निर्णय नं. १०५०६ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५०६ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७६/११/३० ३७६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।११।३० ०७३-CR-०६४१ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : जिल्ला झापा, दमक नगरपालिका वडा नं.१० बस्ने परिवर्तित नाम k को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला झापा, लखनपुर गा.वि.स. वडा नं. ५ बस्ने जयप्रसाद पोखरेल अपराधले पूर्णता नपाउने विभिन्‍न कारणहरू हुन सक्छन् । यस्तै कुनै कारणबाट अपराध घटित हुनबाट रोकिएको देखिनुपर्छ भन्‍ने हुँदैन । पीडकलाई डर, त्रास वा भौतिक शक्ति वा प्रतिवादीको आपराधिक क्रियाकलापलाई रोक्ने अरू त्यस्तै प्रभावकारी कार्य जस्तो; रूने, कराउने वा प्रतिवादीको कुकार्यको बारेमा संरक्षकलाई भनिदिन्छ भन्‍ने जस्ता कारणबाट प्रतिवादीलाई आपराधिक कार्य गर्नबाट रोक्छ र अपराधले पूर्णता पाउँदैन भने उद्योगको अवस्था सिर्जना हुने । सबै अवस्थामा प्रतिवादीलाई शक्ति प्रयोग गरी अपराध गर्नबाट रोकिए मात्र उद्योग भएको भन्न नहुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री महेश खत्री प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री दीपक खनाल झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रमेश पोखरेल माननीय न्यायाधीश श्री मुहम्मद साबिर हुसैन पुनरावेदन अदालत इलाम फैसला न्या.बमकुमार श्रेष्ठ : पुनरावेदन अदालत इलामबाट मिति २०७२।८।८ मा भएको फैसलाउपर वादी नेपाल सरकारको न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य यसप्रकार छः- मिति २०७१।२।१७ गते अं.१४:३० बजेको समयमा जिल्ला झापा दमक न.पा. वडा नं. १० स्थित जाहेरवालीको घरमा कोठा भाडा लिई बस्ने प्रतिवादी जयप्रसाद पोखरेलले म जाहेरवालीको छोरी वर्ष ६ की नाबालिकालाई जबरजस्ती करणीको उद्योग गरेकोले निज प्रतिवादीलाई जबरजस्ती करणी उद्योगमा सजाय गरिपाउँ भन्ने बेहोराको परिवर्तित नाम k को जाहेरी दरखास्त । जिल्ला झापा दमक न.पा. वडा नं.१० स्थित पूर्वमा सोनम लिम्बूको घर, पश्चिममा जयकुमारी गुरूङको घर, उत्तरमा ग्राभेल सडक र दक्षिणमा खाली जग्गा यति चार किल्लाभित्र उत्तर मोहडा भई बनेको जाहेरवाली नाम परिवर्तन प को २ तले पक्की घर रहेको, सो घरको तल भुइँ तलाको चार कोठामध्ये सबैभन्दा दक्षिण पूर्वसाइडको कोठामा नाम परिवर्तन ग–१६ लाई सोही घरमा कोठा भाडा लिई बस्ने प्रतिवादी जयप्रसाद पोखरेलले जबरजस्ती करणी गर्ने उद्योग गरेको भन्ने मिति २०७१।२।२८ को घटनास्थल मुचुल्का । मिति २०७१।२।१७ गते दिन शनिबार भएकोले सो दिन म स्कुल नगई घरमा नै बसेको थिएँ । सो दिन अं.१४:३० बजेको समयमा मेरो ममी बिरामी भएकोले कोठामा सुत्नु भएको र म खेल्नका लागि माथिबाट तल भुइँ तलामा ओर्लंदाको अवस्थामा जयप्रसाद पोखरेल ट्वाइलेटबाट निस्कँदै निजले मलाई यता आउ भनी मेरो हातमा समाई सिडीरूममा लगी मलाई विस्तारा भएको ओछ्‌यानमा सुताई मेरो फरक माथि सारी कट्टुसमेत खोली दिई मेरो सु–गर्ने (योनि) मा निजको औंलाले खेलाउनुको साथै आफ्नो पेन्ट कट्टु खोली निजको सु–गर्ने (लिङ्ग) ठाडो पारी मेरो सु–गर्ने (योनि) मा दलेकोले मलाई डर लागी रूँदै ममीलाई भनिदिन्छु भनेपछि निज अङ्कलले छोडेपछि म माथि तलामा च