निर्णय नं. १०५०७ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५०७ - बन्दीप्रत्यक्षीकरण भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/०२/१३ २२११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।२।१३ ०७६-WH-०३५५ मुद्दाः बन्दीप्रत्यक्षीकरण निवेदक / पक्ष : प्रभाकरको नाति, भुमिनन्दको छोरा, जुम्ला जिल्ला, साबिक धापा गा.वि.स. वडा नं.४ को हाल परिवर्तित ऐ.सिन्जा गाउँपालिका वडा नं.१ घर भर्इ हाल कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं.३२ खुदी सुकुम्बासी टोल बस्ने वर्ष २३ को केशवराज आचार्यको हकमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.१८ बस्ने वर्ष ५८ को कृष्‍णबहादुर श्रेष्‍ठ विरूद्ध प्रत्यर्थी / विपक्षी : कास्की जिल्ला अदालतसमेत अलग अलग मितिमा एकै प्रकृतिको कसुरमा संलग्न भएको विषय हुँदैमा वारदातलार्इ नै फरक भएको स्थितिमा त्यसलार्इ एउटै कसुर भएको भनी दोहोरो कारबाही गरेको मान्‍न नमिल्ने । यसबाट संविधानले प्रत्याभूत गरेको न्यायसम्बन्धी हकअन्तर्गत कुनै पनि व्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय दिइने छैन भन्‍ने प्रावधानको प्रतिकूल भएको मान्‍न नसकिने । (प्रकरण नं.७) निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री एकराज भण्डारी, श्री गोपालकृष्‍ण घिमिरे, अधिवक्ताहरू श्री चुडामणि पौडेल, श्री इन्दप्रसाद खरेल, श्री गोविन्द शर्मा बन्दी र श्री अपेक्षा कोइराला प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भर्इ दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य र आदेश यसप्रकार छः निवेदक कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं.३२ खुदीमा परिवार तथा बालबच्चासहित आफ्नो व्यवसाय गरी जीवन निर्वाह गरी रहेको इसार्इ धर्ममा विश्‍वास गर्ने पास्टर हो । निवेदकले कुनै किसिमको आरोपित कसुर अपराध नगरेको अवस्थामा मिति २०७६।१२।१० गते साँझ अं.८.०० बजेको समयमा १०-१२ जना प्रहरीहरू आर्इ तपाइँलार्इ केही बुझ्नु छ भनी निवेदकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा लगियो । सोको भोलिपल्ट पक्राउ पुर्जी एवम् थुनुवा पुर्जी दिइएको र सो पुर्जीमा निवेदकलाई सार्वजनिक शान्ति विरूद्धको कसुरअन्तर्गत झुठ्ठा अफवाह फैलाउन नहुने भन्‍ने अभियोगमा पक्राउ गरी थुनामा राखिएको भन्‍ने रहेछ । यसरी निवेदकलाई १६ दिनसम्म परिवारका कुनै सदस्यहरूसँग भेटघाट गर्न नदिई एकैचोटी मिति २०७६।१२।२६ गते जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेस गरियो । निवेदकलार्इ कोरोना भाइरसलार्इ प्रभुले ठीक गर्नुहुन्छ भनी झुठ्ठा अफवाह फैलाएको भन्‍ने आरोप लगाइएको रहेछ । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सोही दिन निवेदकबाट रू.५,०००।- (पाँच हजार) धरौटी लिने गरी आदेश भएकोले सोही दिन र.नं.२०५० बाट तोकिएको धरौटी रकम बुझाएको भए पनि निवेदकलार्इ थुनामुक्त नगरी पुन: विना जानकारी तथा सूचना नदिर्इ प्रहरीको भ्यानमा राखी जिल्ला प्रहरी कार्यालय, कास्कीमा पुर्‍यार्इ गैरकानूनी थुनामा राखिएको थियो । मिति २०७६।१२।२७ गते निवेदकलार्इ धर्मसम्बन्धी कसुरको अनुसन्धान गर्न भनी हिरासतभित्रै पक्राउ पुर्जी एवम् थुनुवा पुर्जी दिएको थियो । निवेदकउपर कोरोना भाइरसलाई प्रभु यशुले ठीक गर्नु