निर्णय नं. १०५०१ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५०१ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/०९/१४ ५०९३ सर्वोच्‍च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।९।१४ ०७३-CR-०३४२ मुद्दा: जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम रिताकुमारीको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला गोरखा, खोप्लाङ्ग गा.वि.स. वडा नं. ३ बस्ने पूर्णबहादुर नेपालीको छोरा गणेश नेपाली जबरजस्ती करणीजस्तो फौजदारी कसुरमा स्पष्ट तथ्य, कारण तथा स्वास्थ्य परीक्षण प्रतिवेदनको नतिजाअनुरूप जबरजस्ती करणी हुनको लागि आवश्यक पर्ने सुस्पष्ट तथ्य र प्रमाणबाट मात्र कसुरको ठहर गरी सजाय गर्न न्यायोचित हुने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्‍यायाधिवक्ता श्री नवराज पराजुली विपक्षी / प्रतिवादीका तर्फबाट : वैतनिक अधिवक्ता श्री रजिता थापा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू फैसला गर्ने अदालत : मा.जि.न्या.श्री प्रकाशकुमार काफ्ले गोरखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट माननीय न्यायाधीश श्री द्वारिकामान जोशी उच्च अदालत पोखरा फैसला न्या.पुरूषोत्तम भण्डारी : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ : तथ्य खण्ड मिति २०७१।९।२९ गतेका दिन बिहान अं. १४:०० बजेको समयमा मेरी छोरी वर्ष ५ की नाम परिवर्तित “छ” कुमारी आफ्नो हजुरबुबासँग बाख्रा हेर्न गई घरतर्फ आउँदै गर्दा गणेश नेपालीले बाटोबाट निजलाई फकाई केही पर असुरोघारीमा लगी जबरजस्ती करणी गरेको कुरा निज छोरी नाम परिवर्तित “छ” कुमारीले घरमा आएपछि बताएकी हुँदा निज प्रतिवादी गणेश नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिर्तित रिताकुमारीको जाहेरी दरखास्त । जिल्ला गोरखा खोपलाङ गा.वि.स. वडा नं. ३ स्थित चारैतर्फबाट घेरिएर रहेको असुरोको बुट्यान घारी रहेको, सो घारीभित्र सम्म परेको जमिन रहेको, सो जमिनमा पलाएको घाँस केही मात्रामा मडारिएको देखिएको, सोही स्थानमा गणेश नेपालीले नाम परिवर्तित “छ” कुमारीलाई जबरजस्ती करणी गरेको भनी देखाइएको स्थान घटनास्थल प्रकृति मुचुल्का । पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनको genital organs and anus slight sdima in labia mogora genital and anal injuries – nature, fresh recent mild swelling present भन्ने बेहोरा उल्लेख भएको । मिति २०७१।९।२९ गतेका दिन म मेरो हजुरबुबासँग बाख्रा हेर्न गोठालो गएकी थिएँ । दिनको अं. १३:०० बजेको समयमा हजुरबुबाले मलाई घरमा गएर ममीलाई खाजा बनाउन भन भनी पठाउनु भएकोले म घरतर्फ जाँदै गर्दा बाटोमा मैले चिनेको गणेश नेपाली भेट भई मलाई सँगै जाउँ भनी मेरो घरदेखि केहीपर असुरोघारीमा लगी मैले लगाएको सुरूवाल खोलिदिई जमिनमा सुताई निजले लगाएको पाइन्ट खोली आफ्नो कुरी निकाली निज ममाथि सुती निजको कुरी मेरो कुरीमा जोडी धकेलेकोले मलाई दुखी म रूने कराउने गरेपछि निजले हतार हतार उठी आफ्नो पाइन्ट लगाई मेरो सुरूवाल लगाई दिई यो कुरा कसैलाई भनेमा पिट्छु भनी आफ्नो घरतर्फ गएका हुन् । त्यसपछि मैले घरमा आई ममीलाई सबै कुरा बताएकी हुँ भन्नेसमेत बेहोराको पीडित “छ” कुमारीले गरेको कागज । मिति २०७१।९।२९ गतेका दिन म आ