निर्णय नं. १०५०५ - बहाल दिलाई घर खाली गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५०५ - बहाल दिलाई घर खाली गरिपाऊँ । भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/११/२० ५०८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।११।२० ०६८-CI-१५६८ मुद्दा: बहाल दिलाई घर खाली गरिपाऊँ । निवेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ बस्ने नरबहादुर गुरूङको पत्‍नी माया भन्‍ने मैयाँ गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला भक्तपुर बालकोट गा.वि.स वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने शिवबहादुर बस्नेत कसैको निर्विवाद हक स्वामित्वमा रहेको घर घरधनीको मन्जुरी विना अर्को व्यक्तिले निरन्तर भोग गरी उक्त घरमाथि तला थपेको भन्ने जिकिरका आधारमा मात्र त्यस घरको स्वामित्व भोग गर्ने व्यक्तिलाई नै प्राप्त हुनुपर्दछ भन्ने जिकिर भोग र स्वामित्वको मान्यताविपरीत देखिने । भोग स्वामित्व प्रमाणित गर्ने आधारसम्म बन्न सक्छ तर भोगले स्वामित्वलाई नै विस्थापित गर्न नसक्ने । (प्रकरण नं.५) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री राजु फुयाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री बैद्यनाथ गुप्‍ता काठमाडौं जिल्‍ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री सुरेन्द्रवीर सिंह बस्न्यात माननीय न्यायाधीश श्री टिकाबहादुर हमाल पुनरावेदन अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतमा दायर भएको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनमा निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड साबिक का.जि.का.म.न.पा. वडा नं. २८(ख) कि.नं. १०४३ को क्षेत्रफल ०-४-०-० घर जग्गा विपक्षीका पति नरबहादुर गुरूङले र.नं. ४१९४ बाट रविन्द्रनाथ प्रधानलाई बिक्री गर्नुभएकोमा निजकी श्रीमती विपक्षी माया गुरूङसमेत वादी र रविन्द्रनाथ प्रधानसमेत प्रतिवादी भई काठमाडौं जिल्ला अदालतमा चलेको लिखत बदर मुद्दामा मिति २०५४।१०।३० मा उक्त लिखतको २ भागको १ भागमध्ये ५ भागको ४ भाग लिखत बदर हुने ठहरी भएको फैसला सदर हुने गरी पुनरावेदन अदालत पाटनबाट मिति २०५५।६।२९ मा फैसला भई कि.नं.१०४३ को घर जग्गाको २ भागको १ भागमध्ये ५ भागको ४ भाग सो मुद्दाका वादीलाई छुट्याई बाँकी दक्षिणतर्फबाट रविन्द्रनाथ प्रधानको भागको ०-२-१-० घर जग्गा मालपोत कार्यालयबाट दा.खा.निर्णय भई कि.नं.१९७१ को घर जग्गा निजको नाउँमा दर्ता कायम भएको थियो । सो कि.नं.१९७१ को क्षेत्रफल ०-२-१-० को घर जग्गा निजको नाउँमा दर्ता कायम भएको थियो । सो कि.नं.१९७१ को क्षेत्रफल ०-२-१-० को घर जग्गा निज रविन्द्रनाथ प्रधानले मिति २०५७।३।३० मा र.नं. ११०६८ बाट लीलानाथ दाहाललाई राजीनामामा बिक्री गरिदिनु भएको र निज लीलानाथ दाहालले सो घर जग्गा नयाँ नापीबमोजिम हाल साबिक गरी सो कि.नं.१९७१ को घर जग्गाबाट भिडी कायम हुन आएको काठमाडौं नगर वडा नं.३३ सिट नं.११०६-०३ र ११०६-०८ कि.नं. ४१४ क्षेत्रफल ००७५.५२ वर्ग मिटर घर जग्गा मिति २०६४।५।२४ मा र.नं.११२७(ख) बाट म वादीलाई राजीनामामा पारित गरिदिनु भएको मेरो एकलौटी हकको घर जग्गा हो । मैले खरिद गरेको घर जग्गाको केही भाग मेरो दाताले निज विपक्षीलाई भोगच