निर्णय नं. १०५०८ - लागु औषध (गाँजा)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५०८ - लागु औषध (गाँजा) भाग: ६२ साल: २०७७ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/०३/०७ २६८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।३।७ ०७२-CR-०१४० मुद्दाः- लागु औषध (गाँजा) पुनरावेदक / वादी : प्रहरी सहायक निरीक्षक दिवाकर पुडासैनीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कमल साहको छोरा जिल्ला पर्सा तुल्सिवर्वा गा.वि.स. वडा नं.८ बस्ने मोहन साह कानु ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२(१)(ख) को व्यवस्थाअनुसारको कैद सजायमा छुट पाउनको निमित्त “कसुरदारले तोकिएको कैद सजाय भोगिरहेको हुनुपर्ने” भनी ऐनमा नै प्रस्ट व्यवस्था गरेकोबाट कैद सजाय पाई कैद भोगिरहेको व्यक्तिले मात्र उमेरको आधारमा कैद छुट पाउने । अभियुक्त मुद्दा पुर्पक्षको लागि वा तल्लो अदालतको फैसलाबमोजिम थुनामा रहेको अवस्थामा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२(१)(ख) बमोजिमको व्यवस्थाको प्रयोग गर्न सकिने । धरौट तारेख वा तारेखमा रहेको अवस्थामा निजले “कैद भोगिरहेको” भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ प्रमाण ऐन, २०३१ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री पुरूषोत्तमप्रसाद ढकाल पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. मुख्य न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य खण्ड एवम् ठहर खण्ड यसप्रकार रहेको छः तथ्य खण्ड जिल्ला पर्सा तुल्सिवर्वा गा.वि.स. वडा नं. ८ स्थित पूर्व शेषनाथ साहको घर, पश्चिम खेदारू ठाकुरको घर, उत्तर झौरी साहको घर, दक्षिण झौरी साहको गोठ यति चार किल्लाभित्रमा पर्ने निज मोहन साह कानुको घरमा मिति २०६८।९।११ गते बिहान ८:३० बजेको समयमा कानूनबमोजिम खानतलासी गर्दा घरभित्र दुईवटा टिनको ड्रममा रहेको लागु औषध गाँजा ८० किलोग्राम बरामद गरेको भन्नेसमेत बेहोराको मिति २०६८।९।११ को खानतलासी तथा बरामदी मुचुल्का । जिल्ला पर्सा तुल्सिवर्वा गा.वि.स. वडा नं.८ बस्ने मोहन साह कानुले आफ्नो घरमा अवैध लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने सुराकीको सूचनाअनुसार मिति २०६८।९।११ गते हाम्रो संयुक्त गस्ती टोली खटी निजको घरमा बिहान ८:३० बजेको समयमा पुग्दा निज मोहन साह कानुसमेतका घर परिवारहरू घर छाडी भागी फरार रहेकोले स्थानीय प्रतिनिधिहरूको रोहबरमा निजको घर खानतलासी गर्दा घरभित्र दुईवटा टिनको ड्रममा लुकाई छिपाई राखेको ८० किलोग्राम लागु औषध गाँजा फेला पारी बरामद गरी भागी फरार रहेका घरधनीलाई खोजतलास गर्दै बरामद लागु औषध गाँजा ८० किलोग्राम बरामदी मुचुल्का यसै प्रतिवेदनसाथ दाखिला गरेको छु भन्नेसमेत बेहोराको प्र.स.नि. दिवाकर पुडासैनीसमेतको मिति २०६८।९।११ को प्रतिवेदन । बरामद लागु औषधबाट नमुना निकाली बाँकी रहेको लागु औषध गाँजा नष्ट गरिएको भन्नेसमेत बेहोराको मिति २०६८।१०।१९ को लागु औषध नष्ट गरेको मुचुल्का । फरार रहेका प्रतिवादी मोहन साह कानु