निर्णय नं. १०४८० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४८० - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/१०/१५ १७६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७६।१०।१५ ०६८-WO-०९१४ मुद्दा : उत्प्रेषण रिट निवेदक : कपिलवस्तु जिल्ला कजरहवा गा.वि.स. वडा नं.१ घर भई राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय, भैरहवामा कार्यरत मुख्य शाखा प्रबन्धक अब्दुल माबुद खाँ विरूद्ध विपक्षी : माननीय ओमप्रकाश यादव, कृषि राज्य मन्त्री नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत पदपूर्ति समितिको काम कारबाही स्वीकार गरी दरखास्त पेस गरिसकेपछि समितिको गठनउपर रिट निवेदन दर्ता गरेबाट निवेदकले दोहोरो मापदण्ड अपनाएको देखिने । (प्रकरण नं.३) प्रशासनिक प्रक्रियाबमोजिम पदपूर्ति समिति गठन भएकोमा गठन प्रक्रिया र योग्यतामा प्रश्न नउठेको अवस्थामा फलानो व्यक्ति मनोनयन गरेको भएन भनेकै आधारमा बदर गर्न नमिल्ने । (प्रकरण नं.४) रिट निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.सुष्मालता माथेमा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- तथ्य खण्ड निवेदक कृषि सामग्री संस्थानको मार्केटिङ अधिकृत (सातौं तह) प्राविधिक पदमा खुल्ला प्रतिस्पर्धाबाट २०५१।१२।१९ मा नियुक्ति भएको, राष्ट्रिय बिउ बिजन कम्पनी लिमिटेड स्थापना भएपछि सो कम्पनीको सञ्चालक समितिको निर्णय र कृषि सामग्री संस्थान सञ्चालक समितिको निर्णयानुसार सेवा अवधि जोडिने गरी मिति २०५९।२।२३ देखि विपक्ष कम्पनीमा कार्यरत रही मिति २०६३।२।३१ मा द्वितीय श्रेणीको मुख्य शाखा प्रबन्धकमा बढुवा भई कार्यरत रहेको छु । कम्पनीमा नायब प्रबन्ध सञ्चालक अधिकृत प्रथमको पद रिक्त रहेको, कम्पनीको कर्मचारी प्रशासन (दोस्रो संशोधनसहित) विनियमावली, २०६२ को विनियम २७ बमोजिम बढुवाका लागि १ तह तलको पदमा ४ वर्ष सेवा अवधि पुगेको हुनुपर्ने भई सम्भाव्य उम्मेदवारमा निवेदक र विपक्ष प्रदिपकुमार यादव मात्र छौं । सुरू नियुक्ति र बढुवा सिफारिसमा पनि निवेदक योग्यताक्रम सूचीमा माथि रहेको, उच्च स्तरीय तालिमसमेत प्राप्त गरेको छु भने विपक्षलाई पटक पटक विभागीय कारबाही र सजायसमेत भएको छ । प्रथम श्रेणीको अधिकृतमा निवेदकको बढुवा हुने निश्चित रहेकोमा विपक्षी प्रदिपकुमार यादवलाई बढुवा गर्ने दुराशय राखी विपक्षी कृषि राज्य मन्त्रीले सुनियोजित रूपमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा जगदिशबहादुर सिंहलाई हटाई जयनाथ यादवलाई ल्याएको र कम्पनीको प्रबन्ध सञ्चालक र नायब प्रबन्ध सञ्चालकको पद रिक्त रहेको वा अनुपस्थित भएको अवस्थामा विनियमावलीको विनियम ४२(१) बमोजिम वरिष्ठ कर्मचारीको स्वत: निमित्त भई दैनिक कार्य सञ्चालन गर्ने व्यवस्थाविपरीत विपक्ष प्रदिपकुमार यादवलाई शाखा कार्यालय इटहरीबाट केन्द्रमा सरूवा गराई निमित्त भई काम गराउने निर्णय भएको छ । सञ्चालक समितिको सदस्यमा पनि जनकराज पन्तको सट्टा गौरी यादवलाई मनोनित गराएको छ भने प्रबन्ध सञ्चालकले पदपूर्ति समितिमा मनोनित गर्ने विषय विज्ञमा डा. विन्देश्वर साहलाई हटाई दयानन्द मण्डललाई मनोनित गरिएको छ । त्यसपछि हतारहतार मिति २०६८।१२।३ मा पदपूर्ति समितिको बैठक बसाई कम्पनीको नायब प्रबन्ध सञ्चालक पदको कार्यक्षमताको आधारमा बढुवाका लागि दर्खास्त आह्वान गर्ने निर्णय गर