निर्णय नं. १०५१२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५१२ - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०३/२३ २७५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७६।३।२३ ०७४-WO-०५७७ विषयः उत्प्रेषण निवेदक : प्रजापति उप्रेतीको छोरा, झापा जिल्ला, मेचीनगर नगरपालिका, वडा नं. ६ काँकडभिट्टा बस्ने कृष्णप्रसाद उप्रेतीसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत निवेदकहरूले २५ वर्ष व्यतीत हुँदासम्म आफ्नो जग्गाको कुनै मुआब्जा तथा क्षतिपूर्ति पाउन सकेको अवस्था देखिन नआएबाट पैसाको समयानुसार मूल्य (Time Value of Money) समेतलाई मध्यनजर राखी अधिग्रहण गरिएका जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति पाउनुपर्ने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री माधवकुमार बस्नेत र खेमराज भट्ट विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुली अवलम्बित नजिर : ने.का.प.२०५०, अङ्क ४, नि.नं.४७२१, पृ.१८० ने.का.प.२०५८, अङ्क ९, नि.नं.७०४०, पृ.५९१ ने.का.प.२०५९, अङ्क ५, नि.नं.७१००, पृ.३८१ ने.का.प.२०७३, अङ्क १२, नि.नं.९७३५ ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९७३ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा १३३ को उपधारा (२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छः- तथ्य खण्ड हामी सबै निवेकदकहरू झापा जिल्लाको साबिक काँकडभिट्टा हालको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काली खोलामा तटबन्ध गर्ने भनी प्रत्यर्थीमध्येको जिल्ला प्रशासन कार्यालयबाट मिति २०५१।०१।१३ को सूचनाबमोजिम हाम्रो जीविकाको एक मात्र साधन जग्गा अधिग्रहणमा परी त्यसबापत हालसम्म क्षतिपूर्ति नपाएका पीडितहरू हौं । अधिग्रहणमा परेको हामीहरूको जग्गा झापा जिल्लाको साबिक नकलबन्दा गा.वि.स. वडा नं. ८ ग र ८ च हाल मेचीनगर नगरपालिका वडा नं. ६ मा पर्छ । हामी निवेदकहरूमध्ये स्व. जयबहादुर कार्कीको हकमा अर्जुन कार्कीको नाममा झापा जिल्ला साबिक नकलबन्दा गा.वि.स. वडा नं. ८ च कि.नं. १६३ क्षे.फ. १-१८-१८ मध्ये अधिकरणमा परेको क्षे.फ. १-१८-१३ धुर परेको, स्व. हस्तबहादुर तामाङको हकमा बबिता तामाङको नामको ऐ.ऐ. कि.नं. ४६७ क्षे.फ. ९ धुर जग्गामध्ये ५ धुर अधिकरणमा परेको, चिन्तामणि उप्रेतीको नामको ऐ.ऐ.कि.नं. ६१ कि.का. भई २ वटा कि.नं. १०९५ र कि.नं. १६३९ भई ०-४-१०, ०-५-५ मध्ये ९ कठ्ठा अधिकरणमा परेको, स्व. रामबहादुर राईको हकमा ध्रुव राई ऐ. वडा नं. ८ ग को कि.नं. २३ क्षे.फ. १० धुरमध्ये ५ धुर अधिकरणमा परेको, डिल्लीराम थापाको हकमा दुर्गाकुमारी थापाको ऐ. वडा नं. ८च को कि.नं. २०४ क्षे.फ. ८ कठ्ठा १० धुरमध्ये १ कठ्ठा अधिकरणमा परेको, हरिकुमार श्रेष्ठको ऐ. वडा नं. ८ च को कि.नं. २४२ र २३७ मध्ये ८ र १२ धुर पूरै क्षे.फ. अधिकरणमा परेको, सुभद्रा देवी राजको ऐ. वडा नं. ८ ग को कि.नं. २० क्षे.फ. १ कठ्ठा १५ धुरमध्ये १ कठ्ठा अधिकरणमा परेको, टंकबहादुर राईको ऐ.वडा नं. ८ ग को कि.नं. ४६६ क्षे.फ. १६ धुरमध्ये ९ धुर अधिकरणमा परेको, जयनारायण ढुंगानाको ऐ.वडा नं. ८ च को कि.नं. ६६ क्षे.फ. २ कठ्ठा ३ धुरमध्ये १ कठ्ठा अधिकरणमा परेको, उदयचन्द्र प्रधानको ऐ.वडा नं. ८ च को कि.नं. ६४ क्षे.फ. १ कठ्ठामध्ये १३ धुर अधिकरणमा परेको, कृष्णप्रसाद उप्रेतीको ऐ. वडा नं. ८ च को कि.नं. ३१५ क्षे.फ. ४ कठ्ठा १० धुर