निर्णय नं. १०४८७ - वैदेशिक रोजगार कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४८७ - वैदेशिक रोजगार कसुर भाग: ६२ साल: २०७७ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७५/०९/१६ १९०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७५।९।१६ ०७५-CR-०४५६ मुद्दाः वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : मिनबहादुर घलेको छोरा जिल्ला धादिङ गुम्दी गा.वि.स वडा नं. ५ बस्ने ठाकुर घलेसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : किर्तिमान गुरूङको छोरी जिल्ला गोरखा,थालाजुङ बर्दिबास गा.वि.स. वडा नं. ७ घर भई हाल जिल्ला काठमाडौं, धापासी गा.वि.स. वडा नं.१ डेरा गरी बस्ने ललितपुर बागडोलस्थित कार्यालय रहेको Worldwide Asian Manpower Service Pvt. Ltd. तत्कालीन सेयरधनी लक्ष्मी गुरूङ वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम इजाजतपत्रवालाले विभागबाट स्वीकृति लिई वैदेशिक रोजगारीमा नपठाएको भन्ने कसुर ठहर भइसकेको अवस्थामा प्रतिवादीको नाममा रहेको इजाजतपत्रको वैधता कायम रहिरहने कुरा ऐनको अनुकूल हुन नसक्ने । वैधानिक अस्तित्व नै समाप्त भइसकेको इजाजतपत्र अरू व्यक्तिको नाममा नामसारी भएकोमा त्यसले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री सत्यराज गुरूङ सदस्य श्री देवेन्द्रराज ढकाल वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड हामी जाहेरवालाहरूलाई प्रतिवादी लक्ष्मी गुरूङले वैदेशिक रोजगारका लागि तान्जानिया मुलुकमा पठाइ दिन्छु भनी निजको अफिसमा Worldwide Asian Manpower Service private Limited (इजाजत नं. ७५०) बसुन्धारामा बसी मिति २०६९।०६।३० का दिन हामीहरू ठाकुर घलेबाट रू.३,२५,०००।- चन्द्रबहादुर पाण्डेबाट रू.८७,०००।– कृष्णबहादुर तामाङबाट रू.२,५२,०००।–, फूलबहादुर तामाङबाट रू.२,३९,०००।–, रामचन्द्र पोखरेलबाट रू.२,०९,०००।-, राजु घिमिरेबाट रू.२,३५,०००।- नारायणकाजी मगरबाट रू.९०,०००।-, मानबहादुर थापाबाट रू.२,३५,०००।-, मंगलबहादुर गुरूङबाट रू.२,१८,०००।-, सुरेश वाईबाबाट मिति २०६८।०९।०५ मा रू.३,००,०००।- र गणेशकुमार पाण्डेबाट २०६९।०५।२९ मा आफैँलाई भुक्तानी हुने गरी दिएको चेकबाट रू.४,५०,०००।- लिई रसिद कागजसमेत बनाई दिई वैदेशिक रोजगारीको लागि तान्जानिया नपठाई लिएको रकमसमेत फिर्ता नदिई भागी हिँडेकोले Worldwide Asian Manpower Service Private Limited (इजाजत नं. ७५०) का तत्कालीन सञ्चालक लक्ष्मी गुरूङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरी बिगो तथा हर्जानासमेत दिलाई भराई पाउँ भन्नेसमेत बेहोराको जाहेरवालाहरू ठाकुर घलेसमेत जना ११ को संयुक्त जाहेरी दरखास्त । निजहरू जाहेरवालाहरूलाई तान्जानिया भने पनि दुबईको सेक्युरिटी गार्डमा पठाउने भनी लिएको रू.२६,००,०००।- रकममध्येका जाहेरवालाहरू ठाकुर घलेको रू.२,७०,०००।- सुरेश वाईबाको रू.१,६०,०००।- गणेशकुमार पाण्डेको रू. ३,००,०००।- रकम मात्र बाँकी छ । निजहरूको अरू रकम तुम्लिङटार प्रहरी चौकीमा बुझाएको हो । अन्य उजुरीकर्ताहरूले पेस गरेको रकम सही हो र म तिर्ने छु भन्नेसमेत बेहोराको प्रतिवादी लक्ष्मी गुरूङले वैदे