निर्णय नं. १०४७९ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४७९ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०२/२५ ४८५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।२।२५ ०७६-WH-०३७४ विषय :- बन्दीप्रत्यक्षीकरण निवेदक : काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. १ घर भई हाल महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अधिवक्ता चिरञ्जिवि ढकालको हकमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ४ बस्ने अधिवक्ता कान्तीराम ढुंगाना विरूद्ध विपक्षी : महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंसमेत कानून व्यवसायी अधिवक्ता भएको सन्दर्भमा बन्दाबन्दी (लकडाउन) को समयमा पनि संविधानको धारा २० को उपधारा (२) द्वारा प्रत्याभूत हकको प्रयोग एवम् प्रचलन गर्ने गराउने प्रयोजनका लागि थुनामा रहेको व्यक्तिसँग भेटन, त्यस्तो व्यक्तिलाई परामर्श दिन तथा कानूनी सेवा प्रदान गर्नुपर्ने अवस्था रहन्छ । यस प्रयोजनका लागि कुनै अदालतमा गई रहेको कानून व्यवसायीले नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को उल्लङ्घन गरेको भन्ने अर्थमा लिन नमिल्ने । संकटकालीन अवस्थामा समेत निलम्बन हुन नसक्ने न्यायसम्बन्धी हकअन्तर्गतको थुनामा रहेका व्यक्तिलाई कानून व्यवसायीद्वारा परामर्श र सेवा पाउने हकलाई अन्य कुनै बहानामा निस्तेज पार्न नमिल्ने । थुनामा रहेको व्यक्तिलाई उक्त हकको प्रयोजनका लागि भेट गर्न जान निजलाई परामर्श दिने सिलसिलामा अदालतबाट आवश्यक कागजात लिन जाने कार्य गर्न र पक्षको तर्फबाट सुनुवाइको लागि अदालतमा उपस्थित हुने जस्ता कानूनी दायित्व निर्वाह गर्ने कानून व्यवसायीहरूलाई बन्दाबन्दीको कारण अवरोध गर्न वाञ्छनीय नहुने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री चण्डेश्वर श्रेष्ठ, श्री एकराज भण्डारी, डा.श्री दिनेश त्रिपाठी, श्री सुरेन्द्र विक्रम के.सी.र विद्वान् अधिवक्ताहरू श्री कृष्णप्रसाद सुवेदी, श्री टिकाराम भट्टराई, श्री सुनिलकुमार पोखरेल, श्री गोविन्दप्रसाद शर्मा वन्दी, श्री ईश्वरीप्रसाद भट्टराई, श्री मेघराज पोखरेल, श्री श्रीराम दवाडी, डा.श्री पुण्यप्रसाद खतिवडा, श्री किर्तिनाथ शर्मा, श्री विकाश भट्टराई, श्री भुवनप्रसाद निरौला, श्री शुशील पोखरेल, श्री पंकजकुमार कर्ण, श्री विनोद कार्की, श्री अनन्तराज लुइँटेल, श्री प्रकाश महर्जन, श्री नरबहादुर खड्का, श्री पुष्पराज पौडेल, श्री अर्जुन महर्जन, श्री रामकुमार आचार्य, श्री इन्द्रप्रसाद अर्याल, श्री सर्वज्ञराज नाथ, श्री पुरूषोत्तमप्रसाद लोहनी, श्री दमनबहादुर चन्द, श्री चन्डिका शाही, श्री सरोजकृष्ण घिमिरे, श्री चन्द्रप्रकाश भट्टराई, श्री खासमान लिम्बु, श्री रूपबहादुर सारू, श्री लक्ष्मी थापा खड्का, श्री विष्णुप्रसाद भण्डारी, श्री नारायणप्रसाद तिवारी, श्री महेश्वर श्रेष्ठ, श्री छोनाम मुक्तान, श्री दिपकविक्रम मिश्र, श्री सन्तोष भण्डारी, श्री टंकहरी दहाल, श्री दिपक दुवे, श्री चन्द्रप्रसाद गुरागाई, श्री कमलकुमार भारती, श्री कमला पौडेल, श्री युद्धमान महर्जन, श्री नवराज पाण्डे, श्री दयानिधि पौडेल, श्री पुरूषोत्तम सुवेदी, श्री सुजन नेपाल, श्री विष्णुजी प्रधान, श्री सुनिल महर्जन, श्री कमल कोइराला, श्री शैलेन्द्र अम्बेदकर, श्री नवराज अधिकारी, श्री प्रतिभा उप्रेती, श्री विकाश अग्रवाल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकराज भूषाल अवलम्बित नजिर : ने.का.प.२०६४,