम भएको जग्गा र कि.नं. ४७१ को साबिक जग्गाधनी कलसी सितियाको नाममा दर्ता रहे पनि निज स्वर्गीय भइसकेको हुँदा निजको अपुताली खाने राजकुमार महतो रहेकोमा तीनै कित्ता जग्गाहरू मेरा पति सरयुग महतोले जोती आएकोमा निजको पनि मिति २०५९।०४।२२ मा परलोक भएको हुँदा उक्त जग्गाको मोही हकको अपुताली खाने एक मात्र भाइ बुहारी तथा म वादीले जग्गा जोत कमोद गरी मोहीको दायित्व पूरा गरी आएको हुँदा मेरो नाममा मोही नामसारी गरिपाउँ भनी तिलीयादेवी महतोले मिति २०६९।०६।२८ मा भूमि सुधार कार्यालय, सप्तरीमा दर्ता गराएको निवेदन पत्र । वादी दाबी झुठ्ठा तथा बनावटी मात्र हो । दाबीबमोजिम कि. नं. २०१ को ०-४-४ जग्गाको मोही अनुप महतोले उक्त जग्गाहरू जो