निर्णय नं. १०४९३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४९३ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७५/१२/११ ६३४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७५।१२।११ ०७२-CR-१२०५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : भीमबहादुर रोकायको छोरा, अछाम जिल्ला, रामारोशन गा.वि.स., वडा नं.९ घर भर्इ हाल कारागार कार्यालय, अछाममा थुनामा रहेका वर्ष १९ को तेजबहादुर रोकायासमेत विरूद्ध प्रत्यर्थी / वादी : चक्रबहादुर रोकायाको जाहेरीले नेपाल सरकार प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम प्रतिवादीउपरको अभियोग दाबी पुष्टि गर्ने प्रमाणको भार वादी नेपाल सरकारमा निहित रहेको र सोबमोजिम अभियोग दाबीबमोजिमको ठोस एवं निश्चयात्मक प्रमाण वादी नेपाल सरकारको तर्फबाट पेस हुन नसकेको अवस्थामा फौजदारी न्याय तथा न्यायिक सिद्धान्तको रोहमा शंकाको भरमा प्रतिवादीहरूलाई कसुरदार करार गर्न नमिल्ने । (प्रकरण नं.१२) शंका र अनुमानको आधारमा मात्र प्रतिवादीहरूलाई कसुरदार ठहर गर्न फौजदारी न्यायको सिद्धान्तले नमिल्ने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय डा. श्री रजितभक्त प्रधानाङ्ग एवं श्री गोपालकृष्ण घिमिरे तथा विद्वान् अधिवक्ताद्वय श्री सुरजकुमार पौडेल एवं श्री दानबहादुर रोकाया प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७१७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री विष्णुप्रसाद अर्याल अछाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर माननीय न्यायाधीश श्री हिमालयराज पाठक पुनरावेदन अदालत दिपायल फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन पुनरावेदन अदालत दिपायलबाट भएको फैसलाउपर प्रतिवादीहरूको तर्फबाट परेको पुनरावेदन साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको पुनरावेदन सुन्ने क्षेत्राधिकारअन्तर्गत दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला अछाम, रामारोशन गा.वि.स., वडा नं.९ स्थित पूर्व-पश्चिममा मानबहादुर रोकायाको खेतबारी, उत्तर-दक्षिणमा ऐ.कै खेतबारी यति चार किल्लाभित्र रहेको ३ तले पक्की घर, उक्त घरको दोस्रो तलाको बिच कोठामा गई हेर्दा, उत्तर टाउको, दक्षिण खुट्टा भई उत्तानो अवस्थामा मृतक लालबहादुर रोकायाको लास रहेको, मृतकको मुखबाट तरल पदार्थ निस्केको, घाँटीमा स-साना रगत जमेको निलडाम, पिठ्युँमा १४-१५ वटा डाम भएको, शरीरमा निलो रगत जमेको जस्तो डाम रहेको, बायाँ कान नजिक सानो रगत जमेको जस्तो डाम रहेको, बायाँ गालामा सानो निलडामहरू, चिउँडोको बायाँपट्टि सानो निलडाम, घाँटी नजिक र छातीको माथितिर स-साना रगत जमेको जस्तो निलडामहरू, घाँटीको रूद्रघण्टी नजिक सानो एउटा निलडाम, लिङ्गबाट पानी जस्तो तरल पदार्थ निस्किएको भन्ने बेहोराको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । मिति २०७१।१०।१४ को दिउँसो अछाम जिल्ला, रामारोशन गा.वि.स., वडा नं.९ स्थित उदय रोकायाको पसलमा यी चारैजना प्रतिवादीहरूले मृतक लालबहादुर रोकायालाई अत्यधिक मात्रामा मादक पदार्थ रक्सी खुवाई आफूहरूले पनि रक्सी खाई मृतकलाई कुटपिट गरी मारिसकेपछि अपराधीमध्येका तेज रोकायाले मृतक दाइको लास बोकी घरमा पुर्याएको हो । दाइको के-कसरी मृत्यु भयो भनी सोध्दा तेजे