निर्णय नं. १०४९७ - क्षतिपूर्ति
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०४९७ - क्षतिपूर्ति भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०७/१७ ५३९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७६।७।१७ ०७२-CI-२०११ मुद्दाः क्षतिपूर्ति पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २ स्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट अख्तियारप्राप्त ऐ.ऐ. का प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह विरूद्ध प्रत्यर्थी / वादी : सुशील पराजुलीको जाहेरीले नेपाल सरकार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १५२(१) ले सवारी साधनको तेस्रो पक्ष बिमा गर्नु पर्ने अनिवार्य व्यवस्था गरेको र उक्त व्यवस्था बिमित सवारी साधनबाट सवारी दुर्घटना भई तेस्रो पक्षलाई क्षति भएकोमा क्षतिपूर्ति दिलाउने प्रयोजनको लागि गरिएको कल्याणकारी व्यवस्था रहेको हुँदा ऐनको उक्त फराकिलो उद्देश्य र मर्मको प्रतिकुल बिमालेखको सम्झौता वा सर्तमा उल्लेख गरेर वा त्यसको यान्त्रिक व्याख्या गरेर कानूनमा भएको व्यवस्थालाई संकुचन गर्न नमिल्ने । (प्रकरण नं.४) सवारी धनीको जानकारी र सहमति बिना सवारी चालक अनुमतिपत्र नलिएको अन्य व्यक्तिले सवारी साधन लगी चलाउने क्रममा सवारी दुर्घटना हुन गएको अवस्थामा उक्त बिमालेखका सर्तहरूको यान्त्रिक व्याख्या गरी सो दुर्घटनाबाट सिर्जित तेस्रो पक्ष बिमा दायित्वबाट बिमक मुक्त हुन मिल्ने नदेखिने । (प्रकरण नं.५) तेस्रो पक्ष बिमा सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटनालाई नै ध्यानमा राखी गरिने र तेस्रो पक्ष बिमा नगरिएको अवस्थामा मात्र सवारी धनीले दुर्घटनामा भएको क्षतिको दायित्व आफैँले बेहोर्नु पर्ने हुन्छ । चालकको हेलचेक्र्याइँ वा मृतकको गल्तीले दुर्घटना घटेको छ भने पनि त्यस्तो व्यक्तिलाई तेस्रो पक्षको बिमा दायित्वको दायराभित्रै रहेको मान्नु पर्ने । (प्रकरण नं.६) तेस्रो पक्षको हानि नोक्सानी भएमा क्षतिपूर्ति बेहोर्ने उद्देश्यले तेस्रो पक्ष सवारी बिमा गरिएकोमा एउटै घटनाबाट सिर्जित बिमाबापतको आंशिक क्षतिपूर्ति मात्र बेहोर्ने र अन्य दायित्व वहन नगर्ने भन्न मिल्ने अवस्था हुँदैन । तेस्रो पक्षमा पर्न जाने क्षति बेहोर्ने प्रयोजनार्थ बिमा गरिएकोमा सो बिमाबमोजिमको समग्र दायित्व बिमकले बेहोर्नु पर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शेखरकुमार अर्याल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : ने.का.प.२०४९, नि.नं.४४४७, अङ्क १ ने.का.प.२०६६, नि.नं.८२४५, अङ्क १० सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः प्र. जिल्ला अधिकारी डा.मानबहादुर वि.के. जिल्ला प्रशासन कार्यालय, बर्दिया पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकृष्ण खनाल मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.सपना प्रधान मल्ल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको र यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः तथ्य खण्ड बर्दिया जिल्ला, सोरहवा गा.वि.स., वडा नं. ७ सिमरा स्थित सडक खण्डमा मिमि २०६९।०७।०६ अन्दाजी २०:२५ बजे भे.३.प ११०८ नं. र भे.२.प ५३७९ नं.को