निर्णय नं. १०५१० - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५१० - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/०९/१२ ४४१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७५।९।१२ ०७३-WO-०२९३ विषय: उत्प्रेषण / परमादेश निवेदक : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.३ मा कार्यालय रहेको सोसल साइन्स वहा:को तर्फबाट मुद्दा मामिला गर्न अख्‍तियार प्राप्‍त व्यक्ति ऐ. का अध्यक्ष भई आफ्नो हकमा प्राध्यापक निर्मलमान तुलाधरसमेत विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत संस्था दर्ता ऐन, २०३४ मा व्यवस्था भएबमोजिम दर्ता भएको संगठित संस्थाले गरेको काम सार्वजनिक पद धारण गरेको व्यक्तिको परिभाषाभित्र नपर्ने देखिँदा त्यस्तो संस्थाको काम कारबाही बारेमा अनुगमन गर्नेसमेतको अख्तियारी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहे भएको नदेखिने । (प्रकरण नं.१५) नेपालको संविधान तथा कानूनी व्यवस्था हेर्दा सार्वजनिक निकाय पनि नरहेको, सार्वजनिक पदाधिकारी पनि नरहेको गैरसरकारी संस्थाको हकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नरहने । (प्रकरण नं.१६) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री टीकाराम भट्टराई विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई, विद्वान्‌ अधिवक्ता श्री निशा बानियाँ अवलम्बित नजिर : ने.का.प.२०५३, अङ्क ६, नि.नं.६२०५, पृ.४५० ने.का.प.२०५८, नि.नं.७००१, पृ.२३९ ने.का.प.२०६४, नि.नं.७८२०, पृ.२८८ ने.का.प.२०७४, अङ्क ८, नि.नं.९८६६ सम्बद्ध कानून : नेपालको संविधान अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ स्थानीय स्वायत्त शासन ऐन, २०५५ संस्था दर्ता ऐन, २०३४ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यसै अदालतको असाधारण अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छ : विपक्षी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोसल साइन्स वहा: र यस संस्थासँग आबद्ध एलायन्स फर सोसल डाइलग नामक संस्थाले समाज कल्याण परिषद्‌का पदाधिकारीसमेतको मिलेमतोमा विदेशी दाताहरूबाट प्राप्‍त करोडौं रूपैयाँ दुरूपयोग गरेको भन्‍नेसमेतको उजुरीउपर छानबिनका क्रममा सोसल साइन्स वहा: संस्था मिति २०६३।१०।०१ मा संस्था दर्ता ऐन, २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता भई मिति २०६३।१०।१० मा समाज कल्याण परिषद्‌सँग आबद्ध भएको र उक्त संस्थासँग आबद्ध एलायन्स फर सोसल डाइलग नामक संस्था दर्ता भएको नदेखिएको साथै सोसल साइन्स वहा: संस्थाले विदेशी दाताहरूबाट स्थापनाकालदेखि हालसम्म ४७ करोड ९१ लाखभन्दा बढी रकम प्राप्‍त गरेको लेखा परीक्षण प्रतिवेदनसमेतबाट देखिएको छ । यसरी प्राप्‍त रकममध्ये विगत ५ वर्षमा एलाइन्स फर सोसल डाइलग र सोसल साइन्स वहा:ले रू.२९ करोड २० लाख रकम खर्च गरेको र सोमध्ये एलाइन्स फर सोसल डाइलगले मात्र १३ करोड रूपैयाँभन्दा बढी रकम खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । गैरसरकारी संस्थाको अनुगमनको जिम्मेवारी कानूनबमोजिम तोकिएको समाज कल्याण परिषद्‌ले नियमित अनुगमन गरी प्रतिवेदन पेस गर्नुपर्नेमा आ.व.२०६७/०६८ र २०६९/०७० को अनुगमन गरेको भए पनि संस्थामा देखिएको अनियमितता नियन्त्रणका लागि ठोस कारबाही र निर्देशन गरेको नदेखिँदा दर्ता नै नभएको संस्थालाई सोसल साइन्स वहा:ले विगत ५ वर्षमा रू.१३ करोडभन्दा बढी रकम कुन ऐन, नियम र वि