निर्णय नं. ८२६६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२६६ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०१/२१ ३४९७ निर्णय नं. ८२६६ फागुन, २०६६ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय सम्वत २०६१ सालको रिट नं. ०६५ WO–०१८२ आदेश मितिः २०६६।१।२१।२ मुद्दा :– उत्प्रेषण । निवेदकः ऐडेभोकेसी फोरम वालुवाटारमा कार्यरत मानव अधिकारकर्मी तथा अधिवक्ता सीताशरण मण्डल विरुद्ध विपक्षीः नेपाल सरकार, गृह मन्त्रालय सिंहदरवार, काठमाडौं समेत § सार्वजनिक सरोकारको विवादले मूलतः कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारसँग सम्बन्ध नराखी यसको सम्बन्ध सर्वसाधारण जनता वा जनसमुदायसँग हुने । (प्रकरण नं. ३) § फौजदारी कानूनको सही कार्यन्वयन समग्र समाजको लागि सरोकारको बिषय हुन्छ । तर त्यस्तो भनेर हरेक फौजदारी मुद्दामा जो कोहीले पनि प्रतिनिधित्व गर्न सक्छ भन्ने हो भने यो वाञ्छित हदभित्र व्यवस्थापन गर्न नसकिने बिषय भएर जान्छ । जुनसुकै मुद्दाको हकमा असर पर्ने वा खास सरोकारवाला पक्षले नै प्रतिनिधित्व गर्नुपर्ने । (प्रकरण नं.४) § अख्तियार प्राप्त निकायबाट मुद्दाको अनुसन्धान गरी अभियोग पत्र नै दायर भइसकेको अवस्थामा त्यस निकायबाट भएको अनुसन्धान ठीक वा वेठीक भयो भनी पुनः अनुसन्धान गर्न र अभियोजन नै बदर गरी माग्न यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निवेदन ग्रहण गरी तल्लो अदालतमा विचाराधीन मुद्दामा हस्तक्षेप हुने वा असर गर्ने गरी निर्णय गर्न कानूनतः नमिल्ने । (प्रकरण नं.६) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी अवलम्वित नजीरः § नेकाप २०५४, अङ्क ७, नि.नं. ६४०२, पृष्ठ ३६० § नेकाप २०४८, अङ्क १२, पृष्ठ ८१० § सर्वोच्च अदालत वुलेटिन २०६३, अङ्क ६, पूर्णांक ३३६, पृष्ठ १ सम्बद्ध कानूनः § ज्यानसम्बन्धीको ५ र ६ § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३ एवं १०७(२) बमोजिम दायर हनु आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– निवेदक मध्ये म गोविन्द वस्नेतको छोरा मनोज भन्ने चन्द्रबहादुर वस्नेत, सिजुवा गाउँ विकास समितिको कार्यालयमा मुखिया पदमा कार्यरत रहेका र कुनै पनि राजनैतिक दलमा संलग्न नरहेका सरकारी कर्मचारी थिए । मिति २०६२।५।८ गते कार्यालयमा गई गा.वि.स.को कामको सिलसिलामा जि. वि. स. कार्यालय मोरङ गएका र सो दिन घर फर्कन अवेर भएको र तत्कालीन परिस्थितिमा राति यात्रा गर्नु खतरापुर्ण भएको कारणले होटलमा वस्नु पर्ने अवस्था परी निज मनोजले रुपैयाँ लिनु पर्ने सिजुवा गा.वि.स. वडा नं. ६ घर भएका सन्तोष चौलागाई समेतलाई भेटी विराटनगर स्थित धनकुटे होटल एण्ड लज मा साँझको ८.३० वजेको समयमा पुगेका रहेछन्। मोरङ कारागारको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक नरदीप वस्नेतको नेतृत्वमा सशस्त्र प्रहरीको टोली गस्ती गर्दै वा१च ४५४४ नम्वरको निशान गाडीमा सो लजमा पुगी गाउँ र नाउँ सुनेको आधारमा सन्तोष चौलागाईलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले मनोज भन्ने चन्द्रबहादुर वस्नेत पनि निजको कोठामा रहेको कुरा वताएपछि मनोज भन्ने चन्द्रबहादुर, सन्तोष र अन्य तीन जना ग्राहकहरूलाई समेत नियन्त्रणमा लिएका रहेछन् । नियन्त्रणमा लिएकामध्ये ३ जनालाई त्यसै होटलमा नै छाडी मृतक मनोज र सन्तोषलाई हातमा हतकडी र आँखामा पट्टी वाधी गाडीमा राखी निजहरूसँगै लिएर गएका र त्