निर्णय नं. १०४८३ - टिप्पणी आदेश बदर दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४८३ - टिप्पणी आदेश बदर दर्ता बदर भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०९/२५ २३७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।९।२५ ०७०-CI-०३४८ मुद्दाः टिप्पणी आदेश बदर दर्ता बदर पुनरावेदक / प्रतिवादी : स्व. शिवजनक महतोको श्रीमती ऐ. ऐ. बस्ने सोनामती देवीको मु.स. गर्ने ऐ. को छोरी जिल्ला पर्सा गा.वि.स. घोडदौर पिप्रा वडा नं. ९ बस्ने पासपती देवी चाइनसमेत विरूद्ध प्रत्यर्थी / वादी : रामाज्ञाप्रसाद चाईको छोरा जिल्ला पर्सा गा.वि.स. बहुअर्वा भाठा वडा नं. २ बस्ने नरेशप्रसाद चौहान जग्गाको खण्डीकरण भएको अवस्थामा स-साना टुक्रामा परिणत हुँदा जग्गा भोगचलन तथा आवाद गर्न समस्या पर्ने भई सबै जग्गा कित्ताकाट नगरी कुनै जग्गा कसैले र कुनै जग्गा कसैले ससीमै कित्ता लिने पनि हुनसक्छ । त्यसैले कुल क्षेत्रफलमा भागसान्ती नै भएको छ भने कित्ता-कित्ता बन्डा भएन भन्ने कुरा गरी वर्षौंपछि आई सहमति खलबल्याउनु न्यायपूर्ण नहुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री भीम ढकाल र श्री विनोद श्रीवास्तव प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. न्यायाधीश श्री कृष्णकमल अधिकारी पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: तथ्य खण्ड दे.नं. २३८४ को अंश मुद्दाका वादी प्रतिवादीसमेतका अंशियारले अदालतको फैसला तथा बन्डा मुचुल्काबमोजिमको बन्डा नछुट्ट्याई आपसी सहमति गरी असमान रूपले घटिबढी अंश भाग लगाई सोअनुसार जग्गा आफ्नो नाउँमा गराउन दिएको निवेदनअनुसार जग्गा दर्ता गर्ने गरी मालपोत कार्यालय, पर्साबाट मिति २०५४।१०।२ मा भएको टिप्पणी आदेश र सो टिप्पणी आदेशको आधारमा विपक्षीहरू रामेश्वर महतो, रामाज्ञा महतो, जोनादेवी, पासपती देवी, श्रीनारायण प्रसाद, गम्भीरा प्रसाद, छोटेलाल प्रसाद र अवधकिसोर प्रसादसमेतको पति पिता शंकर महतो र विपक्षी पासपति देवीको आमा सोनामती देवी चाइनसमेतको नाउँमा छुट्टाछुट्टै भएको जग्गाको दर्तासमेत बदर गरी मुद्दा गर्दा लागेको कोर्टफीसमेत विपक्षीहरूबाट दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको वादी नरेशप्रसाद चौहानको मिति २०६७।१।८ को फिरादपत्र । वादीका पिता रामाज्ञा महतो चाईसमेतसँग मेरो आमा सोनामती देवीको अंशदर्ता तथा अंश दपोट मुद्दा चली अन्तिम फैसला भई आमा सोनामती जीवित छँदा वादीले कुनै मुद्दा दायर नगरी हाल आमाको मृत्युपश्चात् दिएको फिराद खारेज गरिपाऊँ । वादी दाबीबमोजिम टिप्पणी आदेश बदर हुनुपर्ने होइन । अंशबन्डाको ३२ नं. पक्री फिराद दिने वादीको कुनै हक अधिकार नभएको र प्रस्तुत मुद्दामा अंशबन्डा हुँदा सो अंशबन्डामा सामेल रही सहीछाप गरेका व्यक्तिले अंशबन्डामा चित्त नबुझेको अवस्थामा अंशबन्डा भएको मितिले ३ महिनाभित्र नालेस गर्न सक्छ तर वादी त्यस प्रकारका आधिकारिक व्यक्ति होइनन् । यसरी गैरकानूनी रूपले पर्न आएको वादीको फिराद खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी पासपति देवी चाइनको