निर्णय नं. १०४९० - कालो बजार तथा केही सामाजिक अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४९० - कालो बजार तथा केही सामाजिक अपराध भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/१२/२१ ४३८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७४।१२।२१ ०६९-CR-०६८८ मुद्दाः- कालो बजार तथा केही सामाजिक अपराध पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला सिराहा, सिरहा न.पा.६ घर भई हाल का.जि.का.म.न.पा वडा नं.१८ बस्ने दक्षिणकाली ग्याँस स्टोरका सञ्चालक राजुलाल राजभण्डारीसमेत अभियोग दाबी प्रमाणित गर्ने भार वादी नेपाल सरकारको हुने । प्रतिवादीले गरेको कसुर कुन कानूनविपरीतको कार्य हो ? भनी कसुरको प्रकृति र कानूनले गरेको कसुरको परिभाषाबिच तादाम्यता हुने गरी प्रस्ट रूपमा वादी पक्षले दाबी लिई प्रमाणित गर्नु पर्ने । व्यक्तिले गरेको कार्य र ऐनले परिभाषा गरेको कसुरको प्रकृतिबिच सामञ्जस्यता नरहेको कसुरमा कुनै पनि व्यक्तिलाई कसुरदार कायम गर्नु प्रचलित फौजदारी कानूनको सिद्धान्त प्रतिकूल हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दुर्गा खड्का विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ सुरू तहमा फैसला गर्नेः- प्र.जि.अ.श्री रत्नराज पाण्डेय जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको पुनरावेदनसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । का.जि.का.म.न.पा. वडा नं.१७, ढल्कुस्थित राजुलाल राजभण्डारीले सञ्चालन गरेको दक्षिणकाली ग्याँस स्टोरमा उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारी, नापतौल कार्यालय, बालाजुका कर्मचारी र प्रहरीसमेतले उक्त स्टोरको ग्याँस चेक गर्ने क्रममा एभरेष्ट ग्याँसको १ थान सिलिन्डरमा २ किलो १५० ग्राम ग्याँस कम भएको अवस्थामा पाइएकोले सो सिलिन्डरसमेत बरामद भएको हो भन्नेसमेत मिति २०६८।७।४ को खानतलासी एवम् बरामदी मुचुल्का र आवश्यक कारबाहीको लागि ग्याँस सिलिन्डरसहित मानिस पक्राउ गरी पेस गरिएको भन्नेसमेत प्रहरी प्रतिवेदन । प्रस्तुत विषयमा कालोबजार तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ बमोजिम मुद्दा दायर गर्ने अनुमति पाउँ भन्ने महानगरीय प्रहरी परिसर, हनुमानढोकाको मिति २०६८।७।६ को पत्र र यसमा कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा १४(१) को प्रयोजनार्थ मिति २०५४।१।३० को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मुद्दा दायर गर्ने अनुमति दिइएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको मिति २०६८।७।६ को अनुमति । मैले विगत ४ वर्षदेखि ढल्कुमा दक्षिणकाली ग्याँस स्टोर सञ्चालन गरी सो स्टोरबाट एभरेष्ट ग्याँस कम्पनीबाट उत्पादित सिलिन्डरहरू बिक्री गरी आएको छु । मिति २०६८।४।७ मा मैले सञ्चालन गरेको उक्त पसलबाट तौल कम भएको सिलिन्डर बरामद भएको हो । मैले कम्पनीले डेलिभरी गरेका सिलिन्डर मात्र बिक्री गर्ने हो । उक्त सिलिन्डरमा के–कति ग्याँस हुन्छ भनी मैले चेकजाँच गर्ने गरेको छैन । उक्त ग्याँस सिलिन्डरमा ग्याँस कम हुनुमा मेरो कुनै गल्ती छैन । कम्पनीले नै कम तौल भएको सिलिन