निर्णय नं. १०४९५ - नागरिकता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०४९५ - नागरिकता बदर भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०७/०१ ४००० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७६।७।१ ०६८-CR-१३३७ मुद्दा: नागरिकता बदर पुनरावेदक / प्रतिवादी : गृह मन्त्रालय, सिंहदरबारका तर्फबाट नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृह मन्त्री विजयकुमार गच्छदार विरूद्ध प्रत्यर्थी / वादी : रामराज बढैको नाति, रामभरोसप्रसाद बढैको छोरा, जिल्ला नवलपरासी, रामग्राम न.पा. वडा नं.१ सण्डा बस्ने सुवासचन्द्र बढै नेपालको संविधान र प्रचलित कानूनविपरीत गरिने कार्य न्यायपालिकाको लागि स्वीकार्य नहुने । पुनरावेदकले प्रत्यर्थीको नागरिकता बदर गर्दा निजले प्रतिरक्षामा कुनै आफ्नो कुरासमेत राख्‍न नपाएको र पटक-पटक उजुरीहरू तामेलीमा राखिएको परिप्रेक्ष्यमा नागरिकता बदर भएको जानकारी दिने निकायले सो निर्णयको नक्‍कलसमेत उपलब्ध गराउन नसकेको अवस्थामा जसले सो निर्णय गरेको जानकारी दिएको हो, उसैबाट उक्त निर्णय भएको मानी सोहीबमोजिम अधिकारक्षेत्रको अधीनमा रही न्याय निरूपणका लागि अदालत प्रवेश गर्नुलाई अन्यथा मान्‍न नमिल्ने । गलत प्रक्रिया अपनाई आफैँले अधिकारक्षेत्र ग्रहण गरी गृह मन्त्रीस्तरबाट नागरिकता बदर गर्न गरेको निर्णय र त्यसको आधारमा भए गरिएका काम कारबाहीले कानूनी मान्यता पाउन सक्ने अवस्था नहुँदा त्यसको प्रभावकारिता शून्य रहेको मान्‍नु पर्ने । (प्रकरण नं.१२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्‍ठ प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल नागरिकता ऐन, २०२० / २०६३ नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० नेपालको अन्तरिम संविधान, २०६३ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री बाबुराम रेग्मी पुनरावेदन अदालत बुटवल फैसला न्या.अनिलकुमार सिन्हा : पुनरावेदन अदालत बुटवलको मिति २०६८।६।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छः नवलपरासी जिल्ला, परासीअन्तर्गत परासी आदर्श गाउँ पञ्चायत वडा नं.१ बस्ने रामभरोसका छोरा सुवास, विन्दुप्रसाद र केदारनाथले भारतको नागरिकता छँदाछँदै नेपालको नागरिकता लिएकाले निजहरूको नेपाली नागरिकता बदर गरी सजायसमेत गरिपाउँ भन्ने बेहोराको २०४४।१।२० मा मुकुतप्रसाद चौहानको उजुरी निवेदन । मैले दिएको उजुरी निवेदन सही साँचो हो । सुवासचन्द्र, विन्दुप्रसाद, केदारनाथ र निजका बाबु रामभरोससमेतको जन्म भारतको गोरखपुर जिल्ला, थाना महाराजगञ्ज, तहसिल महाराजगञ्ज गाउँ वलियामा भएको हो । निज रामभरोस १५ वर्षअघि परासी आदर्श गा.पं. वडा नं.१ सण्डामा आई बसोबास गरेका हुन् । निज रामभरोसले नागरिकता लिएका छन्, छैनन् मलाई थाहा छैन । निजका छोरा सुवास, विन्दु र केदारनाथ बढैले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । निजहरूको जन्म भारतमा भएकोमा नेपालमा जन्मसिद्ध नागरिकता कसरी प्राप्त गरे सो कुरा मलाई थाहा भएन भनी निज मुकुतप्रसादले मिति २०४४।८।१५ मा जिल्ला कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी किसन सिंह थापासमक्ष गरेको बयान । मेरो जन्म २०१० साल (सन् १।१।१९५३) मा नवलपरासी जिल्ला, परासी आदर्श गा.पं.वडा नं.१ सण्डामा भएको हो र भाइ विन्दुप्रसाद र केदारनाथ बढैक