निर्णय नं. ४४१७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४१७ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०९/०१ २८१९ निर्णय नं. ४४१७ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ८३२ आदेश भएको मिति : २०४८।९।१।२ मा निवेदक : का.न.पं. वा.नं.३२ डिल्लीबजार डेरा गरी बस्ने श्रीमती लता काफ्ले विरुद्ध विपक्षी : नेपाल टुथ प्रोडक्ट्सन प्रा.लि. पाटन औद्योगिक क्षेत्रसमेत विषय : उत्प्रेषण (१) विनियम जस्तो कुरा साधारण मजदुरको जानकारीमा हुन्छ नै भन्न पनि सकिन्न त्यसमा पनि विपक्षी प्रा.लि.बाट निवेदकले विनियम माग गरेकोमा सो विनियम दिलाइएको वा सो को व्यवस्थाको जानकारी निवेदकलाई गराइएको भन्ने फाइलबाट कतै देखिन आएन । यस स्थितिमा निवेदकले विकल्पको बाटो अपनाएन भनी निजलाई (साविक पेज नं. ७६२) दोषारोपण गर्न नपाइने । (प्रकरण नं. ११) (२) निवेदकलाई दिइएको बर्खासी पत्रमा पुनरावलोकनको लागि संचालक समिति समक्ष निवेदन गर्न जानु भनी उल्लेख गरी सूचित गरिएको नभएमा निवेदकलाई सो बाटोको जानकारी हुनु पर्ने पूर्वावस्था हुन आवश्यक छ । तसर्थ उक्त विनियमको ९(४०), र ९(४१) बमोजिम गर्नु भनी रिटनिवेदकलाई सूचना दिनु भनी विपक्षीका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री ध्रुवलाल श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदिका नेपाल टुथ प्रोडक्ट्स प्रा.लि. पा.औ.क्षे. मा काम गरी आफ्नो जीविको पार्जन गर्ने एक महिला अदक्ष मजदुर हुँ । उक्त टुथ प्रोडक्ट्स प्रा.लि. मा २०३८।८।१ देखि कारखानामा रही मजदुरको रुपमा काम गर्दै आइरहेको २०३९।२।१ देखि उक्त टुथ प्रोडक्ट्स प्रा.लि.को प्याकर्स पदमा स्थायी नियुक्ति पाई काम गर्दै आइरहेकी थिएँ । उक्त बमोजिम अदक्ष मजदुरको रुपमा प्याकर्सको पदमा काम गर्दै कम्पनीको उन्नतीको सन्दर्भमा विहान ९ बजे देखि बेलुकी ५ बजेसम्म र त्यसको अलावा प्रायजसो समयहरुमा ओभर टायम कामहरु बढी गरिरहनु परेकोले पहिले देखि नै शारीरिक कमजोरी भई विरामी पर्दै आइरहेकी थिएँ । त्यसकारण २०४६।१।१३ गते देखि मैले पटक पटक गरी मागेको विदामा ०४६।१।१३ गते देखि ०४६।२।३२ सम्म बेलतली विदा स्वीकृति गरिएको थियो र यसरी विदा स्वीकृति हुनु पूर्व नै कम्पनी र मजदूरहरुको सम्बन्ध आवश्यक जानकारी लिनको लागि मैले कम्पनी ऐन, २०२१ को दफा १९ बमोजिम उक्त प्रा.लि. को विनियम पाउनको लागि निवेदन समेत गरेकी सो माथि कुनै कारवाही नगरी कुन प्रयोजनको लागि आवश्यक परेको हो भन्ने सहितको उपस्थित हुने बारेको मिति २०४६।२।२३ को पत्र मलाई प्राप्त भएपछि मलाई बालाजु औद्योगिक क्षेत्रको व्लोमोत्डर्स कारखानामा काज पठाएको व्यहोरा अवगत भयो । उक्तानुसार बालाजु व्लोमोत्डर्समा काजमा जानु भनी पठाएको पत्र तत्समयमा मैले बुझ्नु नसकेपछिको समयमा मेरा श्रीमानलाई उक्त पत्र बुझ्नु मिति २०४६।४।१२ मा मन्जूरनामा दिई पठाएकोमा केन्द्रीय कार्यालयले उक्त मन्जूरनामा सोही दिनमा बुझी पत्र भने मेरो श्रीमानलाई बुझ्न नदिएको र उक्त बमोजिम विदा स्वीकृति गरिए पश्चात पनि प्रशुति सम्बन्धी रोगको साथै व्रान्काइटिश रोग लागेको विभिन्न डाक्टरहरुको सिफारिश साथ पटक पटक गरी ३ पटक सम्म गरी ०४६।५।९ सम्मको विदा माग गरी