निर्णय नं. १०५०० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५०० - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०९/१० २६६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७६।९।१० ०६७-WO-००२९ मुद्दाः उत्प्रेषण निवेदक : का.जि.का.म.न.पा. वडा नं.५ बस्ने वर्ष ६५ को शिव विक्रम शाहसमेत विरूद्ध विपक्षी : अख्तियार दुपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौंसमेत कानूनको उचित प्रक्रिया अपनाई सरकारी वा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु मालपोत अधिकृतलगायतका सम्बन्धित पदाधिकारीहरूको कानूनी कर्तव्य हुने । त्यस प्रकारको कारबाही र निर्णय गर्दा कानूनद्वारा निर्धारित प्रक्रियाको समुचित रूपमा अनुशरण गरिनु पर्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ता श्री कृष्ण थापा विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री उद्धव पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: तथ्य खण्ड निवेदकहरू साबिक नगर १ ङ को हाल का.जि.का.म.न.पा. वडा नं. ११ अन्तर्गतका विभिन्न कि.नं. का घर जग्गाहरूका जग्गाधनी रहेका छौं । निवेदकहरूमध्ये शिव विक्रम शाहको नाममा नगर १ ङ कि.नं. ३३७ को क्षे.रो. ०-१०-२-०, कि.नं. ३४२ को क्षे.रो. ०-१५-०-०, कि.नं. ३४४ को क्षे.रो. ०-८-१-०, कि.नं. ३४८ को क्षे.रो. १-१४-२-०, कि.नं. ३६५ को क्षे.रो. ०-७-०-०, निवेदक नारायण विक्रम शाहको नाममा ऐ. कि.नं. ३३८ को क्षे.रो. ०-१-१-०, कि.नं. ३४३ को क्षे.रो. ०-१२-२-०, कि.नं. ३४६ को क्षे.रो. ०-०-३-०, कि.नं .३४७ को क्षे.रो. ०-१-२-० र निवेदकहरू जीतबहादुर राउत, मदनकुमार घले र ज्ञानबहादुर बस्नेतसमेतको संयुक्त नाममा ऐ. कि. नं. ३३५ को क्षे.रो. ०-४-०-०, कि.नं. ३३६ को क्षे.रो. ०-१-२-०, कि.नं. ३४१ को क्षे.रो. ०-७-०-०, कि.नं. ३४५ को क्षे.रो. ०-४-२-० र कि.नं. ३३९ को क्षे.रो. ०-४-०-० का घर जग्गाहरू दर्ता रहेका छन् । उक्त घर जग्गाहरू साबिक श्री साहेवज्यू नलराज्यलक्ष्मी शाहको का. पूर्व ११६० नं. को पोता लगतमा दर्ता भएको बाली रोपनी २॥ र पिमाला पाखो रोपनी २ समेत रोपनी ४ । साहेवज्यू नल राज्यलक्ष्मी शाहको नाममा दर्ता भएका घर जग्गाहरू हुन् । दर्तावाला साहेव नलराज्यलक्ष्मी शाहले आफ्नो सम्पूर्ण श्री सम्पत्ति निवेदक शिव विक्रम शाहका पिता पूर्ण विक्रम शाहले २ खण्ड र नायरायण विक्रम शाहले १ खण्ड पाउने गरी १९९९/६/२७ मा तत्कालीन रजिस्ट्रेसन अड्डाको र.नं. ३७०४ को शेषपछिको बकसपत्र लिखत पारित गरिदिनु भएकोमा उक्त जग्गाहरू सर्भे नापी हुनुअगावै दाता नलराज्यलक्ष्मी शाहको स्वर्गारोहण भएकोले घर जग्गामा पूर्ण विक्रम र नारायण विक्रमको हक हुन आएको हो । शेषपछिको बकसपत्र पाउने पूर्ण विक्रम शाहको पनि २०२२/४/१२ मा स्वर्गारोहण भएको कारण घर जग्गाहरूमा पूर्ण विक्रमको हक खाने हकदार छोरा निवेदक शिव विक्रम र भतिजा नारायण विक्रमको हक भएको हो । जग्गामा घर गोठ, पाले पाटी, तवेला, चौर, चोक, बगैंचालगायत बनेको कारण सम्पूर्ण जग्गा कमाउन नपाएको भए पनि कुत साबिकबमोजिम लिने गरेकोले अन्याय भयो भनी जग्गा कमाउने मोही नाति महर्जनले तत्कालीन कमाण्डर ईन-चिफसमक्ष बिन्तीपत्र चढाउँदा उक्त बिन्तीपत्रमा कारबाही भई जग्गा पुनः नाप जाँचसमेत गरी मोहीले