निर्णय नं. १०४९२ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४९२ - डाँका भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/०५/३१ २१९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७५।५।३१ ०७१-CR-१६६० मुद्दा : डाँका पुनरावेदक / वादी : देवेन्द्रबहादुर कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : इन्द्रबहादुर तामाङको छोरा जिल्ला उदयपुर, चौदण्डी गा.वि.स. वडा नं. ३ पाल्पाली टोल बस्ने हिरालाल तामाङसमेत एकै जाहेरवालाको घर र पसलमा एउटै मिति र केही समयको अन्तरालमा एउटै योजनाअनुसार एकै प्रतिवादीहरूको समूहबाट वारदात भएको र सो सम्बन्धमा एउटै जाहेरी परी सोही आधारमा अनुसन्धानसमेत भई प्रस्तुत मुद्दा दायर भएको देखिनाले प्रस्तुत मुद्दामा मुलुकी ऐन चोरीको महलको ११ नं. बमोजिम प्रतिवादीहरूको त्यस्तो कार्यलाई पटके अपराध कायम गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६७, अङ्क २, पृष्ठ २४७, नि.नं. ८३१४ सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा. न्या. श्री नारायणप्रसाद धिताल उदयपुर जिल्ला अदालत पुनरावेदन फैसला गर्ने : मा.न्या. श्री यज्ञप्रसाद बस्याल मा.न्या. श्री राजेश्‍वर तिवारी पुनरावेदन अदालत राजविराज फैसला न्या.डम्बरबहादुर शाही : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरू जाहेरी, प्रतिवादीको बयान, साक्षीको बकपत्र, अभियोग पत्रलगायतका मुद्दाको सम्पूर्ण तथ्य, सुरू जिल्ला अदालतको फैसला एवं पुनरावेदन अदालत राजविराजको फैसलाको बेहोरासमेत सोही अदालतबाट भएको मिति २०७१।०६।२९ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा, प्रतिवादीहरू हिरालाल तामाङ, टेकबहादुर तामाङ, सुजन भन्‍ने भोजबहादुर मगर, छवि विष्‍टलाई मुलुकी ऐन, चोरीको महलको १ नं. विपरीत ६ नं. को कसुर अपराधमा ऐ. महलको १४(४) नं.बमोजिम सजाय गरी बरामद भई आएको रू.५५,५००।- पर्ने सुनको सिक्री ऐ. महलको २१ नं. बमोजिम जाहेरवालालाई फिर्ता दिलाई डाँका भएको बाँकी बिगो रू.५५,०००।- ऐ. महलको १० नं. बमोजिम यिनै प्रतिवादीहरूबाट जाहेरवालालाई भराई, देवेन्द्रबहादुर कार्कीको जाहेरीले नेपाल सरकार वादी भई यिनैउपर चलेको डाँका मुद्दा सम्मानित अदालतमा मिति २०६७।०७।११ मा पेस गरिसकेकोले प्रस्तुत मुद्दामा यी प्रतिवादीहरूले दोस्रो पटक डाँका गरेको देखिँदा दोस्रो पटकको पटके कायम गरी सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा यिनै जाहेरवालाको पसल र घरको दूरी ५ मिनेटको रहेको देखिएकोले दोस्रो पटकको डाँका गरेको भन्ने अभियोग दाबी पुग्न नसक्ने र प्रतिवादी छवि विष्टको हकमा तामेलीमा र अर्का प्रतिवादी टेकबहादुर तामाङको हकमा मुल्तबी रहने भनी डाँका मुद्दामा फैसला भएकाले यसमा प्रतिवादीहरूले चोरी गरेको सुनको गहनाको बिगो रू.१,११,०००।- चोरी गरेको पुष्टि हुँदा प्रतिवादीहरूलाई चोरीको बिगोको डेढी रू. १,६६,५००।- दामासाहीले जरिवाना हुने, प्रतिवादी छवि विष्‍टको हकमा तामेली र अर्का प्रतिवादी टेकबहादुर तामाङ फर